रेगीस्तानी कविको नजरमा, नेपाली जनसम्पर्क समितिको अधिवेशन र उमेदवारहरु
-तीर्थ संगम राई |
समाज रुपान्तरण र गतिशीलताको वाहक राजनितिक नै हो । मानिसले बाँच्नको लागि गरीने प्रत्येक प्रयत्न र प्रयासको मुर्त रुपनै राजनितिक हो । हामी जति सुकै भाग्न चाहे पनि यो परिधि भन्दा पर भाग्न सक्दैनौं । यो धु्रवसत्य हो । मानिसहरु बिभिन्न कारणले स्थान हस्तान्तण हुने गर्दछन् । अर्थात यसो भनौं, जीवनलाई सहज बनाउने कोशिसमा मानिसहरु एकै स्थानमा रहन सक्दैनन् । यो प्राकृतिक या बिकशीत समयचक्रको मानक हो । यहि परीबेसमा बैदेशीक रोजगारीका लागि नेपालीहरुको ठुलो जमात अहिले कतारमा कार्यरत छन् । अस्सीको दशकबाट बैधानि रुपमा कतार प्रबेस गरेका नेपालीहरुको यो ठुलो जमातमा नेपाली समाजको पनि आफ्नो अस्तीत्व छ । यो समाजले देशलाई रेमिट्यान्स मात्र हैन । अन्य क्षेत्रमा पनि प्रत्यक्ष र अप्रत्यक्ष टेवा दिदै आई रहेको छ ।
कतारको नेपाली समुदायमा जनसम्पर्क समिति कतारको आफ्ननो बिशिष्ट स्थान छ । नेपाली कांग्रेसको बिदेश स्थीत् भात्रृ संगठन भए पनि यस्ले समग्रमा कतारमा रहेर राजनैतिक भन्दा सामाजिक कार्यका आफुलाई समर्पित गरेको छ । अहिले यो संस्था अधिबेसनको तयारीमा छ । ईतिहासले अंगिकार गरेको बाटो र मर्यादामा रहेर यो अधिबेसनबाट समाजलाई उपयुक्त नेतृत्व दिनेछ भन्ने कुरामा हामी बिश्वस्त छौं ।
हिजोको ईतिहासले योगदानको कदर गर्दै नरेन्द्र भाट र बिमल सुबेदीलाई संस्थाको नेतृत्व दिएको सत्यता लुकेको छैन । उँहाहरुले बसाएको जगमानै जनसम्पर्क समिति, कतार आजको अवस्थामा आएको हो । अहिले संस्था चौथो अधिबेसनको संघारमा छ । यो संघारमा समाजमा स्वघोषित र घोषित रुपमा समाज परिवर्तनमा लागि परेका केहि उपयुक्त केहि अउपयुक्त ब्यक्तिहरुले बिभिन्न पदमा आफुलाई उमेदवारीको दाबेदारी सहित आफुलाई प्रस्तुत् गरेका छन् । म मेरो ब्यक्तिगत बिश्लेषण गर्न गई रहेको छु ।
सभापतिका ३ उम्मेदवारहरु तथा सबल र निर्वल पक्षहरु:
vजनसम्पर्क समिती कतारको पहिलो कार्य समितिमा मनोनित सदस्य ।
v जनसम्पर्क समिति, कतारको वक्रा इकाई संयोजक ।
v दोस्रो अधिबेसनबाट सहमहामन्त्रीमा निर्वाचित ।
v तेस्रो अधिबेसनबाट महामन्त्रीमा निर्वाचित ।
प्रजातान्त्रीक बिधि, पद्दति, अधिकार र मान्यताको मानकलाई सर्बोपरी स्विकार गर्ने हो भने, यो उम्मेदवारी सर्बसम्मन र आधिकारिक रुपले जायज छ । तर लोकतन्त्रमा सबैको अधिकार सुनिश्चित गर्ने कृया र प्रकृयालाई मान्ने हो भने अन्य आकांक्षिहरुको अधिकार पनि सुनिश्चित गर्नु पर्ने हुन्छ । जनसम्पर्क समितिको कतारको नजिरलाई मान्ने हो भने, हिजोको अधिबेसनहरुले महामन्त्रीलाई सिधै सभापती बनाएको इतिहास छ । तर यसलाई यसरि परिभाषित नगरि मर्यादा, निती संगतनै