कतार: एफएनजेद्वारा आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्दै
दोहा। कतारमा स्थापित सामाजिक संघ संस्थामा कार्यरत ब्यक्तिहरुले नेतृत्व विकास तथा क्षमता अभिबृद्धि एबम् पत्रकारिता सम्वन्धी आधारभुत तालिम लिन पाउने भएका छन् ।
नेपाल पत्रकार महासंघ कतार शाखाको आयोजनामा हुने उक्त एक दिवसीय कार्यक्रममा संस्थाका तर्फबाट दुई वा दुई भन्दा बढीले सहभागिता जनाउन सक्ने बताइएको छ । कार्यक्रममा इकान्तीपुर र कोशेलीका संयोजक यज्ञश प्रशिक्षकको रुपमा रहने आयोजकले जानकारी दिएको छ ।
तालिम यही जुन १७ तारिक विहान ११ बजेबाट कतारको शालिमार रेष्टुरेन्ट नज्मा मा हुनेछ । भने तालिममा सहभागि हुन चाहाने ब्यक्तिले दर्ता शुल्क बापत कतारी रियाल ३० र सस्थाले ५० रियाल बुझाउनु पर्ने आयोजकले जानकारी दिएको छ ।
प्रकाशित मिति: ३१ जेष्ठ २०७३

Comments
Post a Comment