नेपाली जनप्रगतिशिल मन्च कतारको आयोजनामा १२७ औं अन्तर्राष्ट्रिय मजदुर दिवस

दोहा कतार । एनेकपा-माओबादी अन्तरगतको बैधानिक प्रवास साखा कमिटी नेपाली जनप्रगतिशिल मन्च कतारको आयोजनामा १२७औं अन्तर्राष्ट्रिय मजदुर दिवस नेपाली श्रमजीवी मजदुर हरुको बिचमा दोहा कतारको सनैयामा एक कार्यक्रम गरि सप्पन्न गरेको हो परम्परा अनुसार मेइ १ तारीख गर्नु पर्ने भए पनि मन्चले नेपाली श्रमिक मजदुर हरुको समय लाई ध्यानमा राखेर शुक्रबारका दिन पारेर कार्यक्रम गरेको हो स्मरण रहोस पश्चिमा देश लगायत बिश्वका विभिन्न मुलुकहरुमा सार्बजनिक बिदा दिने चलन रहे पनि खाडी मुलुकमा अझै मजदुर दिबसको सार्बजनिक बिदा अनिवार्यता ठानिदैन।
मंचका अध्यक्ष शनि कुमार ओलिको अध्यक्षता तथा मंचका वरिष्ठ सल्लाहकार रमेश भट्ट सल्लाहकारहरु प्रेम कुमार बिक र टिकाराम भण्डारीको उपस्थितिमा भब्य रुपले सम्पन्न भएको कार्यक्रम मंचका सचिब महेश दाहालले सन्चालन गरेका थिए । कार्यक्रमको सुरुमा सहिदहरु प्रती एकमिनेट मौनधारण गरि सुरु गरिएको उक्त कार्यक्रममा मंचका प्रथम उपाध्यक्ष रकमध्वज राइले स्वागत मन्तव्य राख्नु हुँदै मजदुर दिबस मनाउनुको महत्त्व र इतिहास माथी प्रकाश पार्नुभएको थियो यसैगरी दोस्रो बैठकद्वारा सगठानिक संरचनामा व्यापक हेरफेर गरिए अनुसार प्रत्येक प्रादेशिक इन्चार्ज र संयोजकहरुले आ-आफ्नो भनाइ मार्फत कार्यप्रगती तथा भाबी योजना संभावना र चुनौतीहरु आ-आफ्नो बिचार मार्फत प्रस्तुत गर्नु भएको थियो यसरी बिचार राख्ने हरुमा प्रस्तावित प्रदेश नम्बर एकका तर्फबाट संयोजक लक्ष्मण चौलागाईं,प्रदेश नम्बर दुईका तर्फबाट इन्चार्ज सन्तोष दङ्गाल,प्रदेश नम्बर तीनबाट कर्ण लिम्बू(केबि),प्रदेश नम्बर चारबाट इन्चार्ज दिपक लामिछाने,प्रदेश नम्बर पाचबाट इन्चार्ज महेश दहाल,प्रदेश नम्बर छबाट इन्चार्ज लक्ष्मण कंडेल,प्रदेश नम्बर सातबाट इन्चार्ज बुद्धि प्रसाद भण्डारी,तराईमधेसको तर्फबाट संयोजक बिगनेश पासवान रहनुभएको थियो यसै गरि मंचका सूचना तथा सञ्चार बिभाग प्रमुख होम बहादुर बस्नेतले संचारलाइ थप प्रभाबकारी बनाउन अब छिट्टै  एक अनलाइन स्थापना गरि संचालनमा ल्याउने तयारी भैरहेको कुरा जानकारी गराएका थिए 