जाने हो भने पनि अहिलेको समितिमा २ जना उपसभापतिहरुको पद रिक्त अवस्थामा छन् अर्थात कतारबाट बिदा भएर गईसकेका छन् । यो अवस्थामा चाम्लिङ्गको उम्मेदवारी निती संगत छ । राज्य र समाज संघिय, लोकतान्त्रीक गणतन्त्र र धर्म स्वतन्त्रतामा प्रबेश गरी सकेको यो कालखण्डमा, समाजका हरेक संरचनामा समाबेसिको सिद्धान्त, सामर्थताको क्षमता, योगदान र बैधानिकताको मान्यताहरुलाई संस्थागत गर्नु पर्ने हुन्छ । यो सत्यताबाट हामी भाग्न खोज्यौ भने कुनै पनि सामाजिक, सांस्कृतिक र राजनैतिक बहस र अभ्यासको अर्थ छैन । यो सबैको हैसियत धिरज चाम्लिङ्ग राईले राख्न सक्छ । मानिस सम्पुर्णरुपको सर्वगुणी वा दोष रहित हुनै सक्दैन । यो मान्यताबाट चाम्लिङ्ग पनि अछुत छैन ।
मानिस हुनुको पहिलो अस्तित्व भनेको नै उसको कर्म हो । तर धेरै असल कर्महरुले थोरै खराब कर्महरुलाई जित्ने प्रयासनै सर्वगुणी ब्यक्तिको आचारण हो । चाम्लिङ्गको पहिलो दोष भनेकै ऊ जनजाती हो । उस्ले गरेका हरेक कुराहरुलाई संगठन भित्र पहिचान र जातिय बहसको रुपमा मात्र हेरिने मानसिकतालाई स्पष्ट पार्न नसक्नु हो । संस्थाका साथिहरुलाई पहिचान र जातिय मुद्दा जनजातिहरुको मात्र हैन, नेपालमा बस्ने तमाम नेपालिहरुको हो भन्ने कुरा बुझाउन नसक्नु पनि हो । किनभने नेपालको पुर्विय क्षेत्रमा रहेका किराती र पश्चिम भेगमा बसोबास गर्ने खसआर्य समाज दुबैको अधिकार हो पहिचान, समाबेसी र धार्मिक स्वतन्त्रता । तितो सत्यता केहो भने संस्था भित्र खुल्ला समाजको बहस गर्ने बित्तिक्कै हेयको दृष्टृले हेर्ने परिपाटिको शिकार भएका हुन् चाम्लिङ्ग । यसैको परिणाम समाजमा राम्रो छबी हुदाहुदै पनि आफ्नै संगठन भित्र एक्ला हुदै गए । यसको असर अहिले देखिएको छ । यसमा धिरजको एक्लो दोष भने पटक्कै छैन । संगठन भित्रबाट नै केहि बरिष्ठहरुले व्यक्तिगत इगोलाई लिएर पाखा लगाउदै गएका हुन् । जुन परिदृष्य बुझ्न धिरजलाई यो अधिबेशन कुर्नु र्पयो । समयमानै आफ्नो र बिरानो मानिस चिन्न नसक्नु अर्को कमजोर पक्ष हो । कुनै पनि संस्थाको नेतृत्वको अन्तिम संघारमा गुट र उपगुट अर्थात पक्ष र बिपक्ष हुन्छ नै । तर धिरज चाम्लिङ्गको उम्मेदवारिमा यो नियम लागु हुदैन । उस्लाई पुरै एकपक्षियहरुले उपहास गरेको देखिन्छ । जस्को फलस्वरुप बाकी उम्मेदवारहरुको निरिह उम्मेदवारी ।
धिरजको जित र हार सङ्ग जोडिएको कुरा भनेको नवयुग, नयाँबिचार र नयाँ पुस्ताहरुको उदय वा बिलय हुनु हो । जुन कुरा सस्थाका प्रतिनिधी पात्रहरु चाहदैनन् । समाज, आफ्नै वरिपरी घुमाउने सपनाको उपज हो धिरज चाम्लिङ्गको सभापतिमा पराजय र आफनो अनुहारसङ्ग ठ्याक्कै मिल्ने अरुको छाँयाको जित ।
v जनसम्पर्क समिति, कतारको पहिलो कार्य समिति सल्लाहकार ।
v जनसम्पर्क समिति, कतारको स्थापना कालदेखी आवद्ध ।
