रमजान विशेष: चीनमा मुस्लिममाथि रोज़ा प्रतिवन्ध

एजेन्सी-
रमजान महिनाको शुरुवातसँगै चीन सरकारले शिनजियांग प्रांतका मुस्लिमहरुमाथि रोजा राख्न प्रतिबन्ध लगाएको छ।
यो प्रतिबन्ध सरकारी अधिकारी, बिधार्थीहरु र बालबालिका माथि लगाइएको हो।
साथै रमजानको महीनामा त्यहाँका सबै रेस्टुरेन्टहरु खुला राख्न समेत सरकारी  आदेश जारी गरिएको छ। उक्त आदेश चीनको सरकारी वेबसाइटमा जारी गरिएको छ।

पछील्लो केही वर्षदेखि चीनी सरकारले  सरकारी कर्मचारी, बालबालिकामाथि रोजा राख्न प्रतिबंध लगाउँदै आई रहेको छ।
शिनजियांगमा मात्र मुस्लिमहरुको जनसंख्या करीब एक करोड़ छ। र यसमा उल्लेख्य संख्या 'उइगर' मुसलमानहरुको छ।शिनजियांग प्रांतमा कैयौं स्‍थानीय सरकारी विभागहरुले आफ्नो वेबसाइटमा रोजा नराख्नलाई नोटिस जारी गरेका थिए।
ट्रल शिनजियांगको कोरला सिटीको सरकारी वेबसाइटको अनुसार पार्टीका गार्डस्, सिविल सर्वेन्‍ट्स, बिधार्थी र नाबालिगहरुले रमजानको अवधिमा रोजा राख्न पाउने छैनन्। र यसबिच उनीहरुले कुनै धार्मिक गतिविधिमा संलग्न हुन समेत पाउने छैनन्।

Comments