कतार आएको तेश्रो दिनमै थला परेका कालु ५ बर्षपछि फर्किए

कैलासबावु श्रेष्ठ,
गोरखा । बिगत लामो समय देखी परिवारको सम्पर्कमा नआएका गोरखाका कालु गुरुङ्गलाई गोरखा सेवा समाजको सक्रियतामा कतारबाट नेपाल फर्काउने काम भएको छ ।

गोरखा जिल्ला सौरपानी गाउँ बिकास समिति ७ बाट बैदेशीक रोजगारीका शिलसिलामा कतार पुगेका कालु गुरुङ्ग काममा लागेको ३ दिनमा नै बिरामी भएका थिए । सन २०११ मा रोजगारी गर्न पुगको उनलाइ के भएको थियो भन्ने बारे अस्पतालले लिखीत रुपमा जानकारी गराएको छ ।

बिरामी भए लगत्तै हमाद अन्तराष्ट्रिय अस्पतालमा राखीएका उनी परिवारको सम्पर्कमा आउन नसके पछि गोरखा सेवा समाज कतारले नेपालमा रहेको गोरखा सेवा समाज नेपालसंग समन्वय गरी परिवारजन पत्ता लगाउने देखी गुरुङ्गलाई कतारबाट नेपालसम्म ल्याउने काममा सक्रिय भै सहयोग गरेको थियो ।

गुरुङ्गलाई हमद अस्पतालका चिकीत्सक टोलीले नेपालमा ल्याएर नेपालको ललितपुरमा रहेको ग्लोबल अस्पतालमा भर्ना गराएर राखीदिएको छ ।

कतारको कानून अनुसार नेपाली बिरामीहरुलाई नेपालमा रहेको कुनै पनि अस्पतालले उपचारको जिम्मा लिन्छु नभन्दासम्म त्यहाँ रहेको बिरामीलाइ नेपाल पठाउन मिल्दैन ।

गुरुङ्ग नेपालमा उपचार गराउन हमद अस्पतालले ५ लाख ७० हजार रुपैयाँ सहयो गर्ने समाजका कतार अध्यक्ष शुर्दशन भट्टले टेलिफोन मार्फत जानकारी दिएका छन्  ।

नेपाल बाट श्रम स्विकृती लिएर ०६८ साल श्राबण २ गते गोरखाका इमान घले मार्फत कतार पुगेका थिए । गुरुङ्गको घाँटी भन्दा तलको कुनै पनि अंग चल्दैन । यसै बिच परिवारले कालुको उपचारको लागी सहयोगको याचना गरेको छ ।

हमद अस्पताल प्रशासनले दिएको रिपोर्ट:





(प्रकाशित मिति:१६ आषाढ २०७३)

Comments