vसंस्थाको बिधान समितिमा पटक पटक सम्मिलित ।
सामाजिक प्रतिष्ठाको आधारमा क्रान्ती सिंहको बिशिष्ट स्थान रहेको छ । समाजमा बिबाद रहित छबिको रुपमा आफुलाई जोगाई राख्न सक्नु यहाँको नैतिकताको प्रमाण हो । सबैतिर मध्यम बर्गिय भएर रहनु वहाँको बिशेषता हो । जनसम्पर्क समिती, कतारको स्थापना समयदेखी आफुलाई यो संस्थामा निरन्तर जोडी रहनु संस्थाप्रतिको निरन्तरता हो । यसैको आधारमा उहाँले सभापतिको उम्मेदवारिमा आफुलाई उभ्याउनु भएको हुनुपर्छ । यतिले मात्र क्रान्तिको सभापती दाबी काफी हुदैन ।
बिधि, र बिधान भन्दा माथि हामी कोही पनि रहन सक्दैनौ । क्रान्ति सिंह संस्थाको बिधान मसौदा समिती देखी संसोधन समिती सबैमा बसेर निति, नियम र बिधान निर्वाणमा सहभागी हुनुहुन्छ । यदी मेरो जानकारी सही र सत्य हो भने संस्थाको कुनै पनि सकृय पद ग्रहण गर्न अस्विकार गर्दै आफुलाई सामाजिक अभियन्ताको भूमिकामा सदैव समर्पित गर्दै आउनु भएको हो । भने, त्यही कुरा उहाँको उम्मेदवारीको बाधक हुनेछ ।
संस्थाको संशोधित पछिल्लो बिधानले स्पष्ट किटान गरेको छ— ‘सभापती र महासचिब पदको लागी उम्मेदवार आकांक्षिहरु कार्यसमितिको सकृय पदमा एक कार्यकाल पुरा गरेको हुनुपर्ने छ ।’ (अनुच्छेद— ४ को दफा १३ अनुसुची उपदफा ’च’ ) यदि बिधानमा उल्लेखित बुदालाई अपव्याख्या र भ्रमित नगरी बुझ्ने हो भने, सल्लाहकारहरु कार्यसमितिका सक्रिय पदमा पर्दैनन् ।
सिंह कमजोर उमेद्वार भन्न खोजेको हैन तर आफैले निर्वाण गरेको बिधान बिरुद्ध जानुले आफ्नो सामाजिक अस्तित्व धरासायी चाही पक्कै हुन्छ । संस्थामा लामो समयदेखी योगदान गरेको आधारमा नै उँहाको सभापतिको दाबी हो भने, तेस्रो अधिबेसनमानै उहाँको उम्मेदवारी पर्नु पर्ने थियो । किनभने सभापती बिमल सुबेदिले आफ्नो कार्यकाल दोहोर्याउनु भएको थियो । कतिपय अवस्थामा मानिसका असल र सबल पक्षनै आफ्नो लागी घातक साबित हुनेछ । क्रान्ति सिंहको उम्मेदवारीमा पनि यो लागु हुन्छ । उहाँले एनआरएनए एनसिसी कतारको सचिब र महासचिब पदमा ४ बर्ष सफल कार्यकाल पुरा गरी सक्नु भएको छ । यो अवधिमा उहालाई समाजले हेर्ने दृष्टिकोण फरक भैइसकेको छ । सर्बत्र सम्मानित हैसियत राख्नु हुन्छ । उहाँको बिचार आफ्नो ठाउमा रहे पनि अहिलेसम्म त्यसको प्रत्यक्ष स्वरुप उजागर गर्नु भएको छैन । तर अब उहाँलाई मुल्याकंन गर्ने र हेर्ने दृष्टृकोण फरक हुनसक्छ ।
