कल्याणपुर सप्तरीका शमसुल हक़ 'मुन्ना' लेख्छन्:

हामी नेपाली मुस्लिम अब भोट बैंक मात्रै नबनौं,आफ्नो प्रतिनिधित्व सुनिस्चित गरौँ l
देशको राजनीति र राजनीतिको आडमा  पटक पटक केवल प्रयोग मात्र गरिएको प्रति सचेत गराउंदै उनी अगाडी लेख्छन्
'अब उप्रान्त मुस्लिम समुदायले सचेत हुनै पर्ने महत्वपूर्ण कुरा के हो भने कुनैपनि राजनैतिक पार्टीमा सहभागी हुनुभन्दा पहिले त्यो पार्टीले हाम्रो समुदायको समानुपातिक प्रतिनिधित्व सुनिस्चित गरेको छ या छैन ? त्यो पार्टीको नीति निर्माण र निर्णय गर्ने तहमा हाम्रो सहभागिता छ कि छैन ? हाम्रा मान्छेहरुको क्षमता र योगदानको उचित मुल्यांकन गरी पार्टी सरकारमा सहभागी हुँदा संलग्न गराईएको छ कि छैन?'
मुन्नाले नाम मात्र फलाकेर मुस्लिम समुदायलाई नारामा मात्र       समेट्ने कुनैपनि पार्टीको सदस्य नबन्न सल्लाह दिंदै   अगाडी  लेख्छन्  'हामीले धेरै वर्ष झोला बोक्यौं, अबपनि कुनै पार्टीको झोला मात्रै बोक्ने काम बन्द गरौँ l
 राजनीतिमा झोले कार्यकर्ता मात्र बनेर आफु र आफ्नो समुदयको उन्नती नहुने भन्दै उनी लेख्छन्  'जीवन भर झोला बोक्ने हामी र हाम्रो समुदाय हिंजो जहाँ थियो आजपनि त्यहीं छl  तपाई राम्ररी हेर्नुस् कतिपय पार्टीको निर्णायक स्तरमा १ जना मुस्लिम पनि छैन l
के तपाईलाई लाग्छ कि हाम्रो समस्या अरुले बुझी दिन्छन ? हाम्रो समस्या हाम्रै प्रतिनिधिले निर्णायक स्तरमा राख्न सक्ने अवस्था जुन पार्टीमा छ त्यस पार्टीबाट केहि आशा गर्न सकिन्छ नत्र सबै भ्रम मात्रै हो।'
शमसुल हक़ 'मुन्ना'

Comments