नेपाल पत्रकार महासंघ कतार शाखाको एक दिवसीय तालीम सम्पन्न:'सहभागीहरुको प्रतिक्रिया सहित'


करीम,
कतार। नेपाल पत्रकार महासंघ कतार शाखाको आयोजनामा एक दिवसीय नेत्तृत्व बिकास तथा क्षमता अभिबृद्धि एवम् पत्रकारिता सम्बन्धि आधारभुत तालिम सम्पन्न भएको छ ।

गत जुन १७ तारीख कतार शाखाका अध्यक्ष गणेश बन्जाडेको अध्यक्षता सम्पन्न तालीममा प्रमुख प्रशिक्षकका रुपमा नेपालबाट आएका ईकान्तिपुर अनलाइन तथा कोशेली संयोजक यज्ञश रहेका थिए साथै कान्तिपुर गल्फ संयोजक होम कार्की सहप्रशिक्षक रहेका थिए।

कतारमा स्थापित तथा सक्रिय लगभग चालीसभन्दा बढी संघसंस्थाका प्रतिनिधिहरु सहित करीव दुई सय जना प्रशिक्षार्थीहरु सहभागि भएको नेपाल पत्रकार महासंघ,कतार शाखाका सचिव नवराज बिकले जानकारी दिए।
कार्यक्रम सम्पन्न भए लगत्तै प्रशिक्षणमा सहभागी केहि व्यक्तिहरुलाई हामीले सोधेका थियौं 'प्रशिक्षणबाट के अनुभूति भयो?'
प्रशिक्षार्थी हरुको प्रतिक्रिया-

धिरज चाम्लिङ्ग राई
निवर्तमान महामन्त्री, जनसम्पर्क समिति कतार
नेपाल पत्रकार महासंघ शाखा कतारद्धारा आयोजित एक दिवसिय आधारभुत पत्रकारिता तालिममा सहभागीता हुने अवसर प्राप्त भयो ।
उक्त तालिम पत्रकारिता क्षेत्रमा रहेकाहरु भन्दा परका म जस्ता अन्य सयौँ सहभागिहरुको लागि बिशेष गरेर समाचार लेखनको बिषयमा निकै उपलव्धिमुलक तालिम रहयो भन्ने लागेको छ ।
सँगसँगै फाइभ डब्लु र वान एच को सिद्धान्तमा रहेर समाचार लेखिने पद्धतिको ज्ञानपनि प्राप्त भएको छ।
सुदर्शन भट्ट
अध्यक्ष गोरखा सेवा समाज कतार।
सर्व प्रथम त आज नेपाल पत्रकार महासंघ कतार शाखालाई यो तालिममा सहभागी हुने अवसर दिनु भएकोमा धन्यवाद र विशेष गरेर हामीले सामाजिक संस्थाका व्यक्तिहरुलेपनि समाचार बनाउँदा वा सम्प्रेषण गर्दा विषय वस्तुलाई समेटेर कसरी सटिक र रसीक समाचार प्रवाह गर्न सक्छौ भन्ने जानकारी मूलक शिक्षा पाएको अनुभूति भएको छ।
त्यसैगरी यो तालीम मार्फत पत्रकारिताभित्रको सही वा खराब पक्षलाई पहिचान गर्ने सामान्य आधारहरु समेत जान्ने अवसर प्राप्त भयो।
डिल्ली राम भट्टराई
समाज सेवा अभियान रुपन्देही कतार
खासै त्यति फरक त लागेन। तथापि पत्रकारिता मा ५ डब्ल्यु र वन एच बारे बुझ्न सकियो भने धेरै कुराहरु राम्रो हुँदो रहेछ भन्ने ज्ञान लिने मौका पाएँ।
होम बहादुर बस्नेत
उदयपुर
कतार आएको ६ बर्ष पूरा भयो। नेतृत्व बिकास तथा क्षमता अभिबृद्दी एबम आधार भुत प्रत्रकारिता तालिमले हरेक क्षेत्रमा सूचना के कसरी गर्न सकिन्छ, प्रत्रकारितामा एउटा मापदण्ड अनुसार मात्रै प्रत्रकार हुन पाउने भान थियो; रुचि र शैली भएसम्म सामान्य रूपमा प्रत्रकारिता गर्न पाउने रहेछन।
अर्को कुरा समाचार बनाउँदा खासगरी हामी संघ सस्थाका प्रतिनिधिहरुले धेरै लामो समाचारको अपेक्षा गर्नुभन्दा विषय परक समाचारप्रति जोड दिन र समाजमा भए गरेका काम घटनाहरुलाई जिम्मेवार पुर्ण तरिकाबाट संस्थागत क्षमता बढाउन यो तालीमले सिकाएको छ । यस्तो खाले तालेमाले सबै क्षेत्रमा उल्लेख सहयोग पुग्न मद्दत गर्दछ।

