कम्युनिटी भलिबलको लागि राष्ट्रीय खेलाडीहरु कतारमा
रवि रोषी,
दोहा ।नेपालका राष्ट्रिय खेलाडीहरु हिजो साँझ दोहा आईपुगेका छन् । कतार भलिबल एसोसिएसनद्धारा आयोजित कम्युनिटी लिग भलिबल च्याजेज कपमा नेपाली कम्युनिटीका तर्फबाट सहभागी हुन कतार आएका हुन् ।
नेपालबाट आएका खेलाडीहरुमा सन्जय अर्याल, कुल बहादुर थापा, यम रानामगर तथा राष्ट्रिय महिला भलिबल खेलाडी मन्जु गुरुङ रहेका छन् ।
खेलाडीहरुको स्वागतको लागि कम्युनिटी भलिवल च्यालेन्ज कपका लागि नेपाली समुदायका तर्फबाट संयोजक सागर नेपाल, बुद्ध गुरुङ, सहयोगी संस्थाका तर्फबाट तमु सेवा समाज दोहा कतार, चितवन युवा समूह दोहा कतार र कास्की आदर्श सेवा समाज विमानस्थल पुगेका थिए ।
श्रीलंका, भारत, नेपाल तथा फिलिपिन्स विच हुने च्यालेन्ज कप मे ११ र १३ तारिख अल साद स्थित अलि विन हमाद अल अतिया अल साद स्टेडियममा हुनेछ भने मे १२ को खेल भने कतार भलिबल एसोसिएसन न्यु सलाताको इनडुअर हलमा हुने भएको छ ।

Comments
Post a Comment