दाईजो भनेको दा “दान” ई “ईज्जत” जो“जोगाऔ ”
हाम्रो समुदायमा सदिऔ देखि चल्दै आइरहेको दाइजो प्रथालाइ एक विकृति मात्र नभएर सामाजिक अपराधको रुपमा पनि मानिन्छ । दाईजो प्रथाको चलन आजको हाईन यो त धेरै युग पहिला “त्रेता यूगमा” भारत को अयोध्याका राजा जनकले आफ्नो ज्वाँई लाई र समधी लाई स्वेच्छाले खुसीको दाइजो को नाममा सुन चाँदी, गहना, राजपाट, महल, अरारी, हाँथी्, घोडा, पैसा आदि इत्यादि प्रदान गर्नु भएका थिए भने भगवान श्री रामचन्द्र जी को पीता राजा दशरथ जी महाराजले राजा जनक जी खुसीले स्वीकार गर्नु
शैलेन्द्र त्रिपाठी
भएको थियो केवल दाईजो को रुपमा यति मात्र होइन राजा दशरथ जी महाराजले राजा जनक जी महारज सँग लिनु भएको दाईजो लाई स्वीकार गरी पुरै विश्व लाई देखाई सावित गरि दिनुभयो की दाईजो को अर्थ (दान, ईज्जत जोगाआौ) र त्यो बेला दाईजो लाई विकृती कुरीती अथवा समाजीक अपराध मानिन्दैनन्थ्यो । त्यो त्रेता युग थियो ।
तर त्यहि दाइजो प्रथा आज कलयुग मा आएर एक विकृती, कुरीती, कुसंस्कार तथा समाजीक अपराधका साथै एउटा ठुलो समाजीक समस्या को रुपमा परिणत भईसकेको अवस्था छ । दाइजोको नाममा मानव वेचविखन तथा ओसारपोसारको नयाँ रुप आज हाम्रो समुदायमा बढदै गईरहेको महिला हिंसा को प्रमुख कारण दाईजो प्रथा नै हो भन्ने सजिलै सकिन्छ ।
गर्मियामको कुरो हो म आफ्नो गाऊँ बाराको बरैनिया बाट सदरमुकाम कलैया गईरहेको थिएँ । बाटो मा फेंटा र जगतपुरको विचमा एउटा रमाईलो बगैचा छ । म साइकलमा भएको हुनाले म त्यही फुलवारीमा गर्मी ले गर्दा सुस्ताई रहेको थिएँ अचानक एउटी बुढी आईमाई त्यही आई पुगीन र रुखको छेऊ मुनी रुदै बसिन, म वहाँ लाई चिन्दिन र वहाँ ले पनि आफ्नो परिचय दिन चाहिन्न । मैले सोधे किन रुनु भएको यसरी? अनि वहाँ आफ्नो छोरी को ब्यथा रुदै भनिन् । वहाँ की छोरी को विवाह एउटा शिक्षित र पढेलेखेको युवक सँग भएको रहेछ । वहाँ कि ज्वाँईको परीवारहरुलाई समाजमा प्रतिष्ठित र ईज्तदार मानिन्छन ।
३ वर्ष पहिला छोरीको विवाह भयो, केटा पक्षले दाइजोको नाममा २ लाख नगद, १ थान मोटरसाइकल तथा अन्य समानहरु माँग गरेका तर केटी पक्षले आफ्नो खेत र गरगहना वेचेर सवै सम्मानहरु चुक्ता गरिदिएका रहेछन् भने मोटर साईक दिएका रहेनछन । तथा साही मोटर साईकल ज्वाँईले नपाएको कारण श्रीमतीलाई बारम्बार कुटपीट गरी रहेन शारीरीक तथा मानसिक याताना दिईरहेने जस्ता क्रियाकलापहरु गरीरहने तथा माईती पक्ष सँग मोटर साईकल ज्वाँईलाई दिने क्षमता नभएकोले दुबै समस्या पोखिन ती आईमाइले अब तुलना गरौ त्रेतायुग द्धापर युग, सतयुगको दाइजो प्रथा र कलयुग को दाईजो प्रथामा ।