केशव खनाल अध्यक्ष बुद्धभुमी कपिलवस्तु सेवा समाज, कतार।
हरेक संस्था समूह र समुदायकालागी नेतृत्व र यसकालागि क्षमता अभिबृद्दी अति नै आबश्यक हुने गर्दछ।कुनैपनी समूह वा समुदाय बिना नेतृत्वको रहयो वा नेतृत्वमा कुशलता रहेन भने स्वाभाविक रुपमा त्यो अस्तित्व हिन नै हुने गर्दछ। र गोपनियता, बिश्वासनियता, मानवता, साहसिक कार्यकुशलता तथा अनुशासित दक्षता एबम सैद्धान्तिक निष्ठता पनि यसभित्रका अति नै आबश्यक गुणहरु हुन र हुनुपनी आबश्यक पर्दछ जस्तो लाग्छ।
तपाईं हामिलाई थाहा भएकै कुरा हो, हरेक समाजमा वा समुदायमा दुईवटा बर्ग हुने गर्दछ, त्यो हो:
१. गराउने बर्ग २. गर्ने बर्ग  यी दुबै बर्गको मितव्ययितालाई सहिष्णुतात्मक तरिकामा समायोजित गर्न र गराउन कार्यगत मर्यादाको अति नै संबेदनशिल भुमिका रहन्छ। त्यसैले पनि आशय र मनोबैज्ञान कसरी बुझ्ने र प्राप्त गर्ने भन्ने माथिका बिषयबस्तुमा अलि बढी केन्द्रित रहेर ती बिषयहरुले उक्त तालिममा प्रबेश पाउन सकेनन।
नेतृत्व बिकास र क्षमता अभिबृद्दि शिर्षकमा जोड दिइएको भएपनि तालिममा बिषय बस्तुभन्दा बाहिरका कुराहरुले प्रभावित बनाएको मैले महशुस गरे। साथै 'आधारभुत पत्रकारिता तालिम' शिर्षकमा समेत कता कता समय र छलफलको कमीका साथै ब्यव्यावाहरिकताले स्थान पाउन नसकेको महसुस भयो ।
समग्रमा प्रशिक्षण वा तालिमको अवधी छोटो रहेको हो जसका बावजुद बृहत रुपमा प्रभावकारी प्रशिक्षण हुन नसकेता पनि समाचार लेखन, सम्प्रेषण तथा सम्पादनका केही महत्त्वपूर्ण आधारभुत र प्राथमिक मापदण्डहरु प्रबासी श्रमकाबिचबाट समय जोहो गरी सिक्न पाउँदा थोरै भएपनी सुखद अनुभूति भने पक्कै रहेको छ।

