बुटवल: परीक्षा दिन हिंडेकी जाबेद खान सम्पर्क बिहिन

मेमनेपाल,
जेष्ठ ५, बुटवल । कक्षा ११ को परिक्षा दिन गएका बुटवलका एक युवा ४ दिनदेखि बेपत्ता भएका छन् ।  
बुटवल-७, का १७ बर्षिय जाबेद खान सम्पर्क बिहिन भएका हुन् । घरबाट परिक्षा दिन गएको अहिलेसम्म घर नफर्केकाे परिवारजनले जनाएका छन् ।
उनलाई कहिं कतै फेला पारेमा  ९८५७०२१२२१,९८५७०३६७८६ वा  ०७१-५४५७८६ मा सम्पर्क गरिदिनुहुन वा  नजिकको प्रहरी कार्यालयमा बुझाई दिन  उनका बाबु जमिल खानले अपिल गरेका छन् । 
खान बुटवलकाे न्यू हाेराइजनमा ११ कक्षामा अध्ययनरत थिए ।
कलेजको यूनिर्फम लगाएर जेठ २ गते बिहान ६ बजे घरबाट हिंडेका खानले लु२१प ५७७५ नम्बरको रातो एफजेट मोटरसाइकल समेत लिएर गएका थिए ।
उनी परिक्षा दिनका लागि घरबाट हिंडेपनि परिक्षा स्लथलमा नपुगेको बिधालय प्रशासनले बतायो । 
करीव स्वराज्य बजेदेखि उनको मोबाईल स्विचअफ भएको उनका बाबु खानले बताएको नागरिक आवाजमा उल्लेख छ ।

Comments