नेपाली जनसम्पर्क समिति कतारको अधिवेशन २७ मे मा: सभापतिमा तीनजनाको उमेदवारी
सभापतिमा वर्तमान कार्यसमितिका महामन्त्री धिरज चाम्लिंग राई, कार्यसमितिका मनोतित सदस्य केशब भुषाल र संस्थापक सल्लाहकार क्रान्ति सिंहले उमेदवारी दर्ता गराएका हुन् ।
गत सुक्रबारलाई उमेदवारी दर्ता गर्ने अन्तिम मिति निर्वाचन समितिले तोके बमोजिम विभिन्न पदका आकांक्षीहरुले उमेदवारी दर्ता गराएका छन् ।
पदाधिकारीहरुमा उपसभापतिको २ पदको लागि ३ जना, महामन्त्री १ पदको लागि २ जना, १ सहमहामन्त्री पद र १ कोषाध्यक्ष पदमा एक-एक जनाको उमेदवारी परेको छ।
१२ जना सदस्यहरुमा १२ वटामात्र उमेद्वारी दर्ता भएका छन् ।
१२ जना सदस्यहरुमा १२ वटामात्र उमेद्वारी दर्ता भएका छन् ।
सभापतिका उमेद्वार चाम्लिंग समितिको इकाई संयोजक, कार्यसमिति सदस्य, सहमहामन्त्री हुँदै महामन्त्रीमा निर्वाचित हुन् भने भुषाल दुई कार्यकाल कार्यसमितिमा मनोनित सदस्य रहेर काम गरेका हुन् । सिंह भने हालसम्म कुनै कार्यसमितिमा रहेर काम गरेका छैनन् ।
सभापति पदकालागि उमेदवार रहेका क्रान्ति सिंहको उमेदवारी विधान सम्वत नभएको भन्दै समितिका महाधिवेशन प्रतिनिधी एकराज राईले निर्वाचन समितिमा उजुरी दर्ता गरेका छन् । 'नेपाली जनसम्पर्क समितिको विधानको परिच्छेद चारको दफा (१३,च) को मर्म विपरित सिंहको उमेदवारी परेको देखियो,त्यसैले निर्वाचन समितिमा उजुरी दर्ता गराएको छु' प्रतिनिधी राईले बताए । 'सिंह संस्थापक सल्लाहकार बाहेक हालसम्मका कार्यसमितिको कुनैपनि पदमा रहेर काम गरेको भेटिएन' उनले भने ।
सल्लाहकार कार्यसमितिको निर्णायक हिस्सा नहुने बताउँदै राईले भने 'विधानको अपव्याख्या गर्न कसैले मिल्दैन' ।
सभापति पदका आकांक्षी सिंह बिधान मस्यौदा उपसमितिका संयोजक समेत हुन् ।
समितिको बिधानको परिच्छेद (४,१३च) मा सभापति र महामन्त्रीमा उमेदवारी दिन कम्तिमा एक कार्यकाल कार्यसमितिको कुनैपनि पदमा रहेर काम गरेको हुनुपर्ने प्रष्ट प्रावधान छ ।
निर्वाचन समितिले सहमतिको लागि बुधबारसम्म अन्तिम प्रयाश गर्ने ,सहमती हुन नसके निर्वाचनको पुरा तयारी गरिएको 'जनाऊ' निर्वाचन समितिले दिएको नाम नबताउने शर्तमा कार्यसमितिका एकजना सदस्यले जानकारी दिएका छन्।
यहि २७ मे मा हुन गई रहेको चौंथो महाधिवेशनबाट समितिको नयाँ कार्यसमितिको चयन हुँदैछ ।
सात प्रदेशको आधारमा, इकाई समितिहरु, भगीनी समितिहरु, संस्थापक सदस्यहरु, वर्तमान तथा पुर्व कार्यसमिति एवं सल्लाहकार सदस्यहरु गरी करीव २ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधीहरुको सहभागिता श्रोतले बतायो।
सात प्रदेशको आधारमा, इकाई समितिहरु, भगीनी समितिहरु, संस्थापक सदस्यहरु, वर्तमान तथा पुर्व कार्यसमिति एवं सल्लाहकार सदस्यहरु गरी करीव २ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधीहरुको सहभागिता श्रोतले बतायो।
नेपाली काँग्रेसको विदेस स्थित भात्री संगठन नेपाली जनसम्पर्क समिति कतारको महाधिवेशनलाई सम्वोधन गर्न काँग्रेसका केन्द्रीय सदस्य द्वय शंकर भण्डारी र बिश्वप्रकाश शर्मा कतार आउंदै छन् ।
पदाधिकारीका लागि उमेदवारहरुको नामावली:
सभापति:
धिरज चाम्लिंग राई
केशब भुषाल
क्रान्ति सिंह
उपसभापति:
अर्जुन चापागाई (आसीफ अहमद)
सुनिल मण्डल
शंकर न्यौपाने
महामन्त्री:
अजीज अली
देवराज राई
सह-महामन्त्री:
केदार भुषाल
कोषाध्यक्ष

Comments
Post a Comment