शिक्षा र पुर्ननिर्माणमा सहयोग गर्न कतारका गोर्खालीद्धारा २८ लाखको अक्षयकोष

गणेश बन्जाडे-घनश्याम पराजुली, दोहा । शिक्षाको अवसरबाट बन्चीत अनाथ असहाय बालबालिकाहरुको शैक्षिक कार्यमा सहयोग पुर्याउने । प्राकृतिक दैविक प्रकोपबाट क्षतीग्रस्त सामाजिक भौतिक संरचनाको पुर्ननिर्माणमा सहगोग गर्ने उद्धेश्यका साथ पछिल्लो समयमा खटिरहेको गोरखा सेवा समाज कतारले अनन्तः रु २८ लाख बराबरको अक्षयकोषको स्थापना गर्ने भएको छ ।
‘तन ,मन, वचन र कर्मले सेवा गरौ’ भन्ने मुल नाराका साथ सन् २००३ मा कतारमा स्थापना भएको यस संस्थाले आफ्नो नारालाई काम गरेर सावित गरेको हो । सानो योजनाका साथ अक्षयकोष सहयोग संकलनमा जुटेको संस्थाले जिल्लामा रु २८ लाखको अक्षयकोषको स्थापना गर्ने पक्कापकी गरेको छ । अहिलेसम्म २८ लाख संकलन भईसकेको छ भने अझै अक्षयकोषको रकम थपिने बताईएको छ ।
गत शुक्रबार एसियाना टाउनमा अक्षयकोषका लागी सहयोग गर्ने सहयोगीहरुलाई संस्थाले सम्मान समेत गरेको छ । गोरखा सेवा समाज कतारका अध्यक्ष सुर्दशन भट्टको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रमको प्रमुख अतिथीमा गैर आवासीय नेपाली संघ , अन्तराष्ट्रिय सम्वन्य परिषदका उपाध्यक्ष कुमार पन्त  रहेका थिए । गोरखा फुजेलका उनी आफ्नै जिल्ला संस्थाले आयोजना गरेको कार्यक्रममा जर्मनीबाट विहिबार कतार आएका हुन । कार्यक्रममा बोल्दै पन्तले विदेशमा बसेर पनी संस्थाले आफ्नै जिल्ला गोरखाको लागी सहयोग जुटाएकोमा खुसी प्रकट गरे । भुकम्पको मारमा परेको गोरखा जिल्ला धेरै कुराहरुबाट बन्चित भईरहेको अवस्थामा कतारको सहयोग अमुल्य रहने उनको भनाई थियो । विदेशमा रोजगारमा आउने नेपालीहरुलाई अव आफ्नै देशका लागी काम गर्ने वातावरणको खोजी हुनु जरुरी रहेको बताए । उनले कार्यक्रममा रु ५ लाख सहयोगको घोषणा गरेका थिए । एनआरएनएको सन्र्दभका बोल्दै उनले संस्थागत रुपमा नेपाल सरकारलाई बैदेशिक रोजगारमा जाने कामदारहरुको विषयमा घच्घचाही रहेको बताए ।

प्रवासको ठाउँमा रहेर गोर्खाली युवाहरुको अथक प्रायसमा स्थापना गर्न लागीएको अक्षयकोषका सहयोगीहरुको सम्मान कार्यक्रममा गोरखा सेवा समाज नेपालका अध्यक्ष कैलाशबाबु श्रेष्ठको समेत उपस्थिती रहेको थियो । विशेष अतिथी श्रेष्ठले विदेशमा रहेर पनी स्वदेशी भुमीको सहयोगमा जुटिरहेका गोर्खालीहरुलाई धन्यवाद दिए । नेपालमा पारदर्षी रुपबाट यो अक्षयकोष सम्बन्धी ठाउँमा उपयोग गर्ने उनले बताए । कार्यक्रममा सबै देशका गोर्खालीहरुलाई एकजुट हुदै सामाजिक काममा अग्रसर रहन उनले आग्रह गरे ।

दिप प्रज्वलन र राष्ट्रिय गानसँगै उद्घाटन गरिएको कार्यक्रममा गतसालको बैशाखमा भुकम्पमा परि ज्यान गुमाएका साथै कतारमा कामको शिलशिलामा ज्यान गुमाएका नेपालीहरुको सम्झनामा एक मिनेट मौन धारणा गरिएको थियो । संस्थाका उपाध्यक्ष राकेश श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई महासचिव राजेश्वर ढकालले सन्चालन गरेका हुन । अक्षयकोष स्थापनाका लागी रु  ५ हजार देखी १० हजार सम्म सहयोग गर्ने सहयोगीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । त्यस्तै रु १० हजार  एक देखी २५ हजारसम्म सहयोग गर्नेलाई सम्मानपत्र , रु २५ हजार एक देखी ५० हजार सहयोग गर्नेलाई ताम्रापत्रद्धारा साथै र रु ५० हजार एक देखी माथी सहयोग गर्ने सहयोगीहरुलाई ताम्रापत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रमसँगै सांगितिक प्रस्तुतीले कार्यक्रममा रौनक थपेको थियो । किरण लामा, जगत चुनारो, अजय श्रेष्ठ र सिजा राईले नृत्य प्रस्तुत गरेका थिए । राज लामा र शेभा साहनीको युगल नृत्य र टौमाया गुरुङ्गले एकल नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमा अंकित परियार , सन्तोष बन्जारा र सिमु गुरुङ्गले सांगीतीक प्रस्तुती राखेका थिए । कार्यक्रमको विशेष अतिथीहरुमा संस्थाका संरक्षक बद्रि प्रसाद पाण्डे र बुधबल गुरुङ्ग , नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश प्रसाद बन्जाडे , पुर्व अध्यक्षहरु आश बहादुर गुरुङ्ग र श्रीकृष्ण भट्टराई , एनआरएनए गल्फ उपसंयोजक उमेश अधिकारी , आईसीसी सदस्यहरु बिनोद भट्टराई , हंसराज ढकाल र आरके शर्मा , एनआरएनए एनसीसी कतारका अध्यक्ष बिनेश तामाङ्ग लगायत कतारमा स्थापित विभिन्न राजनैतिक तथा सामाजिक संघसंस्था प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको समापन गर्दै सभापती भट्टले विभिन्न समस्याका बाबजुत अक्षयकोष स्थापना गर्नका लागी सहयोग गर्ने सम्पुर्णमा धन्यवाद दिए ।

Comments