रमजान विशेष: विश्वभर रोजा २१ घण्टादेखि १० घण्टासम्म
करिम,
इस्लाम धर्ममा विशेष महत्व राख्ने महिना रमजान शुरु भएसँगै विश्वभरका मुस्लिम समुदायले गत वर्षको तुलनामा यो वर्ष लामो अवधिको रोजा बसेका छन्।
चन्द्रमा वर्षको चक्रमा आधारित हिजरी सम्वतको नवौं महिनाको रुपमा रहेको रमजानमा पुरै एक महिना सुर्योदय पूर्वदेखि सुर्यास्तभित्रको अवधि भोकै बसिने प्रचलन मुस्लिम जगतमा रहँदै आएको छ।
सुर्य वर्षभन्दा १० वा ११ दिनले कम हुने हिजरी संवतको एकवर्ष ३५५ वा ५६ दिनको हुने गर्दछ। त्यसैले पनि इस्लाम धर्मका पर्वहरु प्रत्येक ऋतु र मौसममा आउने गर्दछन्।
यसपटकको 'रोजा' सबैभन्दा लामो डेनमार्कमा २१ घन्टाको छ भने सबैभन्दा कम अर्जेन्टिना र अस्ट्रेलियामा १० घन्टामा केही बढी रहेको छ।
नेपाल लगायत भारत पाकिस्तान बंगलादेशमा १५ देखि १६ घन्टाको बिचमा छ भने खाडीमा करीव साढे पन्ध्र घन्टाको विचमा रोजा रहेको छ।
इस्लाम धर्मको पाँच आधार स्तम्भ मध्ये एक रहेको रमजानको 'रोजा' अनिवार्य व्रत हो।
www.memnepal.com/2016/06/335
प्रकाशित मिति: २७ जेष्ठ २०७३

Comments
Post a Comment