विचार: मेरो आर्तनाद अनि मेरा प्रश्न
| केशव ढकाल |
प्रश्न खट्किएको अवस्था छ।
देशमा स्व. राजा बिरेन्द्रको शासनको बेलाको जस्तै शान्ती आउला त ? जातीय नारा लगाउदै गर्दा प्रवासमा आएर एउटै रुममा बस्ने विभिन्न जात , भाषा , धर्म र क्षेत्रका मजदुरहरु यदी भोली यो सबै नाराहरु बढ्दै जादा प्रवासको ठाउँमा पनि यसले असर नगर्ला भन्न सकिन्न।
एउटै कोठामा पहाड, तराई र हिमाल दयाँबायाँ ,थारु , मुस्लिम , बाहुन , गुरुङ्ग , खस र विभिन्न जातीका साथीहरु एउटै बेडमा मिलेर सुतिरहेका हुन्छन । एउटा घर, परिवार र समाजलाई भुलेर प्रवासमा ती साथीहरु नै आफ्नो परिवार सम्झेर मिलेर बसिरहेका हुन्छन् । भोली त्यो नाराले त्यो कोठामा मिलेर बसेको एउटा परिवारलाई असर पार्ला कि नपार्ला? रातभरी ऐठन लागेर चिल्लाईरहेको आफुभन्दा माथीको बेडमा सुतिरहेको मधेशी साथीलाई पानी खुवाउन तल सुतिरहेको पहाडिया साथी उठ्ने की नउठ्ने ? अचानक बेहोस भएको सँगै सुत्ने थारु साथीलाई त्यहीँ रुममा सुत्ने बाहुन साथीले बोकेर अस्पताल पुर्याउने की नपुर्याउने ?
सधैभरी समाजमा हालिमुहाली गर्दै आएकाहरुले ल्याएको नारालाई पच्छाउदै जाँदा यर्थाथमा नेपालीको मर्ममा कुठाराघात हुने त हैन ? यो नाराले साच्चीकै समाज रुपान्तरण भएर राष्ट्रलाई सर्वाङ्गीक विकासको चरणमा पुग्न सफल होला त ?
अर्को कुरा समाजको लागि समाजमा कस्तालाई समाजसेवी भन्ने ? कसलाई अगुवा भन्ने अनि कसलाई पिडित भन्ने ? समाजसेवा र समाजसेवीमा के भिन्नता राख्न सकिन्छ ? हामीले समाजको यथार्थलाई बुझेका व्यक्तित्वहरुलाई समाजसेवीको दर्जा दिन किन सकिरहेका छैनौ ? नामका लागी समाज सेवा वा राष्ट्रसेवक बन्न खोज्नेहरुलाई हामीले बुझ्न किन सकिरहेका छैनौ ? समाजलाई नबुझी पैसाको भरमा समाजसेवी बनेर नाम कमाउनेको होडबाजीपनि टन्नै छ । हिजो कहाँ थिए उनीहरु ? समाजमा राम्रो काम गर्न जरुरी छ, तर नाम कमाउनैका लागी हैन । नाम कमाउँदै गर्दा हामीले ईतिहासलाई कोट्याउदै गर्दा स्व. बिपी कोईरालाको धेरै मध्ये एउटा भनाई सम्झन मन लाग्यो ‘नाम कमाउन र प्रधानमन्त्री बन्नैका लागी राजनिती गर्ने हैन, हामी त दुर्गममा खेती किसानी गर्ने किसानको घरमा जे सेवा सुविधा छ, त्यहीँ सेवा सुबिधा काठमाडौको दरबारमा बस्ने व्यक्तिको हुनुपर्छ भनेर समाजमा लागी राजनितीमा गरेका हौं' तर त्यो समाजबाद र राष्ट्रबाद आज कहाँ छ ? त्यो हामीविच घटेको अतीतलाई फर्काउन म कहाँ जाऊ ? अहिले समाजमा विकृती फैलिएको मलाई महशुष भएको छ । समाजसेवाका नाममा आफ्नो मुल्याङ्गकन आफै गरिएको छ ।
