श्रमिकका पक्षमा पत्रकारको कलम
कतार, ४ जेठ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टले महासङ्घको वैदेशिक शाखालाई आगामी दिनमा समेत क्रियाशील भई सशक्त रुपमा निरन्तरता दिन आग्रह गर्नुभएको छ ।
अमेरिकाको एघारौँ दिनको कार्यक्रम सकेर नेपाल फर्किने क्रममा कतार शाखाका पदाधिकारीसँग भेटघाट गर्दै उहाँले कतारमा रहेका श्रमिकका पक्षमा पत्रकारले कलम चलाइरहेको भनी सराहना व्यक्त गर्नुभयो ।
उहाँले यहाँका पत्रकार र श्रमिकका अवस्थाबारे जानकारी पनि लिनुभयो ।


Comments
Post a Comment