कतार: जनप्रगतिशील मञ्चको श्रमिकलाई साथि बनाउने अभियान

मेमनेपाल,
कतार। नेपाली जनप्रगतिशिल मञ्च कतारले श्रमिकलाई साथी बनाउने अभियान थाल्ने भएको छ। गत हप्ता मन्चको तेस्रो पुर्ण बैठकले उक्त निर्णय गरेको हो।
'हाम्रो अभियान संगठन सुढृढिकरण तथा बिस्तार, अब मजदुरको साथी नेपाली जनप्रगतिसिल मञ्च कतार' भन्ने  नारा सहित श्रमिकमुखी अभियान थालिने मन्चका सूचना तथा सञ्चार बिभाग प्रमुख होम बस्नेतले जानकारी दिएका छन्।

मन्चले निर्णय गरेको अभियानलाई सार्थक बनाउन र उचाइमा पुर्याउन सबै तहका सगठनमा आबद्ध सदस्यहरुले पहलकदमी लिने र विभिन्न क्षेत्रमा अन्तरक्रिया कार्यक्रम गर्दै मजदुरहरुको बिचमा सगठनलाइ स्थापित गर्दै मजदुरको साथी बन्ने तत्कालीन कार्यनीति पारित गरिएको छ बस्नेतले बताए।
पार्टी एकता प्रक्रियामा केन्द्रमा माओवादी घटकहरुको एकता भएसँगै प्रबासमापनि एकता प्रयास थाल्ने लगायतका निर्णय गरिएको समेत बस्नेतले बताए।
साथै हालसालै नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्यमा मनोनीत भएका मन्चका अध्यक्ष समेत रहेका शनी कुमार ओलीलाई बधाई तथा केन्द्रको निर्णयलाई स्वागत गरिएको उनले जानकारी दिए।
उक्त अवसरमा मञ्चका प्रमुख सल्लाहकार होमनाथ शर्मा, वरिष्ठ सल्लाहकार रमेश भट्ट, सल्लाहकारहरु दिपेन्द्र ढकाल,प्रेम बिक,टिकाराम भण्डारी सूचना तथा सञ्चार बिभाग प्रमुख होम बहादुर बस्नेत तथा मञ्चका सम्पुर्ण पदाधिकारीका तर्फबाट बधाई तथा शुभकामना  ब्यक्त गरिएको थियो।

प्रकाशित मिति: ३ आषाढ़ २०७३

Comments