महँगीले मार्यो
- प्रकाश ढकाल,
पोखरा, २५ बैशाख। पोखरा घारीपाटनका रामबहादुर थापा ठेला गुडाउँछन्। ठेला गुडाएरै उनले दैनिक घरर्खर्च र छोराछोरीको शिक्षादीक्षा पूरा गर्नुपर्छ।
उनको घरमा सामान्तया मासिक २० हजार बढी खर्च छ। दिनहुँ काममा गएर पनि १५ हजारमात्रै कमाउने थापालाई महंगीले निकै थिचेको छ। ‘पहिले त दिनमै हजार १२ सयसम्म कमाइ हुन्थ्यो, कोठाभाडा पनि सस्तो थियो, सस्तैमा घरर्खर्च चल्थ्यो’-उनले भने-’कमाई घटयो, महङ्गीले आकास छोइसक्यो, बजारमा सामान छोइनसक्नु छ।’ उनी अहिले मुस्िकलले दैनिक पाँच सय रुपैयाँ कमाउँछन्। तीन छोराका बाबु थापा यो कमाइले घरको भाडा र रासन पानी पुर्याउन पनि निकै कठिन भएको बताउँछन्।
उनीजस्तै म्याग्दीका निर्मल केसी पनि भाइसँगै पोखरामा कोठाभाडामा बस्छन्। उनको सामान्य जागिर छ। मासिक खर्च हिसाब गर्दा ३० हजार नाघ्छ। जागिर खाए पनि बुबाआमाले सँधै घरबाट ऋण खोजेर पैसा पठाउनु परेको उनी सुनाउँछन्। ‘बजारमा जे हेर्यो, त्यही महङ्गो छ, तलबले १० दिन राम्रोसँग खान पनि पुग्दैन’-केसी भन्छन्-’१२-१५ हजारको जागिर हुनेले कसरी खर्च जुटाउनु ?’ पछिल्लो समय बढेको मङ्हगीले झनै समस्या थपेको उनले बताए।
दाल, चामल, तेल, गेडागुडीसहित तरकारीमा समेत Þवातै मूल्य बढेपछि सर्वसाधारण निकै मारमा छन्। पोखरामा दैनिक उपभोग्य वस्तुको मूल्य अहिले निकै बढेको छ। तरकारीमा ५० प्रतिशतभन्दा बढी मूल्यबृद्धि भएको छ भने अन्य खाद्यान्नमा पनि १० प्रतिशतसम्म मूल्य बढेको छ। कृषि उपज बजार सञ्चालक समिति पोखराका निवर्तमान अध्यक्ष रामकृष्ण दवाडी खडेरी र ढुवानीकै कारण तरकारीमा मूल्य बढेको बताउँछन्। ‘खडेरीका कारण तरकारी पाउनै छोडिसक्यो, पाएको पनि किसानले निकै महङ्गो भाउ लगाउँछन्’-उनले भने-’बैशाख महिनामा मात्रै ५० प्रतिशत मूल्य बढ्यो, यो क्रम अझै बढ्नेछ।’ उनका अनुसार गोलभेँडा, सिमी, काउली, बोडी, मुला, करेलाजस्ता तरकारीमा मूल्य अत्यधिक बढेको छ।
गत चैत महिनामा ३२ रुपैयाँको गोलभेँडा अहिले ५० नाघेको छ। यस्तै, सिमी ८० बाट बढेर एक सय २०, काउली ३५ बाट ८५, बोडी ६० बाट एक सय, मूला ४० बाट ९० पुगेको छ। नाकाबन्दीका बेला बढेको ढुवानी भाडा पनि न्यूनमात्रै घटेकाले उपभोग्य वस्तुको मूल्य बढेको दुवाडीको भनाइ छ। ‘नाकाबन्दीमा ढुवानी मुल्य Þवात्तै बढ्यो तर घट्ने बेला न्यूनमात्रै घट्यो’-दवाडीले भने-’यसरी अनपेक्षित रुपमा तरकारीको मूल्य बढेको इतिहासमै पहिलो पटक हो।’ पोखरामा धादिङ, गोरखा, चितवन, तनहुँ, नुवाकोट, काठमाण्डौं र भारतबाट पनि तरकारी आयात हुन्छ।
पोखरा चिप्लेढुङ्गा स्थित मुनाल स्टोसर्का सञ्चालक मोति भुजेलले पनि अनपेक्षित रुपमा खाद्यान्नमा मूल्य बढिरहेको बताए। केही समयपहिले ७२ रुपैयाँ रहेको चिनीको मूल्य अहिले ७७ पुगेको छ। चामल पनि एक किलोमै दुर्इ रुपैयाँ बढिसकेको छ। चनाको मूल्य एक सय २५ बाट बढेर एक सय ४५ पुग्यो। मुसुरोको दालमा पाँच रुपैयाँ बढेर एक सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
‘अहिलेसम्म नाकाबन्दीलाई बाहाना बनाउन सजिलो थियो, अहिले के कारण मूल्य बढेको छ हामीलाई नै थाहा छैन’-भुजेल भन्छन्-’हामीले बढाएका होइनौं, आयातमै महङ्गो परेको छ।’ फेरि नाकाबन्दी हुने होहल्लाले तराइबाट आयात हुने सामानमै खरिद मूल्य बढेको उनको भनाइ छ। ‘आयात रोकिएको बहानामा उपभोक्ताको ढाडै सेकिने गरी मूल्य बढेको छ’-उनले भने-’यसलाई रोक्न अनुगमन र नियमन खाँचो छ।’ व्यवसायीले खरिद गर्दा नै मूल्य बढेर आएको भन्दै उपभोक्तासँग बढी मूल्य लिने गरेका छन्।
दैनिक उपभोग्य सामानको अत्यधिक मूल्यवृद्धि हुँदा पनि त्यसलाई रोक्न स्थानीय प्रशासनले कुनै चासो देखाएको छैन। प्रशासनको बेवास्ताका कारण सर्वसाधारण थप मारमा परेका छन्। उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले अनुगमनका लागि स्वतन्त्र सरकारी निकाय नभएकाले अनुगमन प्रभावकारी नभएको बताए। ‘अनुगमनको अधिकार पाएका निकायको प्राथमिकता अरु नै छ, अनुगमन फुर्सद हुँदा गरिन्छ’-उनले भने-’निरीक्षण अधिकृत तोकेर छुट्टै समिति नबनाएसम्म अनुगमन प्रभावकारी हुन सक्दैन।’
मूल्यवृद्धिको कारण हटिसक्दासमेत नाकाबन्दीमा बढाइएको मूल्य अझै नघटेको उनको भनाइ छ। ‘बजारमा ठग्नेहरू संगठित छन्, ठगिनेहरू संगठित नभएका कारण सँधै ठगिएका छन्’-उनले भने-’व्यवसायीले नाकाबन्दीको अनुचित फाइदा उठाए।’ वस्तु र सेवा दुबैको मूल्य अराजक रुपले बढेको उनको भनाइ छ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण रेग्मीले नाकाबन्दीका बेला व्यवसायीले बढाएको मूल्य नघटेको स्वीकारे। ‘नाकाबन्दीपछि जुन अनुपातमा घट्नुपर्ने हो मूल्य घटेन’- उनले भने-’अब सघन अनुगमन गरेर जथाभावी मूल्य लिने व्यवसायीलाई कारबाही गर्छ।’ अनुगमन नियमित रुपमा भइरहेको भन्दै उनले खाद्यान्नलाई मात्रै लक्षित गरेर अनुगमन गर्ने तयारी भइरहेको उल्लेख गरे।

Comments
Post a Comment