नेपाली जनसम्पर्क समिति,कतारको महाधिवेशन सम्पन्न: कतारका तनहुँबासीले गरे 'गहिरो दुख मनाऊ'

करीम,
१७ जेठ कतार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा शंकरभण्डारीले मुलुक परिवर्तन र विकासका निम्ति इतिहासमा योगदान दिने पृथ्वीनाराण शाहको योगदान र इतिहासलाई सम्मान गर्नुपर्ने बताएकान्
नेपाली जनसम्पर्क समिति कतारको शुक्रबार भएको चौथो महाधिवेशनलाई सम्वोधन गर्ने क्रममा सो धारणा व्यक्त गरेका हुन् । 
कार्यक्रमलाई सम्वोधन गर्दै भण्डारीले भने 'काँग्रेसको नियति अचम्मको छ प्रतिपक्षमा बसे के हेरेर बसेको छ काँग्रेस भन्छन् सरकारको कुरा गरे सत्ता लिप्साको आरोप लाग्छ' उनले भने 'हरेक परिवर्तनको नेतृत्व काँग्रेसले गरेकोले कांग्रेसको काँधमा ठुलो जिम्मेदारी छ' उनले बताए
काँग्रेसका नेता विश्वप्रकाश शर्माले मुलुकमा नै रोजगारीको अवसर राज्यले तय गरेर नेपालमा नै दक्ष जनशक्ति उत्पादन गरे मात्र राजनीतिक दलहरु सफल हुने बताए
महाधिवेशनले सभापति केशव भुसालको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

तनहुँबासीको दुख मनाऊ:

काँग्रेसको भात्री संगठनलाई सम्वोधन गर्न कतार आएका भण्डारीलाई तनहुँ सेवा समाजले सम्मान गर्ने कार्यक्रम भन्डारीको अनुपस्थितिले हुन सकेन
आयोजक संस्था नेपाली जनसम्पर्क समितिसित समय मागेर सहमती मै तय गरिएको सम्मान कार्यक्रममा भण्डारी न आएपछि कतार स्थित तनहुँ बासीले गहिरो दुख मनाऊ गरेका छन्
समाजका अध्यक्ष तोयानाथ पौडेलले एक विज्ञप्ति जारी गरी भनेका छन्- "प्रवासको ठाउँमा आफ्नै जिल्लाबासी युवानेता तथा जनप्रतिनिधि आई रहँदा भेटघाट गरी सम्मान गर्नु हाम्रो दायित्व महशुस गरेका थियौ । श्रमिकहरुको समस्याहरु राख्दै समाधानमा पहल गर्नु हुनेछ भन्ने आशापनि राखेका थियौ । तथापी दुखका साथ भन्नु पर्दा जिल्लाबासीप्रति उहाँले गर्नु भएको बेवास्थाप्रति हामी निकै दुखित भएका छौ ।"
आयोजक संस्था नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरुसित पटकपटक फोन संवाद हुँदा 'आउंदै छौं' भनेर अन्तिम समयमा न आएको गुनासो पौडेलले गरे कार्यक्रम तय भएको समयदेखि करीव तीन घण्टा प्रतीक्षा गरेर अन्तत: कतारका तनहुँबासी निरास भई फर्किनु परेको हो



Comments