कतार: किरातीहरुले मनाए पर्व

नबराज वि.क,
जेष्ठ १६ कतार  कतारमा स्थापित तीन किरात संस्थाहरु किरात राई यायोक्खा शाखा, किरात याक्थुङ 

चुम्लुङ र सुनुवार सेवा समाज कतारको संयुक्त आयोजानामा साकेला उभौली र याक्वा तङनाम र 

श्याँदर पिदार येले दोङ्ग तङबे थोचो सम्बत ५०७६ कार्यक्रम सम्पन्न भएको छ ।

किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष अमृत राईले सम्पुर्ण किरातीहरुको एकता आजको आवश्यता हो भन्दै मौलिक संस्कृतिहरुले हाम्रो पहिचानलाई उच्च बनाएको भन्दै सबैले गर्व गर्नु पर्ने बताएका थिए ।
प्रमुख आतिथी नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष सियाराम चौधरीले 

जनजातिभित्र हरेक पर्वहरुमा आफ्नै विशेषता रहेको बताउँदै राज्यले यस्ता राष्ट्रिय पर्वहरुलाई विशेष 

महत्व दिनु पर्ने मा जोड दिए ।

कार्यक्रममा तीन किरात संस्थाहरुले आआफ्नै संस्कार अनुसारको भुमि पुजा गरिएको थियो । 

किराती कलाकारहरुबाट विभिन्न किसिमका मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमहरु तथा मौलिक 

सांस्कृतिक झाकीहरु समेत प्रस्तुत गरिएको थियो ।



Comments