नेपाललाई सती को होइन मधेस को श्राप लागेको छ…डा. मुकेश झा

भनिन्छ निर्धा को श्राप बाट भगवन पनि डराउं छन। बिना कारण कसैलाई गाली समेत गर्नु हुन्न। “मन मा पनि कसैको बारे कुभलो चिताउनु ले जन्मौ जन्म सम्म को पूण्य लाई नाश गर्छ”,  भन्ने मान्यता रहेको हिन्दू बाहुल्य देश मा दिनहुँ मान्छे को हत्या हुँदा त्यस देश को अवस्था कस्तो होला?  हत्या पनि कस्तो व्यक्ति को? निरपराध, अबोध, महिला, बालिका र बृद्ध को। हत्या पनि कसरी? टाउको , छाती मा घेरा हालेर अत्यंत क्रूर र नृसंस तवर ले। हत्या के को लागि? बिगत मा गरेको समझौता पालन गर भन्ने आवाज मधेसी ले उठाएको ले।
हुन त नेपाली सत्ताको शुरुवात नै क्रूरता बाट भएको हो। शुरुवात यदि पृथ्वी नारायण शाह बाट लिने हो भने त्यो पनि क्रूरता ले भरेको थियो र अन्त्य पनि क्रूरता पुर्वक नै भएको हो यदि अंतिम राजा वीरेन्द्र र युवराज दीपेन्द्र लाई लिने हो भने। नेपाल क्रूरहरु को नै हाली मुहाली रहेको देश हो चाहे त्यो शाह काल होस् या राणा काल।
यस देश लाई सती ले सरापेको देश भनिन्छ। तर यस देश लाई सती भन्दा पनि बढ़ी मधेसी को श्राप लागेको छ। त्यस्ता गरीब मधेसी किसानको जसको उब्जनि राणा लग्दथे, यस्ता गरीब किसानको जसलाई बंधुवा मजदूर बनाइन्थ्यो, यस्ता गरीब मधेसीको जसको खेत बाड़ी बाढ़ि ले बगाउदा समेत राज्य बाट कहिल्यै केही क्षति पूर्ति पाईएन, यस्ता दूधे बालक को जसका बाबू हरुलाई समय समय मा राज्य आतंक ले ज्यान लियो। नेपाल लाई श्राप लागेको छ यस्ता असहाय बृद्ध को जसको जवान छोरा लाई राज्य ले अपहरण गरी हत्या गरेको छ। यस्ता दुःखी आमा को श्राप लागेको छ जसका निरपराध छोरा वर्षों देखि राज्य द्वारा मात्र शंका को नाम मा काल कोठरी मा थुनिएको छ। नेपाल लाई श्राप लागेको छ ती सबैको जसलाई कानून ले न्याय दिनु को सट्टा शोषण गरेको छ। नेपाल लाई श्राप लागेको छ त्यस्ता महिला को जसलाई प्रहारी ले सुरक्षा दिनु को सट्टा बलात्कार गरेको छ।
यति हुँदा हुँदै पनि नेपाली सत्ता ले आफूमा कुनै सुधार ल्याएको छैन। सत्ता मा एक चोटी पुगेको मान्छे आफु लाई सर्वोपरी र जनता लाई झींगा माखा हेर्न थाल्छन। खास गरी नेपाली सत्ता को उचाई मा मधेस को टाउको मा ठेकेर पुग्ने र त्यो टाउको अलिकति जुरमुराउन खोजे त्यसलाई ठोक्ने परम्परा नै बसेको नेपाल को इतिहास हेर्दा प्रष्ट हुन्छ। धेरै 

मधेसी जनता अझै रुवाए नेपालको सर्वनाश हुने

पहिलेको इतिहास होइन बिगत पहिलो संबिधान सभा को  चुनाव देखि हाल भएको नवलपुर घटना यसका साक्षी हुन। नेपाल का ठुला पार्टी का सबै शीर्ष नेता लगभग मधेस कै मत लिएर सत्ता मा पुगेका छन् तर मधेसी लाई आफ्नो जन्मजात दुश्मन मान्ने मानसिकता बाट निस्किन सकेका छैनन्। मधेसी लाई के अधिकार दिएको छैन भनेर प्रति प्रश्न गर्छन्। अधिकार को कुरा र अपनत्व को कुरा अलग अलग हुन। जहाँ अपनत्व हुदैन त्यहाँ अधिकार लिएर पनि सँगै बसिदैन तर जहाँ अपनत्व हुन्छ त्यहाँ अधिकार को कुरै उठ्दैन। कुन छोरा ले बाउ संग संपत्ति को अधिकार खोज्छ? जुन छोरा ले परिवार मा अपनत्व पाउदैन। कुन भाई आफ्नो साखै दाजु संग बस्न मान्दैन? जुन भाई ले दाई बाट अपनत्व पाउदैन। हो , मधेसी ले अधिकार खोज्यो, किन भने उसले नेपाल मा अपनत्व पाएन। राज्य बाट सँधै सौता को ब्यवहार गरियो, गुलाम झैँ राखियो र अब आएर अधिकार खोज्दा निरपराध लाई बीच बाटो मा घेरा हाली टाउको मा गोली ठोकियो।
नेपाल ले भनोस कि मधेस कुन परिवर्तन को समय मा नेपाल को साथ छैन? कुन मोहरा मा पहाड़ को भन्दा मधेस को योगदान मा कमी छ? तर समानता को कुरा, समबेशि को कुरा गर्दा गोली हानिन्छ। नेपाल सरकार को पाप को घैटो भरी सकेको छ। अब पनि यदि नेपाल चेतेन भने निश्चित नै यसको सर्वनाश हुने छ।
जनता लाई रुवाउने जुन सुकै सत्ता होस् शासन होस् या देश होस् त्यसको सर्वनाश भएकै छ। चाहे त्यो अंग्रेज़ को सत्ता होस् या हिटलर को, चाहे त्यो नेपोलियन होस् या एलेग्जेंडर सबै को पतन भएको छ। जनता रुवाउने कतिपय यस्ता देश छन जसको अब नाम निशान पनि छैन। तसर्थ सत्ता को मद मा जनता लाई रुवाउने राज्य को कहिल्यै भलो हुँदैन जसको उदहारण स्वयं नेपाल नै छ। आज यसको यो बिजोग जनता रुवायेर नै भएको छ। अब पनि यही क्रम जारी रहने हो भने के होला भन्न सकिन्न।

Comments