रमजान विशेष: रमजानको महत्व र विशेषता
करिम,
रमजान इस्लामिक क्यालेन्डरको नवौं महिना हो। जसमा संसारभरका मुसलमानहरुले रोजा (उपवास) राख्दछन। इस्लाम धर्ममा यो महिनाको रोजा सबै मुसलमानमाथि अनिवार्य अथवा जरुरी गरिएको हुन्छ । र यो रोजा इसलामको पाँच आधारभूत स्तम्भ मध्येको एक हो।
रमजानको महिना २९ वा ३० दिनको हुन्छ। इस्लाम धर्ममा यो रमजानको अत्यन्त महत्व र विशेषता हुन्छ। यो महिनामा इस्लामका अन्तिम संदेष्ठा पैगम्बर मुहम्मद (सल्लल्लाहू अलैहे वसल्लम)माथि कुरान अवतरण गरियो र यहि महिनामा कुरान पूर्णरुपमा अवतरण भयो।
'रमजान' शव्द अरबी ‘रमिदा या अर-रमिदा’ बाट बनेको हो, जसको अर्थ चर्कोगर्मी र सुख्खापन हुन्छ। रमजानको रोजा यात्रामा रहेका, गर्भवती, कुनै बिरामीले ग्रस्त, वा बच्चालाई दुध पिलाउनु पर्ने सुत्केरी आमाहरु र महिनाबारी भएका महिलाहरु बाहेक सम्पूर्ण वयस्क मुसलमान माथि अनिवार्य हुन्छ।
रमजानको रोजा अनिवार्य हुन्छ। सुर्योदय हुनुभन्दा पहिलादेखि खाने पिउने कार्यलाई रोकेर रोजा शुरु हुन्छ, सुर्यास्त लगत्तै खाने पिउने कार्यको थालनी सहित रोजाको समय सकिन्छ। यस दौरान खानु पिउनु सम्पूर्ण रुपले वर्जित गरिएको हुन्छ। रोजाको समयमा धुम्रपान गर्न, मध्यपान गर्न, पति पत्नीविच समेत सेक्स गर्न मनाही गरिएको हुन्छ। उसै त इस्लाममा मध्यपान र अवैध यौनजन्य जस्ता क्रियाकलापहरु सख्तीका साथ वर्जित र पाप मानिन्छ।
इस्लाम धर्मको पवित्र ग्रन्थ कुरानमा अल्लाहको आदेशको सार छ कि 'कुरान रमजानको महिनामा मानवजातीको मार्गदर्शनको लागि अवतरण गरिएको हो,यस किताबमा मानवजातीको मार्गदर्शनको स्पष्ट प्रमाण मौजुद छ, जो यात्रामा छ ऊ बाहेक सबैलाई रोजा बस्नु पर्दछ, अल्लाह मानवजातीको भलाई चाहन्छ र मानावाजातीलाई अलाहप्रती कृतज्ञ हुनुपर्दछ।' (कुरानको सार:२:१८५)
यो सत्य हो कि कुरान पैगम्बर मुहम्मद सल्लल्लाहु अलिहे वसल्लममाथि रमजानको महिनामा उतारिएको किताब हो। जुन इस्लाममा सबैभन्दा उत्तम समय मानिन्छ। हदीस (पैगम्बर मुहम्मद सल्लल्लाहू अलैहे व सल्लमको दिव्यवाणी) को अनुसार अल्लाहद्वारा अवतरित सबै किताबहरु (तौरेत,जबुर, इन्जिल र कुरान) रमजानको महिनामा अवतरण गरिएका हुन्।
अबु हुरैरा (पैगम्बर मोहम्मदका साथी) को भनाई छ कि पैगम्बर मुहम्मदले भन्नुभयो- जब रमजान शुरु हुन्छ तव जन्नत(स्वर्ग)का सबै ढोकाहरु खोलिन्छन् र जहन्नम (नर्क)क सबै ढोका बन्द गरिन्छ। र शैतानलाई जन्जीरमा जकटेर राखिन्छ। (सही बुखारी र सही मुस्लिम )
पैगम्बर मुहम्मदले भन्नु भयो- जो कसैले रमजानको पुरै महिना इमान (आस्था)को साथ रोजा राख्दछ र अल्लाहसित त्यसको बदलामा बिगतका पापहरुको क्षमा माग्दछ अल्लाहले उसलाई क्षमा गर्दिन्छन् ' (सही बुखारी, सही मुस्लिम )
प्रकाशित मिति: ३१ जेष्ठ २०७३

Comments
Post a Comment