गोरखा सेवा समाज कतारको सम्मान कार्यक्रम ३ जुनमा: एनआरएन उपाध्यक्ष पन्त कतार आउँदै
असाहय बालबालिकाहरुलाई शैक्षिक सहयोग गर्ने तथा दैवी प्रकोपबाट क्षती सामाजिक संरचना पुनर्निर्माण सहयोगको उद्देस्य राखी सन्चालनमा ल्याएको अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गर्न कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष सुदर्शन भट्टले जानकारी गराएका छन् ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्तको प्रमुख आतिथ्यमा हुन लागेको उक्त सम्मान कार्यक्रममा उपस्थित हुन एक सुचना मार्फत 'सहयोगीदाताहरु, संघसंस्थाका पदाधिकारीज्यूहरु, समाजसेवी, ब्यवसायी, पत्रकारहरु र तमाम कतारबासी गोरखाली दाजुभाई तथा दिदीवहिनीहरुलाई हार्दिक आमन्त्रण गर्दर्छौ' उल्लेख गरिएको छ।
कार्यक्रम ३ जुन १०:३० बजेदेखि ग्लोरिया होटलको सभाहलमा हुने आयोजकले जनाएको छ।
साथै सम्पर्कको लागि सुदर्शन भट्ट -३३१६६९७७, दिपक लामीछाने -५५७७४६४०, राकेश श्रेष्ठ -५०१९०१५५, राजेश्वर ढकाल -७७९४३२९७, ज्ञानेन्द्र न्यौपाने -७७३६१८५२ मा सम्पर्क गर्नपनि आयोजकले अनुरोध गरेको छ।

Comments
Post a Comment