सर्लाही प्रबासी सेवा समाज कतारले गर्यो सहयोग रकम हस्तान्तरण :
सियाराम थापा
कतार। सर्लाही प्रबासी सेवा समाज कतारले बिबिध क्षेत्रमा सहयोग रकम हस्तान्तरण गरेको छ।
जुन १६ तारिकका दिन बेलुका दोहाको टप फर्म रेस्टुरेन्टको सभा हलमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रम मार्फ़त भिन्दाभिन्दै तीन क्षेत्रमा सहयोग रकम हस्तान्तरण गरिएको बारे जानकारी दिइएको हो।
एचआईभी संक्रमित बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा सहयोगका लागि गायक हेमन मोक्तानले थालेको सामाजिक सांगीतिक अभियानलाई सहयोग गर्दै यस सस्थाले गत जुन ३ मा दोहाको सालिमार पार्टी प्यालेसमा भब्य सास्कृतिक कार्यक्रमको आयोजना गरेको थियो।
उक्त कार्यक्रममा संकलित भएको रकम मध्ये एक लाख पैतिस हजार नेपाली रुपैया एचआईभी संक्रमित बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा सहयोगका लागि गायक हेमन मोक्तान मार्फत हस्तान्तरण गरिएको छ भने सोहि कार्यक्रममै सर्लाही जिल्ला ढुङ्ग्रे खोला गाबिस निबासी मृगौला पिडित रत्न बज्र थोकरलाइ उपचारार्थ सहयोग स्वरूप पन्ध्र हजार नेपाली रुपैया राम मण्डल थिंङ मार्फत र हरीऔंन नगर पालिका वार्ड नम्बर ३ निबासी ब्लंड क्यान्सर पिडित कान्छी माया मोक्तानलाइ पनि उपचारार्थ सहयोग स्वरूप पन्ध्र हजार नेपाली रुपैया राजेश भुजेल मार्फत हस्तान्तरण गरिएको छ।
उक्त कार्यक्रममा सस्थाका अध्यक्ष पेम्बा घलानको अध्यक्षता, राजेश भुजेलको प्रमुख आतिथ्यता तथा गायक हेमन मोक्तान र नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडेको बिशेष आतिथ्यता रहेको थियो। सस्थाका महासचिब सुजन बरालले संचालन गरेको सो कार्यक्रममा पत्रकार, बुद्धिजिबी , संघ सस्थाका प्रतिनिधि तथा सर्लाही प्रबासी सेवा समाजका सदस्य तथा पदाधिकारीहरुको उपस्थिति थियो।
जुन ३ मा सम्पन्न सास्कृतिक कार्यक्रममा संयोजकको भूमिका निर्बाह गरि कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गराउनुहुने सस्थाका सल्लाहकार राम इन्दल थिङ्लाई सम्मान पत्रबाट सम्मानित पनि गरिएको थियो।
२००८ सालमा कतारमा स्थापना भएको समाज केहि वर्ष सम्म नीस्कृय रहेको र अहिले नया कार्य समितिको पुनर्गठन संगसगै बिबिध सामाजिक गतिविधिका साथ् अघि बढी रहेको छ।
प्रकासशित मिति: ३ आषाढ़ २०७३
प्रकासशित मिति: ३ आषाढ़ २०७३

Comments
Post a Comment