दाङ देउखुरी सेवा समाजद्वारा अग्निपीडितलाई राहत


कतार, १२ जेठ । गङ्गापरस्पुर–६ र ८ नम्बरका अग्निपीडितलाई दाङ देउखुरी सेवा समाज कतारले रु एक लाख ७० हजार ५११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
समाज सचिव देवेन्द्र बुढाथोकीले पीडाको बेला प्रवासीबाट सकेको सहयोग गर्रौ भन्ने हेतुले उक्त सहयोग रकम जुटाइएको जानकारी दिनुभयो । कतार बाहेक बहराइन र अन्य मुलुकबाट समेत सहयोग जुटाइदिने सबैलाई उहाँले धन्यवाद दिनुभयो ।
रोजगारीको सिलसिलामा कतारमा आएका दाङवासी समाज स्थापनासँगै सामाजिक कार्यमा समेत सक्रिय छन् । रासस

२०१६/०५/२६ १३:५९

Comments