कतारमा हिमालयन टाइगर संगको भेटघाट र अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिताराम थापा (दोहा ,कतार ) - नेपालको पहिलो रेस्लर हिमालयन टाइगर र कतारमा रहनु भएका नेपाली ब्यबसायी ,एनआरएनए प्रतिनिधि , समाजसेवी , बुद्धिजीवी तथा पत्रकारहरु बीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ! लमजुङ सेवा समाज कतारको संयोजनमा यहि मे ६ तारिक दोहाको मज्जा रेस्टुरेन्टमा आयोजना गरिएको उक्तकार्यक्रममा रेस्लर टाइगरले रेस्लिंग खेल संग सम्बन्धित विभिन्न सन्दर्भहरुलाई उठान गर्नु भएको थियो! भेटघाटकै क्रममा बिश्व समुदायमा निकै चर्चित मानिएको रेस्लिंग खेल समय समयमा बिदेशी तथा नेपाली खेलाडीहरुको सहभागितामा नेपालका विभिन्न स्थानहरुमा खेलिदै आएको बताउनु भयो !
नेपालको लागि नया र निकै चाख लाग्दो खेल भएता पनि ब्यबस्थित प्रशिक्षण केन्द्रको अभाब र अन्य प्राबिधिक कमी कमजोरीका कारणलेले गर्दा सोचे जस्तो रुपमा अगाडी बढाउन नसकिएको र जसले गर्दा नया आउने खेलाडीलाई सिकाउने तथा पुराना खेलाडीहरुले अभ्यास गर्न नपाएको कुरा पनि उल्लेख गर्नु भयो साथै यस खेलको बिकासका लागी राज्यका सम्बन्धित निकायहरु संग पटक पटक आबस्यक सहयोग र समर्थनको लागि अनुरोध गरिएको भएता पनि सन्तोषजनक मात्रमासहयोग नभएकोले पनि देश बिदेशमा रहनु भएका उधोगपति , ब्यबसाही , समाजसेबी , बुद्धिजीवीहरु तथा खेलप्रेमीहरु संग सहयोगको लागि अनुरोध गरिएको जानकारी गराउनु भयो ! त्यस्तै नेपाल रेस्लिंग एसोसियसनको आजिबन र मानार्थ सदस्य लिन चाहने जोसुकैले पनि आजिबन सदस्यताको लागि नेपाली पच्चिस हजार रुपैया र मानार्थ सदस्यताको लागि एक लाख रुपैया तिरेर सदस्यताको प्रमाणपत्र लिन सक्ने कुरा बताउनुभयो!
नेपाली रेस्लिंग खेलाडी संलग्न रहने गरि कतारमा पनि रेस्लिंग खेल खेल्न सकिने सम्भाव्यता अध्ययान लागिआफु कतार आएको बताउनु हुने रेस्लर टाइगरले कतारका थुप्रै नेपाली तथा बिदेशी संघ सस्था ,समुदायहरु संग सामुहिक तथा व्यक्तिगत रुपमा भेटघाटगरिरहनु भएको छ ! यदि कतारका नेपाली तथा गैह्र नेपालीविभिन्न संघ सस्था ब्यबसाही तथा ब्यापारिक संगठनहरुको साथ सहयोग र समर्थन भयो भने कतारमा नेपाली रेस्लरहरुको संलग्नता सहित जापान, हंगकंग , इंडिया , श्रीलका , पाकिस्थान एबं अन्य यूरोप तथा अमेरिकी मुलुकका विभिन्न खेलाडीहरु झिकाएर मनोरन्जनात्मक खेल खेल्न सक्ने सम्भाव्यता रहेको बताउनुभयो ! यो खेल प्राय जसो टेलिभिजनका पर्दा हरुमा हेर्ने गरिएको र खेलको सत्य तथ्यताको बिषयमा जनमानसमा कौतुहलता भएकोले पनि प्रत्यक्ष रुपमाउपस्थित भइ हेर्न चाहनेहरुको संख्या बढी छ ! उहाको भनाइ अनुसार यो खेल कतारमा आयोजना गर्न सकिएको खण्डमा यहाँ रहने नेपाली मात्र नभईजुनसुकै मुलुकका खेलप्रेमी दर्सक को रुपमा रहन सक्ने हुनाले आयोजकले गर्ने लगानी पनि डुब्ने सम्भावना नरहेको कुरा पनि बताउनु भयो !
