सामाजिक संजालमा उछालिएको चरित्र र मानवीय संवेदनशीलता

करीम/ कतार
सामाजिक संजालमा फेसबुक प्रयोगकर्ता  पूर्ण केसीले एउटा स्ट्याटस लेखे  '१५ दिनमा दुई पटक खाएपछि के होला हालत' अनि प्रतिक्रियाहरु आउन थाले बिस्तारै सामाजिक संजालमा कसैले कुटेको अनि कसैले कुटाई खाएको हल्लाले व्यापकता पायो।  उनको स्ट्याटसमा प्रतिक्रिया दिंदै फेसबुक प्रयोगकर्ता नरेश श्रेष्ठले लेखे 'खान चाहिं गतिलो मुक्का नै खाएको चर्चा छअर्का प्रयोगकर्ता तारा अधिकारीले 'संवेदनशील अंग मै प्रहार भएको' जानकारी प्रतिक्रिया मार्फत लेखे। अर्कोतिर टिबी कार्कीले लेखे 'बोकेको कुकुरले मृर्ग मार्दैन' अर्का फेसबुककर्ता दीपक लामिछानेले आफ्नो स्ट्याटसमा लेखे 'के आतंक मचिएकै हो त?' यी त भए केहि उदाहरणहरु मात्र कसैले लेखे हात्ती आतंक, सामाजिक संजाल मार्फत गत बुधवार कतारमा कोहि 'कुटिएको' चर्चा चल्यो। दिनभरी कतार क्षेत्रमा यो प्रसंगले यति व्यापकता पायो कि अधिकांश सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरुले कुनै न कुनै रुपमा यो प्रसंगमा आफ्नो भनाई राखे।
कतारमा नेपालीहरुको जमघट हुने प्रचलित पार्क मुन्तजामा समेत यस प्रसंगले प्रवेश पायोकेसीबाट शुरु भएको सन्दर्भसित जोडिएर भएका  अधिकांश क्रिया प्रतिक्रियाहरु कुटाई खाएका भनिएका व्यक्ति आवद्द संगठनमा आवद्द भएका कारण पार्कमा अनुमानका वहस चले  'लौ संगठनको आन्तरिक मामिला हातापाईसम्म पुगेछ' यस्तै वहसको प्रसंगसित जोडिएर मैलेपनि  एउटा स्ट्याटस लेखें  'कतारका एमाले निकट व्यक्तित्वविच आन्तरिक कुटाकुट भएको खबर 'भाइरल' भएको छ। कुरो कति सत्य कति असत्य प्रतिक्रिया आएपछि थाहा होला।' मेरो स्ट्याटसमा कुनै दललाई छोएर लेखिएपछि चर्चाले राजनैतिक मोड लिएछ। हल्ला,चर्चा र परिचर्चालाई आधार मानेर चलेको हल्लाको प्रतिनिधित्व गरेको मेरो स्ट्याटसले नेपथ्यमा राम्रै स्थान पाएको मैले महसुस तव गरें जब सम्वन्धित संगठनका अध्यक्षले मलाई फोन गरे भने अर्का एकजना मित्रले मलाई फोनबाटै धम्क्याउने प्रयाश गरे !
