उदयपुर समाज, कतारले निधनको परिवारलाई दियो पचास हजार, स्कुले बालबालिकालाई पचासहजारको सामग्री वितरण:
मेमनेपाल,
२१ बैशाख, नेपाल । उदयपुर प्रवासी सेवा समाज कतारले हालसालै निधन भएका संस्थाका वर्तमान सदस्यको परिवार लगायत नौजना अनाथ बालबालिकालाई करीव एक लाख सहयोग गरेको छ ।
गत हप्ता उदयपुर बेल्टार बजारमा रहेको दर्शन अनाथ बालआश्रमका नौ बालबालिकालाई समाजले पचास हजार बराबरको खाधान्न तथा लत्ताकपडा, किताब, कापी-कलम, स्कुलको ड्रेस, साबुन, झुल सिरक लगायत स्कुलका सामग्रीहरु सहयोग एक कार्यक्रमका विच प्रदान गरिएको समाजका अध्यक्ष होम बहादुर बस्नेतले जानकारी दिए ।

गृहलक्ष्मी महिला समाज केन्द्र बेल्टारले आयोजना गरेको कार्यक्रममा स्थानीय राजनीति दलका प्रतिनिधी, बुद्धिजीवी, समाजसेवी, सुरक्षा निकाय,तथा प्रत्रकारहरुको उपस्तिथि रहेको थियो भने उदयपुर प्रवासी सेवा समाजका सह-कोषाध्यक्ष गोबिन्द तिमिल्सिना र सदस्य लीलारम शर्माको विशेष उपस्तिथिमा उक्त बालबालिकालाई सहयोग सामाग्री बितरण गरिएको महिला समाजका प्रतिनिधि सिर्जना राईले बताईन् ।
'उदयपुर प्रवासी सेवा समाजले हरेक सामाजिक गतिविधिहरुमा प्रत्येक्ष रूपमा सहयोग जिल्लाका विभिन्न ठाउमा सहयोग गर्दै आइरहेको छ' सहकोषाध्यक्ष तिमिल्सिना बताए ।
साथै संस्थाका आजिवन तथा वर्तमान सदस्यसमेत रहेका नेत्र बहादुर राउतको असामहिक निधन भएको र उनको पारिवारिक अवस्था कमजोर रहेकोले मृतकका परिवारलाई तत्काल आर्थिक सहयोग स्वरुप नगद पचास हजार रुपैया सहयोग गरिएको अध्यक्ष बस्नेतले मेमनेपाललाई बताए ।
प्रवासमा रहेरपनि हरेक गतिविधिमा उदयपुर प्रवासी सेवा समाजले सामाजिक सेवामा पुर्याएको योगदानको उच्च मुल्यांकन हुनुपर्ने स्थानीय प्रत्रकार एवं पत्रकार बिश्वराज तामाङले कार्यक्रममा बताए ।

Comments
Post a Comment