लाग्छ मलाई एक दिन त्यस्ता समाजसेवीहरुलाई समाजले नै मुल्यांकन गर्ने नै छ । सामाजिक संजाल फेसबुक , टुईन्टर , भाईवर र ह्वाटसपमा दुईचार अक्षर लेखेर बरिष्ट पत्रकारहरुको दर्जा पाएका साथीहरुले पनी सोच्नैपर्छ । समाजलाई निरन्तर सहयोग गर्न सक्ने समाजमा काम गर्न सक्ने साथीहरुको बारेका बढी चर्चा गरियोस अन्यथा तपाई हामीले प्रचार गरिएका समाजसेवी भोली आफ्नै खुट्टामा नरहे तपाईं हामीको वरिष्ठतापनि नखस्किएला भन्न सकिदैन ।
साथीहरु अव सोच्ने बेला आएको छ । बिपीको सिद्धान्तलाई आत्मसाथ गर्दै हामी एक नेपाली बन्न सिकौ । प्रदेशबाट हामीले अव नेपालमा संदेश दिन सक्नुपर्छ । हामी एक हुन सके समाज एक हुन्छ । नेपालमा एकता आउने छ त्यसपछी विकासको क्रमले फड्को मार्ने छ । हामीहरु सधैभरी अरुकै नचाहिँदा नाराको पछाडी कहिलेसम्म दर्गुने? सोच्नुस त अव यसरी देश कहिलेसम्म विकास होला! त्यसैले हामीले आआफ्नो तवरले शुरु गरौ । एकजुट बनौ । हिजो त्यो शक्तिशाली भनिएका अंग्रेजहरु झुकेको हाम्रो राष्ट्रले आज तिनै हिजो अंग्रेजसँग झुकेका ती राष्ट्रहरुसँग हामी झुक्नु परेका छ । हिजोको हाम्रो देशको गौरवलाई हामीले अहिले मुल्याङ्कन गरेर अघी नबढे अव कहिले गर्ने ? पृथ्वीनारायण शाहले एकिकृत गरेको देश हाम्रो , बुद्ध र सिता लगाएतका थुप्रै विभुती अनी शहिदहरुलाई स्मरण गर्दै हामी अघाडी बढ्नुपर्छ । आज नेपाल विभिन्न समुह , विभिन्न भाग र विभिन्न जातजातीमा टुक्रने हो भने नेपाल देशै देशको देश हुनेछ । यो हुनेछ भन्ने कुरामा दुईमत नआउला । हाम्रो सुन्दर शान्त देश नेपाललाई पृथ्वीनाराण शाहले भने झै ४ जात ३६ बर्णको साझा फुलबारीको रुमा सबै मिलेर बनाउनु छ ।
हिजो कतार कहाँ थियो आज कहाँ पुग्यो । यहाँभन्दा धेरै नेपालमा प्राकृतीक स्रोत र साधनले भरिपुर्ण छन । अव विकास कहिले गर्ने त ? कि त हामी सधै नेताद्धारा चुनिएका नेताहरुकै पछाडी हिड्ने कि जनताले चुनेका नेताहरुको पछाडी लाग्ने त्यो सोच्न जरुरी छ । पैसाको पछाडी दर्गुने की समाज सुधारका लागी ल्याईएको सिद्धान्तको पछाडी लाग्ने ? अव सोच्ने पालो हाम्रो।
हामीले सोच्न धेरै ढिला गरिसकेका छौ । अबपनि नसोचे कहिले सोच्ने ? अब ब्युंझिनु पर्छ । अव केही गर्ने बेला आएको छ ।
जय नेपाल।
(लेखक नेपाली जनसम्पर्क समिति कतारका कार्यसमिति सदस्य हुन्)
प्रकाशित मिति: ३ आषाढ़ २०७३
(लेखक नेपाली जनसम्पर्क समिति कतारका कार्यसमिति सदस्य हुन्)
प्रकाशित मिति: ३ आषाढ़ २०७३

Comments
Post a Comment