नयाँशक्ति नेपाल,कतारको क्षेत्रीय भेला सम्पन्न


नयाँशक्ति नेपाल अन्तरास्ट्रिय नेपाली समाज कतारले दोहा क्षेत्रको क्षेत्रीय भेला सम्पन्न  गरेको छ ।  
दोहा क्षेत्रका संयोजक हिमाल राज विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको उक्त भेलामा नयाँशक्ति नेपालका अन्तरिम केन्द्रीय सदस्य तथा कतारका संयोजक बि.बि खराल रोशनको प्रमुख आतिथ्यता रहेको थियो।
विशेष अतिथिमा सँगठन प्रमुख लाल भट , प्रबक्ता धुर्ब क्षेत्री , कोषाध्यक्ष देव परियार , सचिव राम सेन्जेल , युवा संयोजक महमुद कार्की, दलित विभाग संयोजक विजय सुन्दास , युवा नेता दुर्गा सुनार , लगाएत क्षेत्रीय संयोजकहरुको आतिथ्यता रहेको थियो । 
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि बि बि रोशन ले वर्तमान परिस्थितिमा नयाँशक्तिप्रति जनताको लगाव देखेर लाई पुराना पार्टीका कार्यकर्ताहरु हतोत्साहित भएको भन्दै नयाँशक्ति सरकार बनाउने गिराउने खेलको लागि नभई देशलाई आर्थिक सम्व्रिद्दिमा डोर्याउन निर्माण हुन लागेको बताए । 
कार्यक्रमका विशेष अतिथि सँगठन विभाग प्रमुख लालभट्टले श्रमजीवी नेपालीहरुले नयाँशक्तिप्रति देखाएको सदभावलाई नयाँ उर्जाको रुपमा लिएर अघी बढ्ने प्रतिवद्दता व्यक्त गरे। 
कार्यक्रममा प्रवक्ता धुर्ब क्षेत्रीले पार्टीको समसामयिक विषय, घोषणा सभा र पार्टी बिस्तारको बारेमा जानकारी दिनुको साथै आगामी भावी योजनाको विषयमा बोलेका थिए । 
उक्त भेलाले ५५ जनाको कमिटी निर्माण गरेको छ भने सोही भेलाले सांस्कृतिक विभागको पनि घोषणा समेत गरेको छ । 

प्रकाशित मिति: ३० जेष्ठ २०७३ 

Comments