मलाई त यो लाग्छ यो उम्मेदवारी स्वबिबेकले दिएको नै हैन । हिजोसम्म म खुल्ला राजनितिकमा आउदिन भनेको ब्यक्तिले अचानक सभापतिको उम्मेदवारमा दाबी गर्छ भने यस्का २ वटा पक्ष हुनसक्छ । पहिलो—पदको आकांक्षा र संस्थाको संरक्षण, दोस्रो—कसैद्वारा निर्देशित र कुनै पक्षको खुल्ला बिरोध । पहिलो बुदामा म पटक्कै सहमत छैन । किनभने क्रान्ति सिंहलाई पदको लोभ पटक्कै नहोला र संस्थाको संरक्षण गर्नको लागी अहिलेका दाबेदार उम्मेद्वारहरु काफी छन् र त्यो हैसियत राख्दछन् । मेरो अनुमान दोस्रो बुदामानै ईगिंत हो । मानिस स्वभाबिक रुपमा कसैबाट प्रभाबित हुनु वा कसैको बिरोधमा जानु अस्वाभाबिक हैन । तर कहिले काही यस्तै भूलहरुले हामिलाई पतनको संघारमा पुराउछ ।
vजनसम्पर्क समिती कतारको पहिलो कार्य समितिमा मनोनित सदस्य ।
v जनसम्पर्क समिती कतारको मौजुदा कार्य समितिमा मनोनित सदस्य ।
लोकतान्त्रीक पद्दती र बिचारलाई संस्थागत गर्ने हो भने भुषालको सभापतिको दाबिलाई अस्वाभाबिक मान्न हुदैन । यसको कदर गर्नै पर्छ । कुनै पनि संस्थामा पाको भएको अथवा धेरै समयसम्म योगदान गरेको ब्यक्ती मात्र सभापती हुन्छ भन्ने मान्यतालाई ब्यक्तिको कार्य क्षमता र संभाब्यतालाई आँकलन गरेर न्यायोचित स्थान दिनुनै पर्छ । कसैले पनि अकस्मात सामाजिक प्रतिष्ठा र हैसियत अचानक प्राप्त गर्न सक्दैनन् । यसको लागी लामो सामाजिका योगदान, कर्तब्य परायणता र अधिर इच्छा सक्ती र निस्वार्थ अनि निस्कपट मनोभावना सहितको आचारण चाहिन्छ । यो सबैको लागी अवसर र चुनौती चाहिन्छ । यसैको खोजिमा पनि भुषालको उम्मेद्वारी हुनुपर्छ ।
सभापतिको यो रिले दौडमा ’पिच्चु’ खेलाडिको रुपमा मैले केशव भुषाललाई लिएको छु । म उहाँप्रती पुर्वाग्रही हुनु पर्ने कुनै कारण छैन । सामाजिक कार्य र संस्था प्रगतिको लागी सबैलाई सहभागी हुने समान अधिकार हुनुपर्छ । तर अधिकार खोज्ने मर्यादा क्रम, बिधी र बिधान हुन्छ त्यसलाई भङ्ग गर्नु हुँदैन । नेतृत्व तहको छनौट प्रकृयामा ’तपशिलहरु’ राख्नु अनौठो कुरा हैन ।
जुवाँ खेल्दा कोही बालामा बसेर ‘कौडा’ हान्छन् कोही छेउमा बसेर ‘च्याँखे’ थाप्छन् । फरक यती हो । दर्हो थैली हुने कौडा हान्छन् कम्जोर थैली भएकाले च्याँखे थाप्छन् । आखिर खेलेको त जुवाँनै हो । कौडा हान्नेले धेरै मार्छन् धेरै हार्छन् । च्याँखे थाप्नेले थोरै मार्छन् थोरै हार्छन् । तर केहि न केहि चाही पाउछन् । तर बिडम्बना कहिले काही रित्तो हात पनि हुनुपर्छ । यहा कस्ले कौडा हान्दै छ या कस्ले च्याँखे थाप्दैछन् त्यो चाही पुरा लेख पढेर आफै निर्णय गर्नु होला ।
उपसभापतिका ३ उम्मेदवारहरु— आवश्यकता—२
१ .सुनिल मण्डल
२. शंकर न्यौपाने
हिजोदेखी शासक बर्गले पछी पारेको केहि समुदायलाई आज पनि प्राय सबैजसो संगठनहरुले हेयको नजरले हेर्ने सिकारको प्रतिनिधी पात्रको रुममा मैले सुनिल मण्डललाई लिएको छु । कतारको सामाजिक सदभाव केहि समुदायको नाराले बिग्रदैछ, केहि समुदायलाई हेर्ने नजरले बिग्रेको छ । भने धेरै चाही हामी आफुहरुको कारणलेनै पनि बिग्रदैछ । मैले जसरी माथि नाम क्रमिक रुपले उल्लेखित गरेको छु । मेरो उपसभापतिको लागी मुल्याकंन पनि त्यही हो । सहमतिको लागि अन्तिम नतिजामा कोहि बाहिरीन सक्छन् । कोहि नयाँ भित्रिन सक्छन् । यसलाई अन्यथा लिनु हुदैन । मुख्य पदहरुमा आवश्यक भन्दा धेरै उम्मेद्वारी परेको हुनाले कसले कसलाई छोड्ने अर्थात कसलाई कसरी मिलाउने बहस र छलफल अवस्य होला ।
