कतार: साहित्यकार पारिजातको ७९औं जन्म जयन्ति मनाइयो
गणेश बन्जाडे,
दोहा, कतार, जेठ ५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यक वाचनालयको संयुक्त आयोजनामा साहित्यक वाचन श्रृखंला ५७ औं डबली सम्पन्न भएको छ । एक समारोहबीच कार्यक्रम सम्पन्न भएको छ ।
दोहा टपफर्म रेष्टुरेन्टमा गत शुक्रबार आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बञ्जाडे, अनेसासंघ कतारका च्याप्टरका सल्लाहकार विनोद खड्का ५५औं डबलीका विशिष्ट श्रोता शनीकुमार ओली, कान्तिपुर गल्फ साप्ताहिकका अरब व्युरो इन्चार्ज होम कार्की अनेसास कतार च्याप्टरका अध्यक्ष तिर्थसंगम राई लगायत साहित्य अनुरागीहरुको उपस्थिति थियो ।
कार्यक्रमा पारिजातको जीवनी बारे अनेसास कतार च्याप्टरका प्रथम उपाध्यक्ष प्रेम भट्टराईले प्रष्टाएका थिए । कार्यक्रममा महासंघका अध्यक्ष बञ्जाडेले डायसपोरामा साहित्य सृजनाको उच्च मूल्याङ्कन गरिनुपर्ने बताए । समाजमा रहेका हरेक विषय वस्तुलाई साहित्य मार्फत चित्रण गरिएको उनले बताए ।
साहित्यकार पारिजातले दिएको योगदानलाई अझै स्पष्ट र विकास गर्दै जानु पर्ने उनले बताए । अर्का विशिष्ट श्रोता शनिकुमार ओलीले राष्ट्रियताको सवाल र हरेक कालखण्डमा साहित्यकारहरुले निभएको भूमिकालाई उच्च मूल्याकंन गर्ने बताए । उनले साहित्यकारहरुको अभियानमा सधै आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए । कार्यक्रमलाई अबदुल रजकले संचालन गरेका थिए । गजलकार मदन न्यौपानेले कतार बसाईलाई अवस्मरणीय गराएकाले उनको विदाई कार्यक्रम राखेको थियो ।
कार्यक्रममा श्याम रानाभाट, ईश्वर शाही, लेख कार्की, टीका खड्का (राष्ट्रप्रेमी), सन्तोष अधिकारी, मदन न्यौपाने (दोषी), हरिविनोद अधिकारी, भानु सुनुवार, शुरेसमान, दर्पण दंगालीले गजल वाजन गरेका थिए । त्यस्तै तीर्थ संगम राई, राजेश्वर ढकाल, दीप मिलन, राजन राई, निराजन लुइँटेल, ईशुदिन मियाँ, विनोद खड्का, ओम दाहालले कविता वाचन गरेका थिए ।


Comments
Post a Comment