कतार: तनहँका अधिकारीको सवारी दुर्घटनामा मृत्यु:
कतार, २ जेठ । रोजगारीका क्रममा सात वर्षदेखि कतारमा कार्यरत पुर्कोट–३ तनहँका धुव्र अधिकारीको शनिबार अपराह्न सवारी दुर्घटनामा मुत्यु भएको छ । चालक पेसामा कार्यरत अधिकारी कतारमा तनहँ सेवा समाज पुर्कोट समाज लगायत सामाजिक सङ्घसंस्थामा समेत आबद्ध भई सक्रिय रहँदै आएका थिए ।
शव नेपाल पठाउन पहल भइरहेको तनहँ समाजका सल्लाहकार कृष्ण पाण्डेले जानकारी दिनुभयो ।
अहिले शव हमाद अस्पातालमा छ । रासस

Comments
Post a Comment