महामन्त्रीका २ उम्मेदवारहरु— आवश्यकता— १
१ अजिज अलि
२ .देबराज राई
संस्थामा सभापति पछी शक्ति, अधिकार र नायकत्वको आधारमा मुल्याकंन गर्ने हो भने महामन्त्री पद नै हो भन्दा फरक पर्दैन । कुनै पनि संस्थालाई कृयाशिल बनाउने या निस्कृय बनाउने भन्ने निर्णय गर्ने हैशियत यो पदले राख्ने गर्दछ । योग्यताका सबै अंकहरु जोडेर बनाईएको योगफल महामन्त्रीको नतिजा हो । यसपदको लागी २ जना उम्मेद्वारहरुले दाबी गरेका छन् ।
अजिज अलिको हकमा धिरज चाम्लिङ्गले अंगिकार गरेको बिधि, योगदान, र निती संगत कुराहरुनै लागु हुन्छ । स्वाभाबिक रुपमा सहमहामन्त्रीमा कार्य सम्पादन गरी रहेको ब्यक्तिको नैतिक अधिकार वा स्वाभाबिक अधिकार महामन्त्री नै हो । अजिजले गरेका साना—साना गल्तिहरुलाई उसले गरेको असल कार्य र संस्थाप्रती गरेको योगदानको आधारमा माफ गर्न सकिन्छ ।
अर्का प्रतिद्वन्दी सचिवालय सदस्य देबराज राईलाई नजर अन्दाज गरियो भने भूल हुनसक्छ । यही समाजमा लामो समयदेखी हरेक संघ, संस्थाहरुमा सचिब र महासचिबको सफल कार्यसम्पादन गरेको अनुभवहरुको उसङ्ग पनि छ । शैक्षिक योग्यता र सांगठानिक महत्व बुझेको हुनाले संस्थाको नितिगत भूमिकाहरुलाई बिस्तार गर्नमा अब्बल छन् । तर बिधी र प्रकृयालाई हेर्ने हो भने अहिले नै महामन्त्रीमा आफुलाई प्रस्तुत गर्नु भन्दा सहमहामन्त्रीमा प्रस्तुत गर्नु उचित थियो ।
मेरो आफ्नै नजरमा:
समग्रमा दोहाको वातावरण कुनै पनि स्थापित संघ, संस्थाको अधिबेसन र नेतृत्व चयनको बेला बहस सुरु हुन्छ । यो गलत पनि हैन । तर हामी यस्तो देसमा छौ, जहाँ पुर्णरुपले राजनैतिक बहस, धार्मिक वा जातिय भेला, सम्मेलन वा कचहरी गर्न बर्जित छौं । तर पनि हामी हाम्रो व्यक्तिगत बिकास, संस्थागत बिकास, सामाजिक बिकास र देसको लागि हिम्मत गरेर लागि परेकाछौ । यहाँ हामीले केहि पाउनु छैन । आफ्नो कार्य ब्यस्तताको बाबजुत बचेको समय समाज र संस्थालाई दिने हो । तर पनि मानिस आफैमा सामाजिक प्राणी भएको हुनाले समाज भन्दा पृथक भएर बाँच्न नसकिदों रहेछ । यसैको उपज हो मेरो आँखाको लय ।
नरेन्द्र भाटले प्रथम सभापति ग्रहण गरे पश्चात जनसम्र्पक समिति कतारले आफ्नो गति लिएको हो भन्नमा कन्जुस्याई गर्नु हुदैन् । त्यसपछि समाजमा आफ्नो स्थान बनाउन, संगठन बिस्तार गर्न र समाजवादमा आस्था राख्नेहरुलाई एउटा बिन्दुमा केन्द्रित हुने वातावरण सिर्जना भएको हो । भाटको सभापति समापन पछि लगातार दुई कार्यकाल बिमल सुबेदीको सभापतित्वमा कार्यसमिति गठन भयो । र, हालसम्म पनि सुवेदीकै सभापतित्व चौथो अधिबेसनको तयारी हुदैछ ।
