विचार: प्रदेशिएका नेपाली र प्रदेश

नरेन्द्र बुढामगर
नेपाल अझ पनि अल्पबिकसित देशहरु कै सुचिमा दर्ज भैरहेको छ।नेपालीहरु मजदुरी कै क्रममा बिदेशिने परम्परा जस्ताको त्यस्तै देखिन्छ।मनौ,बैदेशिक रोजगार बिना आमनागरिकको भई परि आउने भब्बीतब्बीको समस्या समाधान नभई रहेको जनजाहेर नै छ।मजदुरीका लागि मात्र नभएर नेपालीहरु अर्को अध्यायन निजि ब्याबसायी कै क्रममा पनि बिदेशिने गरेका छन।तर त्यो एकदमै कम मात्रामा देखिन्छ।बैदेशिक रोजगारी कै क्रममा दुई बर्ष अबधी पूरा गरि बिदेश मै बसेका मजदुर या नेपाली नागरिकलाई गैरआबासिय नेपाली भनेर चिन्ने र परिचय गराउने काम भई रहेको छ।ता कि दुई बर्ष अबधी पूरा गरेको ब्यक्ती गैरआबासिय नेपाली समाजको सदस्य बन्न पाउने भनिएको छ।गैरआबासिय नेपालीको साझा सस्था एनआरएन खडा गरेर मजदुर बर्गको हकहितका पक्षमा न्यायपुर्ण आवाज उठाउने यस सस्थाले बिदेसिएका आम नेपालीहरुको भावना र बिचारको पक्कै पनि प्रतिनिधित्व त गर्नै सक्दैन।तर पनि केही मात्रामा सहयोग गर्न चाहिँ सक्छ।आज यस सम्बन्धी केही सैद्धान्तिक प्रश्न उठान गर्न जरुरी मानिएको कारण केही लेख्ने प्रयासमा बसेको छु।
पहिलो कुरा त मजदुर र मजदुरहरु कै बिचको सम्बन्ध कस्तो रहने भन्ने बिषयले पहिलो महत्व पाउने गर्छ।त्यो मजदुर दक्ष होस,त्यो मजदुर अर्धदक्ष होस,त्यो मजदुर अदक्ष होस।तर यी सबै प्रदेसिएका नेपाली नागरिक हुन।सबै भन्दा पहिला नागरिक सम्बन्धको स्थापना गर्न जरुरी देखिन्छ।मजदुरी आआफ्नै दक्षता हो।त्यो मजदुर मात्रै नभएर  ब्याबसायी  पनि हुन सक्छ।बैदेशिक यात्राको क्रममा फरक बिचार,फरक राजनैतिक आस्थाले प्रदेशिएका मजदुरहरुलाई राजनिती कै कारण एकआपसमा बिग्रह पैदा गरि दिएको छ।तर भाबनाका हिशाबले पिडाहरुको सम्बोधन कसैको राजनैतिक आस्थाले गर्न सक्दैन।किन कि प्रदेशिएका आम नागरिकको एउटै कुरा भावना भित्र कैद भएको छ,"श्रम"।किन कि प्रदेशिएको जो कोहि होस।उ श्रम कै लागि प्रदेशिएको हो।यसकारण श्रमको सम्बोधन हुने गरि आम प्रदेशिएका नेपाली नागरिकहरुको समस्याको सम्बोधन गर्न गैरआबासिय नेपाली समाज लाग्ने कि नलाग्ने?यक्ष प्रश्न यहाँ देखिन्छ।मजदुरहरु कै बिचमा मालिक र दास कै ब्याबहार भयो,भने त्यसले कसैको हकहितका लागि काम गर्न सक्दैन।हरेक ब्यक्ती प्रदेशमा बसेर मालिक बनेका छैनन।ती सबै श्रमिक हुन।तर फरक यहाँ यो छ कि?नितान्त फरक राजनिती आस्थाका कारण मालिक जस्तै बन्न पुगेका छन।यसकारण श्रमिक,श्रमिक बिचको मालिक र दासको ब्याबहार नैतिक आचरणसंग सम्बन्धित छ।
प्रदेशिएका श्रमिकहरु बिचको एकता र सद्वभाब खाली श्रमिक भाबनाले मात्र गर्न सक्छ।त्यो कसैको राजनैतिक आस्थाले,कसैको ब्यक्तीगत लाभ हुने खालले ब्याबहार गरियो भने मलाई लाग्छ।यो आप्रबाशी नेपालीहरुको साझा सस्थाले आम मजदुरहरुको समस्याको हल गर्न सक्दैन।जस्तै हामी समस्याहरुमा हेर्यौ,भने हरेक कम्पनीका आआफ्नै नियमहरु छन।त्यो ब्यक्तीले मान्नु पर्ने हुन्छ।तर जबरजस्त अन्तरास्ट्रिय कानुनको मापदन्द भन्दा बाहिर रहेर लाडिएका केही समस्याहरु छन।ती र तिनको उत्थान गर्ने काम सबै प्रबाशी नेपालीहरुको साझा सस्थाले गर्ने कि नगर्ने?समय मै मजदुरहरुले तलब नपाई रहेको अबस्था छ।एक कम्पनीमा आएका मजदुरहरु अर्को कम्पनिमा काम गर्न बाध्य छन।नेपालमा एक संझौता गरि आएका तर यहाँ कम्पनिले अर्को संझौता पत्रमा हस्ताक्षर गरि जबरजस्त काम गर्न लगाईएको यथेस्त प्रमाणहरु छन।यी र यस्तै काम किन कसरी र कसको मिलेमटोमा हुन्छ?