 मजदुरहरुको हकहित अधिकार मजदुरको बिषयमा प्रशिक्षण सहित सगठित रहेर हरेक मजदुरहरुको बस्ती तथा क्याम्प हरुमा गएर मजदुरहरुको समस्या बुझ्ने र समबन्धित निकाय सम्म पुर्याउनु पर्नेमा कार्यक्रममा बोल्ने सबैले समान धारण व्यक्त गरेका थिए पछिल्लो समयमा मंचमा आवद्ध हुन चाहने प्रगतिशील श्रमिक युबाहरुको सख्या बढेर गएको छ भने हरेक क्षेत्रमा सगठन निर्माण गर्न र तत्काल इकाई कमिटी बनाउन जोड बोल्ने सबैले जोड दिएका छ्न भने सहभागी सम्पुर्णको अन्तरक्रिया र छलफल पश्चात मञ्चकै माताहतमा संचालन हुने गरि दुरगामी महत्त्वपूर्ण निर्णय गर्दै (प्रगतिशील श्रमिक कल्याणकारी कोष)को स्थापना गरेको छ,उक्त कोषको मुख्य श्रोत मंचले केही समय अगाडि छापेको गोजि पात्रोको बिक्रीवितरण भएको ५०% रकम उक्त कोषमा जम्मा गरिने र मंचमा आवद्ध सदस्यहरुले जन्मदिन लगायत अन्य ब्यक्तिगत खुसियालीको प्रयोजनमा खर्च गर्दै आएकोमा अबका दिनहरुमा सबैखाले मनोरञ्जनका खर्चहरु कटौती गरि उक्त कोषमा रकम जम्मा गरिने भएको छ उक्त रकम पीडित नेपाली मजदुरहरुले आर्थिक सहयोग गरिदिन निवेदन परेमा या स्वयं मंचले पीडित ठहर गरेमा आर्थिक सहयोग उपलब्ध गराउने उदेश्य रहेको छ ।
मंचका द्वितीय उपाध्यक्ष कर्ण लिम्बुको संयोजकत्वमा  (प्रगतिशील श्रमिक कल्याणकारी कोष) संचालनको लागि सात सदस्यीय संचालक समिति पनि गठन गरिएको छ जसमा मंचका सह-कोषाध्यक्ष लक्ष्मण कडेल सह-संयोजक रहनुभएको छ भने सदस्यहरुमा इश्वर शाही,सुरेन्द्र बहादुर कार्की लक्ष्मण चौलागाईं,होम बहादुर बस्नेत र बिगनेश पासवान रहेका छन ।
 अन्त्यमा कार्यक्रमको अध्यक्ष्यता गरिरहनुभएका मंचको अध्यक्ष शनिकुमार ओलिले सिङ्गो मजदुर आन्दोलनको समिक्षा गर्दै बर्गिय खाडल झन गहिरो हुँदै गएकाले सबैलाइ आफ्नो बर्गमुक्तिको लागि वर्गसंघर्षको मैदानमा निरन्तर खटिरहन निर्देशन दिनुभएको थियो करिब २ घण्टा समय लिएर बोल्ने क्रममा उहाले उपस्थित कार्यकर्ताहरुलाइ महत्त्वपूर्ण  बिषयहरुमा प्रशिक्षण दिदै कतारमा रहेका मजदुरहरुको हरेक समस्यामा आफ्नो गहिरो चासो रहेकोले सम्बन्धित निकायहरुलाइ सधै मजदुरको समस्या फायलमा थन्क्याएर चैनको निन्द्रा सुत्न नदिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
 उहाकै पहलकदमिमा पछिल्लो समय रुमेला हस्पिटलमा ५ महिना देखि बेहोस अबस्थामा उपचार गराइरहेका रुकुम जिल्ला घर भएका ललित बुढामगरको बिषयमा सम्बन्धित निकायको ध्यान आकर्षण गराउदै ललितको आश्रति परिवारलाई आर्थिक सहयोग गर्न पर्ने देखिएकोले मंचले सहयोग अभियान सन्चालन गरिरहेको छ । उक्त अभियानलाइ ब्यबस्थित रुपले अगाडि बढाउन मंचका कार्यकर्ता हरुलाइ निर्देशन दिदै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो ।

Comments