करीव चार लाख नेपाली कामदारले काम गर्ने थलोमा दिनहुँ झैँ झगडा होलान्, मारामिटीपनि होलान्, सबैको चर्चा परिचर्चा हुन्छ भन्नु छैन, तर जब कसैको चर्चा चल्छ सहज अनुमान लगाउन सकिन्छ त्यो व्यक्ति 'खास्सा' मा समाजमा भिजेको नै हुनुपर्दछ। होयस्तै भयो गत बुधबारे बहस र त्यसका विविध पक्षहरुमा, तर्क वितर्क कुटाई खाने र खुशी व्यक्त गर्ने यदि एउटै थलोका, छत वा घरका हुन्छन् भने बुझ्नेलेपनि त्यहि अनुसार बुझ्ने गर्छन। जे होस् हल्लाका विच चलेका चर्चालाई मैले आफ्नो स्ट्याटस मार्फत प्रतिनिधि आवाज बनाए वापत अलिकति बढी दवाब चैं आयो।
कस्तो धर्म संकट भने नि सम्वन्धित संगठनका प्रमुखले प्रश्नै राखी दिएपछि कि 'के कुटाई खाएको तिमीले देखेको हो?' हल्लाको चक्करमा आफु अनुत्तरित बन्दा पिडा हुँदो चैं रहेछ। तथापि हावा नचली पात पक्कै हल्लिन्न, आफूमाथि प्रश्नै आएपछि यथेष्ट उत्तर चैं मैले खोज्नै पर्न हुन्छ भन्ने सोचें। उता सामाजिक संजाल मै धेरै साथीले आन्तरिक रुपमापनि सोधे 'हजुरलाई त पक्कै थाहा छ कसले कसलाई....?' एकजना आदरणीय मित्रलाई मैले 'समय आएपछि थाहा पाउनु हुनेछ' दिएको उत्तरमा 'गोप्य पत्रकार' नै भनाई खानु पर्यो मलाई फोन मार्फत घटनाको जानकारी दिनेहरु पनि थिए फलानोले फलानोलाई.......तर फ्याट्ट नाम काडेर भन्दा ऊ 'पल्टी' खाइदियो भने मै बेवकुफ हुने खतरा; मोबाइलमा रेकर्डर राख्न छोडेकोपनि धेरै भएको अवस्था ! मलाई अब को कुटिएको वा कसले कुटाई खाएको भन्ने बारे प्रमाणित उत्तर तयारपनि गर्नु थियो अनि मपनि आफुमाथि आएको प्रश्नको उत्तर लिएर तयार रहनु पर्ने अवस्था, जसको लागि या पीडक वा फेरी पिडित मध्ये कसैले कम्तीमा दुई जनाको रोहवरमा कुरो फुस्कायो भने साक्षी राख्न त पाइन्छ भन्ने ध्याउन्नमा लागियो। र अन्तत: उत्तर प्रमाणित गर्न सफल भैयो। त्यसैले यो लेख लेख्ने आँटपनि आयो।
हुन त घटना घट्यो सकियो, किन सकिएको प्रसंगलाई कोट्याउनु भन्ने प्रश्नपनि आउन सक्छ। स्वाभाविक रुपमा झैँ झगडाको विषयलाई तूल दिनुपनि हुन्न, तर कसैको एउटा स्ट्याटसलाई अनावस्यक आपत्तिको रुपमा लिएर विभिन्न कोणबाट दवाव दिनेलाई त मैले केहि भन्नै पर्ने हुन्छ त्यसैले यो लेख लेखें।
लडाई झगडा, मारपिट अनि यस्ता घटना हामी र हाम्रो समाजमा घट्नु हुँदैन। यदि घटी हालेपनि त्यसलाई मजाक बनाउनु हुँदैन। कुनै प्रसंगमा कुनै सन्दर्भ बिग्रेपछि झगडा भयो, बलियोले कुट्यो निर्बलले कुटाई खायो भन्दैमा सामाजिक संजालमा खुशी व्यक्त गर्नेहरु, अंझ मानवीय समवेदना विपरित उभिएर चर्चा गर्नु त्यो भन्दा ठुलो कुरा आफ्नै घरभित्रको, आफन्तको घटनालाई उचालेर थेचार्नु अनि छिमेकीलाई औंला ठड्याउनेहरुलाई बताउन पनि लेख्नु आवस्यक लाग्यो।
