कतारको जेलमा नेपालीका पीडा: वृहत अभियानको खाँचो (एक रिपोर्ट)
![]() |
| अली बाबु- मेमनेपाल रिपोर्टर |
-अली बाबू
गत ११ अप्रिल गते ठिक नेपाली नयाँ वर्षको दुइदिन अगाडि कतार स्थित सेन्टर जेलमा अनुगमन गर्ने मौका मिल्यो । जेलमा कैदी राख्न बनाईएका ११ वटा ब्लकहरु मध्य यसपटक ११ औंनम्बरको ब्लकमा प्रवेश गर्दा बिहानको करिब ०९:३० बजेको हुँदो हो ।
सबै समान बाहिर नै छाडेर आई. डि. को बदलामा दिइएको केन्द्रिय जेल पास मात्र लिइ भित्र जाँदा केही नेपाली कैदी साथीहरूले तासमा आफ्नो पीडा बिर्सन खोज्दै गरेको देख्न पाईन्थ्यो । एत्तिकैमा झापा निवासी एक मोटे दाइले "नेपाली हो तपाईं" भन्दै हात मिलाउने मनसायले अगाडि बढे । हजुर हामी नेपाली भन्दै सामान्य परिचय पछि छेउमा बसिरहनु भएका अन्य साथीहरू पनि हामी तिर आकर्षित हुनुभयो । मैले तास खेल्नेहरु मध्य एक जनासंग पाकिस्तानीलाई इंगित गर्दै झ्याप्प सोधिहाले पाकिस्तानीलाई पनि कलब्रेक आउँछ ? भनेर सोध्न नपाउंदै चुरोट सल्काउँदै गरेका हलुका दाह्रीवाल जनकपुरतिरका एकजना मुस्लिम दाइले भने "हामीले सिकाई हाल्यौ नि ! आजभोली प्रायले जानेका छन् ।"
"यो नम्बरमा कति जना नेपाली हुनुहुन्छ नि ?" मेरो प्रश्नको उत्तर दिंदै बुटवलका फ्रेन्चकट दाह्री राखेका हसिलो मुहारका दाजुले भन्नू भयो ' आठदसजना त छौँ होला नि हैन र ?!" 'हो हो ।' हलमा भएका सबैले सहमती जनाए.
'ल, नेपाली साथीहरू सबै जना एकचोटी एकै ठाउमा भेटौं है त' भन्दै हामी जेलको माथिल्लो तलामा उक्लियौ एक्छिन पछि एकएक गर्दै ८ जना साथीहरु आउन भयो । जहाँ झापा, सुन्सरी, जनकपुर, उदयपुर, नवलपरासी, बुटवल, पाल्पा, र धनगढीका एकएक जवान साथिहरुसंग कुनै न कुनै प्रकारको सिंगो व्यथा लुकेको थियो ।
१५ महिना देखि ५-६ महिना सम्म केन्द्रिय कारागार (११नम्बर )मा जेल जीवनको भोगीरहेकाको सबै भन्दा ठूलो गुनासो नेपाली दूतावासप्रतिथियो । लागुऔषध सेवन, तस्कर, अन्य लागु पदार्थ, केटी, हत्या, चोरी, ठगी लगायतका अपराधमा सजाय पाएका बाहेक निर्दोष (अरुले फंसाएकासम्म) पनि जेलमा परेका र खासगरीतिनिहरुको लागि कुनै पनि नेपाली निकायले सोच्ने नगरेको गुनासो प्राय कैदिहरुको रहेको छ। जेलमा अरु देशका कैदीलाई उनिहरुको दूतावासले गर्ने सदब्यवहार र नेपाली दूतावासको निष्क्रियताको कुरा गर्दै एकजनाले भने "फिलीपिन्स, भारत, श्रीलंका, बंगलादेशका कैदीहरुकालागि हप्तैपिच्छे केही रकम र दैनिक जीवनमा प्रयोग हुने सामान साबुन, तेल, ब्रस, मन्जन, लुगा, लगाएतका कुराहरु ब्यवस्था गरिन्छ तर नेपालीको लागि केही आउदैन, सोचिदिने कोहि भएनन, हामी त हरेक ठाउँबाट पीडित ।" ( त्यसो त अति आवश्यककुरा को ब्यवस्थापन जेल प्रसासन बाट हुने गर्दछ ।)
केही महिना अगाडी अदालतले फैसला गरेपछी २५-२५ बर्षको सजाय सुनेर जेल बस्नु परेको दुइजना भाइहरु सुमन दास र रबिन्द्र महतोको कथा सुनाउँदै एकजनासाथीले भावुक बन्दै भने "तिनीहरु पहिलो पटक बिदेश आका त्यसमापनि ऋण लागेर घरमा बस्नै गाह्रो भएकोलेविदेश पलायन हुँदा कतारको विमानस्थलबाट सिधै जेल चलान भएका हुन । मेनपावरको मान्छेले जबर्जस्ती पठाएको सामानमा लागुऔसध बरामद भएपछी सबै सपना चकनाचुर भएको छ । ४ जना छोरीका बुबा जेल मै रहँदाभर्खरै मात्र उनको आमा बितेकी छिन ऊनीजिउदै मरेको छन् यहाँ ।'उनले थप्दै भने 'यहि जेलको ५ नम्बर ब्लकमा रहेका ती दुई जना साथीलाई हामी साथीहरू मिलेर मेनपावरको मान्छेबाट जनही २ लाख त निकालेर घर पुर्याउनु पठाएका छौँ तर यिनिहरु घर कहिले पुग्छ्न त्यो भने भन्न गाह्रैछ । दूतावास र संघसस्था भन्नुपनि यत्तिकै रहेछ! आफ्ना मान्छे परेका हुँदा हुन्त सबको निद्रा हराम हुन्थ्यो होला हामी त को हो को हो?' गहिरो दुख मनाऊ गरे ।