अली बाबु पौडेलखासै सोचे जस्तो भएन । प्रयोगात्मक भएको भए सिकाइ हुने थियो । तालिम भन्दा पनि पढाइ (स्कुल) जस्तो लाग्यो मलाई । प्रोस्तोता र कार्यक्रम राम्रै हो तर पनि केही त नपुगेकै हो । फेरि पनि जे सुनियो त्यो राम्रै सुनिन्थ्यो ।
सिताराम थापालमजुंग- नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा आयोजना गरिएको नेतृत्व बिकास तथा क्षमता अभिवृद्धि एवंम् पत्रकारिता सम्बन्धि आधारभूत तालिम कतारको परिवेशमा नया खालको कार्यक्रम सहभागिता राम्रो रह्यो।
तथापी बिषय अनुसारको सबै कुरालाई समेट्न सकिएन। नेतृत्व बिकास तथा क्षमता अभिवृद्धि सम्बन्धिसम्बद तालिम भनिएतापनि कम समयका कारण उल्लेखित विषयका बारेमा धेरै चर्चा परिचर्चा हुन सकेन। त्यसले गर्दा सहभागीहरुले केहि अभाब महशुस गर्नु भए जस्तो लाग्यो। आधारभूत पत्रकारिताको बिषयमा प्रशिक्षकले बताउनु भएका कुराहरुलाई हेर्दा र समाचारहरुको स्वरूप सँग तुलनागर्दा आफुले लेखेको समाचारको स्तरीयता र आफु कुन तहमा रहेर समाचार सम्प्रेषण गरिरहेको रहेछु त भनी आफैलाई स्वमूल्यांकन गर्ने अवसर मिल्यो।
पत्रकारिताकै बिषयमा कुनै शैक्षिक निकायबाट बिषयगत अध्ययन नगरी पत्रकारिताप्रति अभिरुची राख्ने मजस्ता सिकारु पत्रकारकालागि यो कार्यक्रम उपलब्धि मुलक नै लाग्यो।  आधारभूत तालिम भनिसके सकेपछी केवल आधारभूत कुराहरु मात्र पाउन सक्ने अपेक्षा गरिनु पर्छ नै, तथापी समाचार लेखन सम्बन्धि बिषयमा अलिबढी केन्द्रित रही समाचारको मर्म, लेखन प्रक्रिया, ढाँचा, तरिका र अबलम्बन गर्नु पर्ने मुलभूत सिद्धान्तबारे बृस्तित जानकारी लिन नपाउँदा भने कुनै मिठो स्वाद जिब्रोमा लगाई दिएर पेटभरी खान नदिए जस्तो महसुश भयो।
आगामी दिनहरुमा हुने यस्ता तालिममा सीमित सहभागीहरुको उपस्थितिमा प्रक्षिक्षणको अवधिलाई बढाएर प्रयोगात्मक बिधिलाई अपनाउंदै लैजान सकियो भने अझ बढी सार्थक हुने छ भन्ने लागेको छ।


द्रोण बहादुर बस्नेतमेरो लागि पत्रकारिता सम्बन्धि तालिममा यो जीवनको दोश्रो सहभागिता हो। नेपालबाट आउनु भएका पत्रकार प्रशिक्षक यज्ञश ज्युबाट पुग-नपुग डेढ घण्टामा पत्रकारिता सम्बन्धि १० वटा शिर्षकमा दिनुभएको तालिम धेरै राम्रो लाग्यो। मभित्र पनि कतिपय शब्दहरुमा अस्पष्टताहरु थिए, जुनबारे जानकारी मिल्यो। कान्तिपुर अरब ब्युरो तथा मेरा मित्र होमकार्की ज्युले बाहिरबाट प्रेसित समाचार किन र के कारणले जस्ताको तस्तै छापिंदैनन् भन्ने बारेमा स्पष्ट पारिदिनु भयो, जसले गर्दा त्यो कार्यक्रममा सहभागीहरुलाई रिपोर्टिंग र समाचार कसरी बनाउनु पर्दो रहेछ भन्ने कुरा सिक्ने अवसर पाइयो।
बिल गुरुङ
पत्रकारिताको महत्व बुझाउने सवालमा आजको कार्यक्रम एक हदसम्म सफल भएको छ भन्ने मेरो बुझाई छ । समाचार त सबैले लेख्छन तर त्यसको पनि आफ्नै नियम र प्रकृया हुन्छ साथै सामाजिक जिम्मेवारी र जवफदेहिता सम्बन्धमापनि आजको तालिम सफल भएको मेरो ठहर छ ।
समाचार लेखन सम्बन्धमा अपनाउनु पर्ने साबधानीवारे पनि प्रष्ट्याउने प्रयास भएको छ । आधारभुत मात्रै भयो तर अलि बिस्तृत भैदिएको भए राम्रो हुन्थ्यो कि भन्ने लागेको छ ।






प्रकाशित मिति: ०५\आषाढ २०७३





Comments