जेबिडी पब्लिकेशनले इस्लाम संवन्धि झुठो पाठ्यक्रम ल्यायो: मुस्लिम समुदायमा चर्को आक्रोश

करीम बख्श, 
३१ बैशाख। जेबिडी  पब्लिकेशन प्रा. लि. ले कक्षा ८ को सोसियल इस्टडी एन्ड  पपुलेशन एजुकेशन नामक पुस्तकमा ईस्लाम धर्मका अन्तिम संदेश्ठा पैग़म्बर हजरत मोहम्मद  (सल्लल्लाहु अलैही व सल्लम) को जन्मस्थल र जन्ममितिका बारेमा गलत जानकारी दिएको छ। 
पब्लिकेसनले प्रकाशन गरेको पुस्तकमा मोहम्मद (सल्लल्लाहु अलैही व सल्लम)को जन्म जेरुसेलममा ५७० इस्वी संवतमा भएको जनाएको छ। 

इस्लाम धर्मका अन्तिम सन्देश्ठा पैगम्बर हजरत मोहम्मद (सल्लल्लाहु  अलैही व सल्लम) को जन्म हालको साउदी  अरबस्थित मक्का शहरमा अरबिक क्यालेन्डर हिजरी संवतको तेस्रो महिना रब्बिउल औवलको १२ तारीक तदानुसार ५७१ इस्वी २० अप्रिल  सोमवारको बिहान करीव ०४:१० देखी ०४:३५ को विचमा भएको तथ्य इतिहासमा दर्ज छ भने यसलाई ईस्लामिक ज्ञाताहरुले पुष्टी  गरेका छन्। 

जेबिडी पब्लिकेशनले तथ्य भन्दा बाहिर रहेर इतिहासलाई बंग्याउने काम गरेको भन्दै मुस्लिम समुदायमा आक्रोश र चिन्ता बढेर गएको छ।

केही समय पहिला हिजाब लगाएको भन्दै राजाधानीस्थित भानुभक्त मेमोरियल उच्च माध्यामिक विद्यालयले नाजमिन फातिमा इर्शादको भर्ना लिन अस्वीकार गरेको घटना र कोशेली प्रकाशनले कक्षा ८ को सामाजिक शिक्षा बिषयमा दाईजो, देउकी, छुवाछुत प्रथा जस्तै हिजाबलाई पनि 'सामाजिक बिकृति' को रुपमा प्रस्तूत गरेको घटना सेलाउन नपाउंदै जेबिडी  ले भ्रामित बिषय प्रकाशन गरेको हो। 

शैक्षिक क्षेत्र जस्तो पवित्र संस्थानमा नै  एकपछि अर्को भ्रामक पाठ्यक्रम प्रकाशन गर्दा यसले बालबालिकाको मष्तिकमा गलत शिक्षा त जान्छ नै यस्तो हरकतले ईस्लाम र ईस्लामिक इतिहसको  गलत प्रचार हुने भन्दै नेपाली मुस्लिम  समुदायले चर्को विरोध र चाँसो व्यक्त गरेका छन। 

सामाजिक सन्जाल लगायत बिभिन्न माध्यम मार्फत यसको घोर निन्दा गर्दै अविलम्व यस्ता करतुत सच्याउन र सम्वन्धित पक्षको ध्यानाकर्षण गराउन मुस्लिम समुदायले जेबिडी  पब्लिकेशनलाई दवाव दिन मुस्लिम समुदायका सामाजिक अभियन्ताहरु प्रकाशक समुहलाई भेट्ने तयारी गरेका छन्।

Comments