सिरहाको मिर्चैयामा बामगठबन्धनको कार्यालयमा बम बिस्फोट

सिरहा, ८ मंसिर । सिरहाको मिर्चैयामा बाम गठबन्धन क्षेत्र नं. ४ को चुनावी सम्पर्क कार्यालयमा आज ३ः४५ बजेको समयमा बम बिस्फोट भएको छ । 
बम बिस्फोटबाट कुनै किसिमको भौतिक तथा मानविय क्षति नभएको साथै बिस्फोट भएको ठाउँमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समुह)का पर्चा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गजुसिद्धी बज्राचार्यले बताएका छन् ।

सिरहाको धनगढीमाई न.पा. वडा नं.७ फुलकहामा आज संघिय समाजवादी फोरम पाटीको गाडीमा कुकर बम फेला परेको छ 
फुलकहा गाँउमा घरदैलो गर्नेक्रममा अज्ञात समूहद्वारा संघिय समाजवादी पाटीको बा.३च.७६६१ नं. टाटा समो गाडीको पछाडीमा कालो झोलामा रहेको अवस्थामा दिउसौ परेसर कुकर बम फेला परेको ईलाका प्रहरी कार्यालय गोलवजारले जनाएका छन् ।
प्रहरीका अनुसार कार्यकर्ताहरु खाना खान गएको बेला मौका छोपी अज्ञात समूहले सो गाडीमा बम राखेको हुन सक्ने बताए र घटनाबारे थप अनुसंन्धान भईरहेको बताए ।

यसैगरी सिरहाको मिर्चैया नगरपालिका वडा नं.५ स्थित थाना चोकमा बाम गठबन्धनका संयुक्त पार्टी कार्यालयमा आज (शुक्रबार) अज्ञात समुहद्वारा बम बिस्फोट भएको छ । सिरहा निर्वाचन क्षेत्र नं ४ का बाम गठबन्धनका संयुक्त पार्टी कार्यालयमा अज्ञात समुहले बम बिस्फोट गराएका छन् । शुक्रबार बेलुका करिब ४ बजे बाम गठबन्धनका पार्टी कार्यालयमा बम बिस्फोट भएको र बिस्फोटबाट कुनै पनि मानविय क्षती नभएको तर पार्टी कार्यालयको घरमा भने सामन्य क्षती भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्वि बज्राचार्यले बताउनुभयो । घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको र बम बिस्फोट गर्ने समुहको खोजीकार्य तिब्र पारेको प्रहरी प्रमुख बज्राचार्यले जनाएका छन् ।

Comments