आखिर हामी कसरी समाज सेवा गर्दै छौं र केकालागि आफुलाई समाज सेवीको उपाधीदिन्छौं ? दुख परेको मान्छेको उद्दार नगरेर तथानाम रमाइलो मनाउनु मात्र समाज सेवा हो कि जस्तो लाग्न थालेको छ । अधिबेसन गर्नु नयाँ कार्यसमिति छान्नु, चाड्बाड मनाउनु कलाकार बोलाएर रमाईलो गर्नु 'मै' समाज सेवामा सबै रमेका छन् । आखिर मेनपावरको ठगी रोक्ने काम कस्को हो ? दलालको जालबाट सोझा नेपालीलाई कस्ले जोगाउने ? बिदेश हिंडेकालाई 'वरेन्टेसन क्लास'मा खै के सिकाइन्छ ? धेरैले सचेतताको कमीकै कारण दुख पाएका छन । सबैलाई आफ्नो नाम र संस्थाको रमाइलोमा बस्न मन पर्छ । शुभकामना दिनेले शुभकर्म पनि गर्नु सक्नु पर्छ, अस्पताल, अदालत, जेलमा नेपालीले भोगेको दुखमा कठै भन्ने कुनै नेपाली भएनन ! भेट्नसम्म पनि कोहि आउँदैनन्। हप्ताहप्ता नै आउनु पर्छ भन्ने छैन यसो कहिलेकाही त आउनु पर्छ नि, खै अहिलेसम्म देख्नै पाएको छैन, हामीलाई भेट्न आउने कोहिपनि छैन आज हजुरहरु आउनु भयो धेरै खुसी लाग्यो । आउदै गर्नु होला । सबै जना चुप भए । सबैजनाले यसरी आफ-आफ्ना दुख बिसाए।
मैले पहिले पनि दूतावासमा जेल अनुगमनको लागि कुरा उठाएको छु केही भए जस्तो लागेको छैन, केहि संस्थाका पदीय भार बोकेका कथाकथित समाजसेवीसंग पनि कुरा राखेको छु,तर त्यहाँपनि प्राय निष्क्रियता नै देखियो ।
दूतावासमा ४ लाख भन्दा बढी नेपालीका लागि एक जना पि.आर.ओ. राखिएको छ त्यो पनि नेपाली बोल्न जान्दैन । सबैतिर उसैले हेर्नू पर्छ कसरी काम गर्न भ्याउने उसले ? के अरु पनि पि.आर. ओ. थप्न मिल्दैन ?
कुशल कार्की जुन धेरै समयदेखी हत्या अभियोगमा मृत्युदणडको सजाय सुनेर बसेका छन । दूतावासले आममाफीका लागि पहल गरेपनि कुनै सकारात्मक नतिजा निकाल्न सकेको छैन । केही पत्रकाले सुरुमा लेखे पनि अहिले सबै सजायँ कुरेर बसे जस्तो देखिन्छ ।
मुल्हक जेल, डिपोर्टेसन जेल उत्तिकै नेपालीले भरिएका छन । जेल जानको लागि बिदेश आको त कोहि पनि हुदैन तर भवितव्य, कामक्रोध, धनमोहले हुन पुग्ने दुष्कर्म र कोहिकोहि अवचेतनाका कारणले जेल परेका छन ।
अपराधीले सजाय पाउनु पर्छ । तर हामीले आफ्नो कर्तव्य पनि बिर्सनु हुँदैन ।
म आफु आवद्द संस्था सुदुर पच्छिम सेवा समाजले नयाँ वर्षको शुभकामना आदान-प्रदान मार्फत उठेको रकम जेल जीवन बिताउने लाई सहयोग गर्ने घोषणा गरेको छ । जे जति हुन्छ दूतावास मार्फत सहयोग पुर्याउनु पर्छ भन्दै शुभकर्म समाजले सुरु गरेको हो । त्यस्तै केही दैनिक जीवनमा प्रयोग हुने सामान कतार गेस्ट सेन्टरको माध्यमबाट पुरयाउने पहल भै रहेको छ । कतारमा स्थापित तथा संगठित संघ समाजले आपसी हातेमालो गरेर धेरै काम गर्न सकिन्छ ।
यो नयाँ बर्षको शुभकर्ममा पत्रकारीता मार्फत मेमनेपालडटकमले पनि आफ्नो क्षमताले भ्याएसम्म कर्तव्य निर्वाह गर्ने अठोट गरेको छ ।
आउनु होस हातेमालो गरौँ ! सबै मिली यो यो वर्षलाई वास्तविक अर्थमाश्रमिक हितैषी वर्षकोरुपमा अभियान बढाऔँ !
सबैको कल्याण होस ।
(लेखक: मेमनेपाल डटकमका रिपोर्टर हुन् ।)


Comments
Post a Comment