कतारमा धुर्मुस सुन्तली साँझ

सिताराम थापा,
कतार । यो बर्षको ईदको दोश्रो दिन कतारको ग्राण्ड मल इस्टेडियममा धुर्मुस सुन्तली साँझ कार्यक्रम हुने भएको छ।
कार्यक्रम बारेमा जानकारी दिने उद्देस्यले आयोजकको तर्फबाट गत जुन २६ तारिक आइतबार पत्रकार सम्मेलन गरिएको थियो।
उक्त सम्मेलनमा आयोजक सस्थाका तर्फबाट बोल्दै कल्याण घिमिरेले कार्यक्रमको उद्देस्य र अवस्थाका बारेमा प्रस्ट्याउदै कार्यक्रममा उपस्थित संचारकर्मीहरुले राखेका जिज्ञासाहरुको जवाफ दिएका थिए ।
नेपालमा गएको विनाशकारी भूकम्पबाट प्रभाबितहरुको लागी बस्ती निर्माण गर्ने क्रममा 'गिरानचौर एकिकृत नमुना बस्ती' निर्माणको सहयोगार्थ यो कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिए।
'यो कार्यक्रम मनोरन्जनात्मक मात्र नभई सहयोगात्मक र सामाजिक अभियान हो' घिमिरेले भने।
यस अभियानमा खटेकी अर्की सदस्य आशिकाले बजार ब्यबस्थापनको अवस्थाबारे बोल्दै एभरेष्ट नेपाल युथ एसोसिएसन र सन्ध्या ग्रुप कतारले बजार व्यवस्थापनमा मुख्य भूमिका खेल्ने कुरा जानकारी गराएकी थिइन् ।
सास क्रियसन प्रा लि को आयोजना, अरुण भ्यालीको स्पोन्सर तथा एभरेष्ट नेपाल युथ एसोसिएसन र बाब कतारको सहयोगमा सम्पन्न हुन गैरहेको कार्यक्रममा नेपालका ख्यातिप्राप्त कालाकारहरु लोक गायक राजु गुरुङ , लोक गायिका मुना थापा मगर , नायिका रेखा थापा ,भोजपुरी नायिकाहरु परिनिका शर्मा , सीमा सिहं र रानी चटर्जीको बेजोड सांगीतिक प्रस्तुति रहने आयोजकले बतायो ।
साथमा डीआईडी फस्ट रनरअप निर्मल तामाङको आकर्षक नृत्य पनि रहने छ।
कार्यक्रममा सहभागिताको लागि सहयोग शुल्क कतारी रियाल ४०,६० र १०० दरका टिकटहरु तयार गरिएको छ।
बेलुका ६ बजे देखि सुरु हुने भनिएको सो कार्यक्रमको टिकट ग्राण्ड मल सनैया -३७ , एसियन टाउनमा पाइने छ भने दर्शकहरुको सुबिधाको लागि अनलाइन टिकटको समेत व्यवस्था गरिएको छ।
दोहाको टप फर्म रेस्टुरेन्टको सभा हलमा सम्पन्न पत्रकार सम्मेलनमा एभरेष्ट नेपाल युथ एसोसिएसनका अध्यक्ष उतम गुरुङ तथा धुर्मुस सुन्तलीको एकिकृत नमुना बस्ती निर्माणको सहयोगार्थ व्यक्तिगत ६ लाख रुपैया प्रदान गरेका समाजसेबी प्रकाश कोइरालाको पनि उपस्थिति रहेको थियो।
(प्रकाशित मिति:१६ आषाढ २०७३)

Comments