यस्ता समस्याहरुको बिचमा कयौ मजदुरहरु छन,र तिनिहरुका आफ्नै गुनासाहरु छन।नेपाल सरकारले आधिकारिक रुपमा नेपाली दुताबासहरु खडा गरेको छ।ती दुताबासहरुमा समस्या लिएर जानुस,र यथेस्थ प्रमाणहरु पेश गर्नुस।कोहि अन्यायमा परेकालाई यस्तो सुझाब दिदा त्यहा हाम्रो कुराको कुनै शून्य हुदैन,भनेर कयौ मजदुरहरुले आफ्नो गुनासो पोख्ने काम बाहिर पोख्ने गरि रहेका छन।यस्ता खालका गुनासहरु माथी मजदुरहरु कै हकहितका लागि भनिएका एनआरएन जस्ता सस्थाहरु मात्र नभएर मजदुरहरु कै लागि भनिएका विभिन्न सेवा समाजहरुले के मजदुरहरुको आपसी समस्याको सवालहरुलाई उत्थान गर्न सकदैन?कि भने ती संघ,सस्थामा आबद्ध ब्यक्ती समुहहरु नैतिक रुपले बलिया छैनन,र समस्या तत ठाउँमा उत्थान गर्न सक्दैन,भनेर हामिले बुझ्नु पर्यो।अदक्ष मजदुरहरुको समस्या दक्ष मजदुरहरुले उत्थान गरि दिने भुमिका खेलीनु पर्छ,ता कि सस्था भनेको नेपालीको आर्थिक लाभको पेशा नहोस।
दोश्रो कुरा प्रदेशिएका मजदुरहरु बिचमा कसरी आपसी सम्बन्ध स्थापित गर्ने भन्ने चुनौती छ।सम्बन्धहरु स्थापना नभएका कारण कयौ मजदुरहरु ब्यक्तिगत समस्या झेली रहेका छन।हस्पिटलमा महिनौ दिन भर्ना भएको एक बिरामीको कसैलाई पक्ता नलाग्नु,जस्ता समस्याहरु प्रदेशमा यथावत नै देखिन्छन।यसले गर्दा हरेक नागरिक अगुवाई सस्थाहरुले सम्बन्धहरुको स्थापना गर्न जरुरी देखिन्छ।यस्ता केही बिकराल समस्याहरुका कारण सस्था भनेको बिना श्रम कमाई गरि खाने दलालहरुको सस्था हो,भन्ने एउटा बास्तबिकता भ्रम पनि पैडा भई रहेको छ।यस्ता खाले भ्रमहरु खुलेर निस्पक्ष,निस्वार्थ र नेपाली समाजको मनोभाबनाबाट ओटप्रोत ब्यक्ती सस्थाले मात्र प्रदेशिएका आमनागरिकको प्रतिनिधित्व गर्न सक्छ।अन्यथा लाखौ मजदुरहरुको बिचमा रहेर सद्स्यता लेबि र नानाथरी चन्डा आटंक मच्चाउनु सरासर ठगी धन्दा हो,भन्ने बुझाई नै रहन्छ।यसले गर्दा आर्थिक रुपले पारदर्शी हुन,गराउन र बन्न प्रबासमा रहेका विभिन्न खाले संघ,सस्थाहरुले ध्यान दिनै पर्छ।यो नदिईएको खन्डमा प्रबासमा पनि नेपालीहरु ठगिएको थुप्रै उदारहणहरु छन।यी यस्ता मलेसिया स्थित एनआरएनका अध्यक्षको ठगी धन्दाले खुल्ला र स्पस्त रुपमा बताई सकेको छ।यसकारण मजदुरहरुका बिचमै मजदुरहरुलाई नै ठगी गर्न लगाउने ठगी धन्दाका राजनिती आस्थाका बन्दीहरुले स्वादेशमा मात्र होईन।बिदेशमा पनि श्रम र पशिना माथी राज गरि रहेको भान हुन्छ।
हामी प्रदेशिएका नेपालीहरु एकआपसमा मिलेनौ भने हाम्रो आफ्नै देश मिल्ने छैन।पहिला हामी मिलौ र देश बन्छ।प्रदेश हो।सबैको भाबनाको कदर गरौ।


Comments