रमजानको अन्तिम शुक्रबार: विश्व कुद्स (AL QUDS DAY) दिवस

करिम,
एजेन्सी । 'विश्वकुद्स(alQuds) दिवस' पवित्र महिना रमजानको अन्तिम शुक्रबार(अल विदाअ जुम्मा) मानिने दिवस हो।
विशेषत प्यालेस्टाइनका जनता मस्जिदुल अक्साको सुरक्षा र स्वतन्त्रताको लागि यो दिवस विश्वभर आयोजना गरिन्छ।
प्यालेस्टाइनीमाथि इजरायली शासकको बर्बरता तथा प्यालेस्टाइनी जनताको समर्थनकालागि संसारभरका मुसलमानहरु विश्व कुद्स दिवसको दिन सडकमा उत्रिने गर्दछन्।
 
मोरक्को स्थित मानवाधिकार संघका प्रमुख अहमद हायजलेपनि अत्याचार ग्रस्त प्यालेस्टाइनी जनता इजरायली शासकले गरेको ज्यादती र अपराधप्रति मौनताको कडा शव्दमा आलोचना गरेका छन्।
उनले भने यस्तो प्रकारको व्यवहारको लक्ष बैतुल मुकद्दसमाथि यहुदी करण, र त्यहाँको शहरको ढाँचालाइ बदलेर त्यहाँको धार्मिक पहिचानलाई मेट्ने कोशिस हो' उनले भने 'विश्वलाई यहि कुरा बुझाउन यो दिवस आवस्यक छ।'
मोरक्को स्थित मज़दूर संघकाप्रवक्ता यूसुफ़ अलाकोशले कुद्स दिवसको उद्देस्यप्रति प्रस्ट पार्दै भने 'विश्व कुद्स दिवसको लक्ष अरब तथा इस्लामी जगतका आम मानिसमा बैतुल मुकद्दस इस्लामी जगतको सबैभन्दा जटिल समस्याको रुपमा बुझाउन र स्थान दिलाउनलाई आमन्त्रित गर्नु हो।'
 
(साभार lअनुवादित:कोहराम न्युज)
 
 
 
 
(प्रकाशित मिति:१६ आषाढ २०७३)

Comments