श्रमिकको नेतृत्वले पुरा गर्न लागेको यो कार्यकाल पुरै असफल त रहेन तर सफल पनि रहन सकेन । मिश्रित र सन्तोषजनक अवस्थामा बितेको यो कार्यसमितिको एउटा कमजोर पक्ष भनेको संगठनलाई बिस्तार र प्रभावकारी बनाउन नसकेको अहिलेको अधिबेसन तयारी र नेतृत्व उम्मेद्वारीले देखाएको छ । पाँच सय सक्रिय रहेको दाबी गर्ने संस्था नितिगत, संगठात्मक संरचना, निष्ठाको पदिय जिम्मेवारीमा पुरै असफल रहेको देखिन्छ । भलै सामाजिक पक्षमा आफुलाई अब्बल सावित गरेको छ । तर अधिबेसनको तयारीमा यो पक्ष गौण हुने गर्छ ।
सभापतिको पहिलो एकमात्र दाबेदार धीरज चाम्लिङलाई अहिले अरु दुई जनाको दाबेदारी पर्नुमा कहि न कहि संस्थाको संरचना भत्किएको हुनुपर्छ । कि त चाम्लिङ आफै यो पदको लागि उपयुक्त छैनन् । कि त नेतृत्वतह धीरजप्रति असन्तुष्टि छन् । पहिलो कारण हो भने त मेरो बिश्लेषणको कामै छैन । तर दोस्रो कारण हो भने अहिले देखिएको सिनारीयो जायज हैन । नेतृत्वतहमा असन्तुष्टि छ भने, संगठनभित्र बृहत छलफल गरेर अब आउने भावी नेतृत्व र कार्यनितीको स्पष्ट खाका बनाउन सक्नु पथ्र्यो । यदि सबै कुरा ठिक थियो भने असमानान्तर तरीकाले सभापति र महामन्त्रीमा उमेद्वारी पर्नु हुदैन थियो ।
संगठनको उच्चतहबाट 'धिरज चाम्लिङले गल्ती गरेको' कुराहरु सुन्नमा आई रहेको छ । यो अस्पुष्ट सुचनातिर म जान चाहान्न । तर धिरजलेनै गल्ती गरेको भए पनि आत्मालोचना गर्ने मौका दिनुपर्छ । यदि कतैबाट भ्रम श्रृजना गरीएको भए सबैले त्यस्तो भ्रमको सामना गर्नुपर्छ । यो सबैको केन्द्रबिन्दु सभापति हो । समाजमा मात्र सफल हुनु र संस्थामा असफल हुनु सभापतिको लागि घातक हुनसक्छ । जनसम्पर्क समिती कतारको चौथो अधिबेसनमा बिजय उम्मेद्वारहरुको मेरै आँखाले बिजय घोषित गर्ने हो भने सभापती र महामन्त्रीको नाम चाही किटेरनै दिन सक्छु । धिरज चाम्लिङ्ग र अजिज अलि भन्दा अर्को कुनै बिकल्प छैन । सबै कुरालाई जोड घटाउ गरेर बहसनै गर्ने हो भने पनि म तयार छु ।
फरक के चाही हो भने मापन गर्ने सबैको आफ्नो—आफ्नो मानक होलान् । तर रातोलाई कालो भन्नु सही मापन हैन । यसो भनी रहदा मैले बाकी उम्मेद्वारहरु बेकामे भन्न खोजेको भने हैन । सबैको आफ्नो स्थान छ । पहिचान गरेर स्थान रोज्नु राम्रो हो । अध्यक्षका दाबेदार द्वय क्रान्ती सिंहप्रती मेरो श्रद्धा छ । उहाँको सामाजिक मर्यादाको साख बचाईरहन आग्रह गर्छु । केशब भुषालप्रती मेरो दया छ ।
बिधी संगत र निती संगत संस्थामा निरन्तर खटी रहन अनुरोध गर्छु । भने महामन्त्रीका अर्का प्रतिद्वन्दी देबराज राईप्रती सहानुभुती छ ।
Comments
Post a Comment