भेटघाटका क्रमका कतार प्रो रेस्लिंग एसोसियसनका का प्रमुख अलि माराफी संग पनि भेटघाट भैसकेको र कतारमा रेस्लिंग को आयोजना गरेको खण्डमा कतार प्रो रेस्लिंग एसोसियसनले सक्दो सहयोग गर्ने आश्वासन पनि प्राप्त भैसकेको छ !उक्त कार्यक्रममा सहभागीका तर्फबाट बोल्दैब्यबसाही तथा सामाजिक अभियन्ता सागर नेपाललेयो खेल कतारमा आयोजना गर्न सकियो भने नेपालीहरुको मान प्रतिष्ठा र इज्जत तथा नेपालीहरुलाई हेर्ने दृष्टिकोणमा पनि सकारात्मक परिबर्तन आउन सक्ने बताउनुकोसाथै सो खेलका लागि आफुले सक्दो सहयोग गर्नेप्रतिबद्धता जनाउनु भयो ! त्यस्तै अर्का सहभागीब्यबसाही तथा सामाजिक अभियन्ता टि बि कार्कीले कतारमा रहेका सक्रिय नेपाली सस्थाहरु सबैले मिलेर गर्ने हो भनेयो खेल आयोजना गर्न कुनै गार्हो नहुने बताउदैसस्थाबाट संकलित रकमले मात्र नपुग भएको खण्डमाआफुले पनि सहयोग गर्ने जानकारी गराउनु भयो ! त्यस्तै एनआरएनए एन सी सी कतारका अध्यक्ष बिनेश तामाङले यो खेलको आयोजनाको लागि छुटै रुपमा ब्रिस्तित अध्यान गरी स्पस्ट खाका तयार गरी अघि बढ्नु पर्ने बताउनु भयो ! पर्यटन सद्भावना दूतको हैसियतले हिमालयन टाइगरले राख्नु भएका भनाइहरुमा सहमति जनाउदै एनआरएनए एन सी सी कतारको पनि नेपालको पर्यटन प्रवर्धनमा टेवा पुराउने विभिन्न खालका कार्यक्रमहरु गर्ने कार्ययोजनाहरुरहेको हुँदा आगामी दिनमा मिलेर अगाडी बढ्न सक्ने सम्भावना रहेको बताउनु भयो ! सामाजिक अभियन्ता तथा बसन्त फिल्मस् प्रा लि का निर्देशक ईश्वर काफ्लेले कतारमा कुनै पनि कार्यक्रम गर्नको लागि पैसा संकलन गर्नु ठुलो कुरा नरहेको तरसबैको मन मिलिदिनु पर्ने कुरामा जोड दिनु भयो ! साथै कतारमा उक्त रेस्लिंग खेलको आयोजना भएको खण्डमा आफ्नो तर्फ बाट बिस हजार कतारी रियल लगानी गर्ने प्रतिबद्ता जनाउनु भयो ! त्यस्तै अन्य सहभागीहरुमा नेपाली जनसम्पर्क समिति कतारका सभापति बिमल सुबेदी , प्रबासी नेपाली मन्चका उपाध्यक्ष गणेश शिवा ले पनि आ- आफ्नो जिज्ञासा र सुझावहरु प्रस्तुत गर्नु भएको थियो ! अप्रिल १६ तारिक कतार भित्रिएका हिमालयन टाइगर कतारमा गठित लम्जुंगेहरुको साझा सामाजिक सस्था लमजुंग सेवा समाज कतारले आयोजना गरेको रमाइलो बनभोज कार्यक्रममा प्रमुख अतिथिको रुपमा पनि सहभागी हुनु भएको थियो ! स्मरण रहोस उहाको जन्मस्थान लमजुङ जिल्ला हो र ब्यबसाय तथा खेलकुदका सन्दर्भमा विश्वका विभिन्न मुलुकभ्रमण गरि रहने उहाको यो कतार भ्रमण गरे मध्यको ४४ औ राष्ट्र पर्दछ र उहालाई हालैनेपाल पर्यटन बोर्डबाट दुई वर्षको कार्यकालका लागि पर्यटन सद्भावना दूतको रुपमा पनि नियुक्त गरेको छ !


Comments