नेपाल प्रबासी तराइ मधेस मञ्च कतारका अध्यक्ष खानको प्रेस नोट


करिम,
कतार । नेपाल प्रबासी तराइ मधेस मञ्च कतारका अध्यक्षद्वारा प्रेस नोट जारी गरेका छन्।
 
गत मई २७, २०१६ मा हुसैन खान अध्यक्ष रहेको नेपाल प्रवासी तराई मधेस मञ्च कतारको तदर्थ समितीलाई भंग गरी अहमुद्दिन खानको अध्यक्षतामा मञ्चको नयाँ कार्यसमिति गठन गरिएको समाचार सार्वजनिक भएपछि पहिलो पटक अध्यक्ष हुसैन खानद्वारा प्रेस नोट जारी गरेका हुन्  ।
नेपाल प्रवासी तराई मधेस मञ्च दोहा कतार गठन गरिए यता मञ्चको प्रथम अधिवेशन सम्पन्न गर्न पटकपटक बैठक बसी मिति तोकेपनि अधिवेसन नै गर्न नसकिएको वा अधिवेसन नै गर्न नचाहेको देखिएकोले हुसैन खानको अध्यक्षतामा रहेको समितिलाई भंग गरी हुसैन खान अध्यक्ष रहेको तदर्थ समितिका महासचिव समेत रहेका अहमुद्दिन खानको अध्यक्षतामा मञ्चको नयाँ कार्यसमिति गठन गरिएको उल्लेख गरिएको थियो।
 
हालैमात्र सम्पन्न तराई मधेस लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशनमा कतार संगठनको  अध्यक्षको रुपमा हुसैन खानले कतारको संगठनबाट प्रतिनिधित्व गरेका थिए।
नेपाल प्रबासी तराइ मधेस मञ्च कतारका अध्यक्ष हुसैन खानद्वारा जारी प्रेस नोट-
 
बिगत लामो समयदेखि हामिले मधेसी लोकतान्त्रिक पार्टीको प्रबास भात्रीसंगठन अन्तर्गत कतारको संगठनलाई प्रथम अधिबेशन गरि नया कार्यसमिति चयन गर्ने कोसिस गर्दै गर्दा केन्द्रिय महाधिवेशनको तयारीका कारण केन्द्रबाट केन्द्रिय अधिबेशन समापन पश्चात् मात्र परिबेक्षक पठाउने केन्द्रिय अध्यक्ष श्री महन्त ठाकुर ज्यु को आधिकारिक जानकारीका कारण हामीले समयमा गर्न नसकेका जानकारी गराउँदछु ।
 
राजनीतिक पार्टीको भात्रीसंगठन भएका कारण पार्टीको नीति एबम विधि र बिधानलाई हामिले स्विकार्नु हाम्रो जिम्मेवारी एबम कर्तव्य हो । बिना जिम्मेवारीबोध सस्थाको मर्यादा बिपरित कोहि कसैले पनि आफू खुसी अगाडी बढ्न नमिल्ने कुरा पनि हामी सबैलाइ सर्बबिदितै छ । पार्टीको केन्द्रिय नीति बिपरित हामीले आफ्नो तरिकाबाट सस्थाको अधिबेशन गर्ने र गराउने कार्य अबैधानिक हो भन्ने बुझ्नु जरुरी छ ।
कतारमा अवस्थित नेपाल प्रबासी तराइ मधेस मञ्च र कतारमा अवस्थित सामाजिक एबम बैचारिक संघसस्थाहरुहरुमा जानकारी गराउँदछु । अबको ३ महिना भित्रमा केन्द्रिय पर्यवेक्षक सहित कतारमा अवस्थित सम्पुर्ण बैचारिक एबम सामाजिक संघसस्थाहरुको उपस्थिति सहित प्रथम अधिबेशन गर्ने वचनवद्दता व्यक्त गर्दछु ।
यदि काहीँ कतैबाट नेपाल प्रबासी तराइ मधेस मञ्च कतारको नया ।कार्यसमिति चयन र प्रथम अधिबेशन सम्बन्धी कुनै पनि सुचना आएको भए त्यो आधिकारिक नभएको जानकारी गराउँदछु ।
 
अध्यक्ष
मो. हुसैन खान
नेपाल प्रबासी तराइ मधेस मञ्च दोहा कतार
 
(प्रकाशित मिति:१६ आषाढ २०७३)

Comments