कतार: हिमालय एयरलाईन्सको कन्ट्री म्यानेजरको स्पष्टोक्ति
मेमनेपाल,
कतार। हिमालय एयरलाईन्स गत जुन १ गते देखि काठमाण्डुबाट बाट दोहा सप्ताहको ३ पटक उडान भर्ने नीतिगत रुपमा सम्झौता भए अनुसार सञ्चालनमा ल्याएका थियौं । सेड्युल अनुरुप यसले आफ्नो नियमित उडान भर्दै आएको पनि थियो । अन्य वायुसेवा सरहको सेवा सुविधा र पुर्ण नेपाली व्यवस्थापनबाट सञ्चालित हिमालय एयरलाइन्स प्रति सेवा लिन चाहनेहरुको माग बढ्दै गए पछि हाम्रो व्यवस्थापनको पूर्व नीति अनुरुप यसलार्ई नियमित उडान भर्ने तयारीमा जुटिरहेको थियो ।
यस अघि नै १५ जुनबाट नियमित उडान भर्ने तयारीमा रहेको हिमालय एयरलाईन्सको काठमाण्डौं स्थित टिकट विक्रिको जिम्मा ३ वटा ट्राभल एजेन्सीलाई दिएका थियौं । ट्राभल एजेन्सीलाई नियमित उडानको लागि टिकट १५ जुनबाट नियमित टिकट विक्री गरिनुले यो समस्या सिर्जना भएको हो, जुन यात्रुवर्गहरुको लागि कष्टकर बन्न पुग्यो । नियमित उडानको पूर्व संकेतलाई ट्राभल एजेन्सीले हिमालय एयरलाईन्स संग सम्पर्क नगरी १५ जुनको टिकट विक्री गरिनुमा भूल भएको हो । यसको लागि व्यवस्थापन पक्षले आफ्नो कमजोरी सम्झेको छ ।
हिजो जुन १५ तारिख काठमाडौंबाट साँझ हिमालय एयरलाईन्सको दोहा उडान नभएको हुनाले हिमालय एयरलाईन्सका कुनै पनि कर्मचारीहरु विमानस्थलमा नहुनुले जहाजका यात्रुहरुले आज उडान हो कि होइन ? किन के कारणले उडान हुन सकने भनेर जहाजको उडानको बारेमा जानकारी लिन नपाउँदा अर्को सकस बेहोर्नुपरेको कुरा हामी स्वीकार्छौं । भर्खरै मात्र सन्चालनमा ल्याईएको पुर्ण नेपाली व्यवस्थापनमा सञ्चालित सेवामा केहि त्रुटिहरु हुन्छन् र भएकै हुन् । यात्रुहरुले झेल्नुपरेको कष्ट प्रति सम्पुर्ण यात्रुहरु प्रति सेवा प्रदायकको तर्फबाट हामी दुव व्यक्त गर्दछौं । सेवालाई चुस्त राख्न हर तरहबाट भरमग्दुर प्रयास गर्दागर्दै पनि व्यवास्थाकीय कमजोरी हुन पुगेको विषयमा सम्पुर्ण देश विदेशमा रहनुहुने नेपाली दाजुभाईहरुले बुझिदिनुहुनेछ भन्ने आशा लिएको छु ।
यहाँहरुको सुझाव सल्लाह र सुविधाप्रति जिम्मेवार बन्दै यात्रुहरुको यात्रालाई सम्मानका साथ मृदु व्यवहार र चुस्त सेवा दिन हिमालय एयरलाईन्स भोलिको दिनमा चुक्नेछैन भनेर विश्वाश दिलाउन चाहन्छौं । शिघ्रातीशिघ्र यसका उडान तालिकाका मिती समय र सेवा सुविधाका लागि यहाँहरुको जानकारी र सुविधाको लागि अनलाईन पत्रिका, छापा पत्रिका मार्फत जानकारी प्रदान गरेर यहाँहरुको यात्रा सहज, झन्झटरहित सुविधायुक्त बनाउने तयारीमा रहेको पनि जानकारी गराउनेछौं ।
देशको प्रतिष्ठा बोकेर यहाँहरु समक्ष सेवा दिने तयारीको साथ आएको हिमालय एयरलाईन्सले भोलिका दिनमा यहाँहरुको गुनासोलाई मनन गर्दै उच्च सेवा दिन तयार छौं । नेपाली वायुसेवाको उडानलाई यहाँहरुले सदैव माया गरी सेवा र साथ दिनुहुनेछ भन्दै व्यवस्थापकीय त्रुटिले यहाँहरुलाई पुग्न गएको अप्ठ्ष्यारो प्रति हामी धेरै दुखी छौं ।
धिरज तामाङ (कन्ट्री म्यानेजर)
हिमालय एयरलाईन्स
दोहा कतार ।
प्रकाशित मिति: ३ आषाढ़ २०७३

Comments
Post a Comment