रमजान विशेष: विपन्न परिवारलाई इस्लामी संघको खाधान्न वितरण

नेपालगंज, २७ जेष्ठ । मुस्लिम समूदायको पवित्र महिना रमजानका अवसरमा आर्थिक रुपमा अतिविपन्न ४५० जना  परिवारलाई खाद्यान्न गरिएको छ ।

'डियाना तुर्की' को आर्थिक सहयोग र इस्लामी संघ नेपाल बाँके शाखाको सझेदरीमा प्रति परिवार ५ हजार बराबरको खाद्यान्न वितरण गरेको इस्लामी संघका अञ्चल संयोजक उबेदुर रहमान खानले बताए। 
राहतको खाद्यान्न लिन आएकी एक बृद्ध महिलाले आँखाबाट आसु झर्दै भनिन 'रमजानको रोजामा मागेर ल्याए पछि मात्र रोजा खोल्न सकिन्थ्यो, तर अहिले इस्लामी संघले  प्रदान गरेको सहयोगले जीवनभरीको ऋणी बनायो' भन्दै उनले भविष्यमापनि हामीजस्ता गरिबहरुलाई सहयोग गरी रहन आग्रह गरिन्। 

एक महिनासम्म चल्ने  रमजान गत जेष्ठ २५ गतेबाट सुरु भएको छ । त्यस अवसरमा खानलाउन नपाएका अति गरीब मुस्लिम समुदायलाई चामल, पिठो, तेल, सेवई, दाल, चिनी, नुन, चना लगायतका खाद्यान्न उपलब्ध गराईएको हो। 

रमजानको महिनामा आफ्नो सम्पत्तिको ढाई प्रतिशत सम्पत्ति    विपन्न  परिवारलाई दान दिनु पर्ने अनिवार्यता इस्लामले गरेको छ। त्यसैका आधारमा यो कार्यक्रम गरिएको हो ।

रमजान मुस्लिमहरुको सबै भन्दा पबित्र महिना रहेकोले यस अवसरमा दान गर्नु ठुलो पुन्यको काम भएको खानले बताए। 

रमजान महिनाभर सुर्योदय पुर्वदेखि सुर्यास्तसम्म निरहार र निर्जल कठोर ब्रत बस्नु पर्ने नियम छ । 
विपन्न परिवारका मानिसहरु रोजाको हालतमा मिहिनेत मजदुरी गर्न असमर्थ हुने र मिहिनेत नगरी साँझ बिहानको  छाक टार्न गाह्रो हुने हुँदा पवित्र महिना रमजानको रोजामा गरीव तथा विपन्न परिवारलाई  निस्वार्थ भावनाले सहयोग 
गर्नु सबैको कर्तव्य हो। 
बिहीवार एक कार्यक्रमका विच वितरण गरिएको सहयोग स्वरुप खाद्यान्न पाएका बेतहानीका इन्सान अली साई निकै खुशी मुद्रामा देखिए। उनले भने 'रमजानमा समेत मीठो कुरा खान पाएका थिएनौ, पाएका खाद्यान्नलाई परिवारसंग मिलेर खानेछौँ। उनले बिपन्नलाई खाद्यान्न बितरण गर्ने संस्था र व्यक्तिहरुलाई अल्लाहले बरकत दिनेछन् भन्दै कामना गरे। 

यस्तै इस्लामी संघ नेपालले बाँकेका करीव १४०० परिवारलाई खाद्यान्न वितरण गर्ने लक्ष्य लिएको जनाएको छ । इस्लामी संघ नेपालले विगतका वर्षहरुदेखि नै रमजान महिनामा गरिबहरुलाई खाद्यान्न वितरण गर्दै आई रहेको छ ।



प्रकाशित मिति: २७ जेष्ठ २०७३




Comments