घटनाप्रति मेरो खेद छ भन्दै मैले 'एमाले' भन्ने शव्द को प्रयोग किन गरें?  माथि उल्लेख गरिएका प्रयोगकर्ता (दीपक लामिछाने बाहेक) एमाले निकट प्रबासी नेपाली सम्पर्क मंचका स्थापित व्यक्तित्वहरु हुन् र कुटाई खाएका भनिएका व्यक्तिपनि सोही संगठनमा आवद्द प्रतिष्ठित व्यक्ति हुन्. आफ्नै घरका सदस्य कुटिंदा खुशी व्यक्त गर्दा भएको चर्चा र हल्ला, तर्क वितर्कमा व्यक्त कथनलाई मैले विषय उठान गर्दा प्रयोग भयो. न मेरो शव्दले ठोकुवा नै गरेको छ न मैले ठहर नै गरेको छु, मैले फगत:  यस्तो चर्चाले व्यापकता पायो मात्र भनेको छु। यसमा न राजनीतिक प्रतिशोधात्मक, न कसैको कुनै संगठनको गरिमामाथि प्रश्न उठेको छ। तर यदि आफु र आफ्नो संगठनमाथि अरुले टिप्पणी गर्न पाउन्न भन्ने मान्यताले धम्की र स्पष्टीकरण दिनु पर्ने हो भने के आफ्नो संगठन अनि आफ्नाको उछेतो काट्ने छुट सम्वन्धित संगठनको आन्तरिक परम्परा हो त? स्पष्ट पक्ष के हो भने छिमेकीले तवसम्म औंला ठड्याउन्न जबसम्म घरभित्रको भेद बाहिर देखिन्न।
मैले मेरो स्ट्याटसमा आशा व्यक्त गरे झैं अन्तत: सत्य कुरा भेटिएको छ। कुनै बिषयमा दुई पक्षविच भनाभन वा हानाहान परिस्थितिको  बाध्यात्मक अनुकुलता वा प्रतिकुलता जे भएपनि झै झगडाको तितो सत्य हातापाईपनि हो !  त्यो भयो  सक्नेले कुट्यो नसक्ने कुटियो पूर्ण जीले लेखे झैं १५ दिनमा दुई पटक पिटिनेको व्यंगात्मक प्रचार गरिनु पर्ने कारण थिएन, नत त्यसलाई मलजल गरेर आततायी मानसिकताको उजागर गर्नु पर्ने आवस्यकता नै थियो, बरु आइन्दा कोहि पटक पटक कुटिने परम्पराको अन्त्य हुनु पर्छ भन्ने तर्फ संस्थागत तथा मानवीय धर्मले काम गरिनु पर्ने थियो, र त्यसको संस्थागत प्रशिक्षण दिन सक्ने संगठनपनि बन्न सक्नु पर्ने थियो यदि यसो भएको भए आन्तरिक रुपमा भएको व्यक्तिगत वादविवादले चर्को प्रचारबाजी पाउने थिएन. यो कुरालाई संगठनका प्रमुखहरुले पनि बुझेर आफ्नालाई काबुमा राख्नु पर्ने कि कारण आधार र स्पष्टिकरण सोध्दै बजार घुम्ने ?
कतारमा सामाजिक क्षेत्रमा आफ्नो स्वभाविक पहिचान बनाएका एकजना व्यक्ति कुटिएका छन भने आफ्नै छुट्टै सामाजिक स्ट्याटस  बनाएर बसेकाले कुटेका छन्। विवादको प्रकृति जे भएपनि कुनैपनि हालतमा यसरी हातापाई गर्नु कुनैपनि  कोणबाट  जायज होइन। अँझ समाजमा बिछट्ट पहिचान बनाएर बसेकाहरुको कुट्ने र कुटिने कार्यमा लिप्तिनु बिल्कुलै ठीक होइन। यस्ता प्रकृतिलाई निरुत्साहित पार्नुको सट्टा मौका यहि हो भनेर कसैको चरित्रमाथि खेल्नेहरु झनै ठिक होइनन्

अन्त्यमा, १५ दिनका दौरान दुई पटक कुटिने पात्र र कुट्ने पात्रको व्यक्तिगत प्रतिष्ठालाई ख्याल गर्दै मेरो लेखमा दुवै पक्षको नाम उल्लेख गर्न असमर्थ भएँ

Comments