दाईजो प्रथाको अन्त्य गरी सम्मुनत समाज र राष्ट्रको निर्माण गर्न प्रायः जसो आ आफ्नो स्थान बाट हाम्रो समाज का सरोकारवालाहरु विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरु, बुधिजिवी, कर्मचारी, शिक्षक वर्ग, वकिल पेशाकर्मी उद्योगी व्यापारी संचार कर्मी मित्रहरु आदिले सक्रिय भुमिका निर्वाह गरीरहेकै छन् । तर पनि दाईजो प्रथा दिन प्रति दिन घटनु को सद्दा बढदै गईरहेको अवस्था छ । मेरो विचारमा यसको मुख्य कारण पुरुषहरुमा रहेको पितृसतात्मक सोच नै हुन सक्छ ।
कारण दाइजो प्रथाको अन्त्यका लागी उपरोक्त सम्पुर्ण सरोकारवालाहरु सक्रिय रहेता पनि आफ्नो सोचमा र विचारमा परिवर्तन भएको छैन् । परिवतर्न सम्भव छ तर शुरुवात आफै स्वयंवाट गर्नु पर्दछ भन्ने कुर सरोकार वाला बुझ्नु पर्दछ । दाईजो लिनु पर्छ भने सोच राखेका पुरुषको आफ्नै श्रीमतीले पनि होईन दाइजो लिनु पर्दैन भनेर विरोध गरीनुको सट्टा हामी महिला हौ आफ्नो श्रीमानको मुख लाग्नु हुदैन पुरुष कुरा काट्नु हुन्न भने अहिले पनि धेरै छ मान्यताहरु दाइजो प्रथा अन्त्य गर्नका लागि शुरुवात गर्नु पर्दछ । केवल समाजका अगुवाहरु ज्स्तै शीक्षक , वकिल र बरिष्टहरु नै बाट कारण यीनीहरुले नै आफ्नो छोरा छोरीको विहेमा सव भन्दा बढी दाईजो लिने र दिने गर्दछन् ।
यसका साथै दाईजो प्रथाको अन्त्य गर्नका लागि यूवा वर्गले यसमा सब भन्दा वढी मुख्य भुमिका खेल्नु पर्दछ र दाइजो विरुद्धका विभिन्न कार्यक्रमहरु सरकार तथा विभिन्न संघसंस्थाहरुले निरन्तर रुपमा संचालन गरी समुदायमा जनचेतना फैलाउनु पर्ने आवश्यक देखिन्छ ।
स्मरण रहोस् । छोरा छोरी भनेको आफ्नै सन्तान हो । यदि कोही कसले आफ्नो सन्तान लाई दाइजो दिन्छ भने दाईजो लिने पक्षले पनि उक्त दाईजो को कदर गरी सम्मान गरे मात्र स्वीकार्य गर्नु उचित हुन्छ । कारण दाईजो भनेकै अरुले आफनो सवेच्छावाट दिएको “दान, ईज्जत जोगाऔ” हो ।
साथै दाईजो प्रथाबाट महिला हिंसाको अन्त्य गर्नका लागी सर्वोतम उपाय, अभिभावक ले दाईजो को सट्टा आफ्नो सम्मपती को अँश नै प्रदान गरौ । अर्थात यदि अभिभावक सँग १ छोरो र १ छोरी छ र आफु सँग यदि १०० रुपैया बरावर को सम्पति छ भन्ने त्यही १०० रु को सम्पत्ति बाट वरु पाँच रुपैया नै होस अँश सम्झेर छोरीलाई दिने तथा ९५ रुपैया आफ्नो छोरालाई अंश सम्झेर दिने गरेमा पनि यस समाज बाट दाईजो प्रथाको अन्त्य अवश्य एक दिन सम्भव छ । तसर्थ दाईजो प्रथा अन्त्य गर्न का लागि आजै देखि उठौ र आफ्नो विचार सोच र व्यवहारमा परिवर्तन गरौँ ।


Comments
Post a Comment