थर्ड एलायन्सद्धारा देशबासीको नाममा रमजान महिनाको शुभकामना व्यक्त
बाँके,२४ जेष्ठ । मुसलमान समुदायको महान पर्व रमजान पर्व भोली मंगलबार जेष्ठ २५ गतेदेखी शुरु हुदैछ । एक महिनासम्म चल्ने रमजानमा मुसलमान धर्मावलम्बीहरुले उपवास बस्ने गर्दछन । जसलाई ‘रोजा’ भनिन्छ ।
मगलबारबाट सुरु हुने रोजाको तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)ले मुस्लिमहरुको पवित्र महिना रमजानका अवसरमा सम्पूर्ण देशवासी र मुस्लिमहरुमा शुभकामना व्यक्त गरेको छ । रमजानको अवसरमा थर्ड एलायन्सले मानव अधिकार संरक्षण र सम्बद्र्धनका लागि सदा झैं सक्रिय र क्रियाशील रहीरहने उप क्षेत्रीय संयोजक आलम खानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पवित्र यो पर्वमा मुस्लिम तथा गैर मुस्लिम सुमदायप्रति सुख, सुस्वास्थ्य, शान्तिको कामना गर्दछौ खानले जारी गरेको विज्ञप्तीमा भनिएको छ । देशमा मानव अधिकार संरक्षणको कार्य चुनौतीपूर्ण रहिरहेको वर्तमान सन्र्दभमा मानव अधिकारका क्षेत्रमा क्रियाशील सम्पूर्ण संघ, संस्था, मानव अधिकार प्रतिरक्षकहरु र नागरिक समाज समेत थप सक्रिय भई मानव अधिकार वहालीका पक्षमा वकालत बढाउनुपर्ने आवश्यकता देखिएको विज्ञप्तिमा भनिएको छ ।
हिंसा र अशान्तिको वातावरणमा मानव अधिकारको निर्वाध उपभोग हुन नसक्ने हुदा दिगो शान्तिको लागि उपयुक्त वातावरण बनाउनु पर्ने भएकोले सबैले आ–आफनो क्षेत्रबाट सहयोग गर्नु पर्ने विज्ञप्तिमा उल्लेख छ । इस्लामिक क्यालेण्डर अनुसार नौ महिनाको नाम नै रमजान हो । मुस्लिमहरु यो रमजान महिनालाई पर्वका रुपमा मनाउने गर्दछन् ।

Comments
Post a Comment