कोसेली प्रकाशनले पाठ्यक्रम सच्याउने: क्षमायाचना गर्दै भन्यो 'धार्मिक ज्ञानको कमीले गल्ती भयो'

मेमनेपाल,
बैशाख १४, नेपाल । धार्मिक आस्थामाथि प्रहार गर्ने नियत नभई ईस्लाम सम्वन्धी ज्ञानको कमीले पाठ्यक्रममा हिजाब  सम्वन्धी गलत विषय राखिएको भन्दै कोसेली प्रकाशनले माफी  मागेको छ। 

कोसेली प्रकाशनको कक्षा १० को सामाजिक बिषयको पुस्तकमा  दाईजो, देउकी, छुवाछुत प्रथा जस्तै हिजाबलाई सामाजिक बिकृतिको रुपमा प्रस्तूत गरेको थियो। 

हिजाबलाई सामाजिक विकृतिको रुपमा प्रस्तूत गरिएको बिषयलाई आफ्नो धार्मिक प्रचलन, मुल्य र मान्यता एवं धार्मिक आस्थामाथिको प्रहार भन्दै मुस्लिम समुदायबाट चर्को विरोध हुन थालेपछि कोसेली प्रकाशनले यसलाई १५ दिनभित्र सच्च्याउने प्रतिवद्दता सहित मुस्लिम  समुदायसित माफी मागेको हो। 

सामाजिक बिषयमा नै भ्रामक रुपमा यसरी हिजाबलाई सामाजिक विकृतिको रुपमा चित्रण गरिएकोप्रति नेपाली मुस्लिम संघ संगठनले चर्को विमति जनाउँदै मंगलवार कोसेली प्रकाशन प्रकासक समक्ष भेट समेत गरेका थिए। प्रकाशन समुह तथा उक्त बिषयका लेखकसित मुस्लिम संघ  संगठन विच भएको बैठकपछि प्रकाशन समुहले क्षमायाचना गर्दै सामाजिक पठ्यक्रममा  समावेश गरिएको उक्त अनुच्छेद नै हटाउने निर्णय गरेको छ। 

इस्लाम सम्वन्धी कुनैपनि कुरालाई लेख्नु पूर्व धार्मिक विज्ञसँग आवश्यक परामर्श लिएर मात्र कदम चालिने समेत  प्रकाशन समुहले प्रतिबद्धता व्यक्त गरेको छ। 

इस्लामी संघ नेपाल, नेपाली जामे मस्जिद, इक्रा  फाउन्डेशन नेपाल, नेपाल मुस्लिम युथ फाउन्डेशन लगायतका मुस्लिम संघ संगठनले प्रकाशन समुहसित बैठक गरेका थिए। 

Comments