चीन भ्रमणमा मधेशी युवाको पनि सहभागिता हुनुपर्छ: डा. पञ्जियार
मेमनेपाल,
काठमाडौं, २९ बैशाख । आगामी जेष्ठ ६ गते चीनमा हुन लागेको ‘युथ कल्चर फेस्टिवल’मा सत्तारुद्ध नेकपा एमालेले आफ्ना कार्यकर्ताहरुलाई मात्र सहभागी गराउन खोजेको भन्दै मधेशी युथ थिंक ट्यांकका अध्यक्ष डा. विनय पञ्जियारले विरोध जनाएका छन् । समानुपातिक समावेशिताको सिद्धान्तलाई सत्ता सञ्चालक नेकपा एमालेले नै खिल्ली उडाएको आरोप अध्यक्ष डा. पञ्जिायरको छ ।
मधेशी युथ थिंकट्यांकका उनले बुधबार प्रेस विज्ञप्ति जारी गरी खस समुदायबाट जम्बो टोली उक्त कार्यक्रममा राज्य कोषको दुरुपयोग गरी जान लागेकोले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले नेपालका हरेक समुदायको समानुपातिक सहभागिता हुनुपर्ने माग नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेका छन् ।
पञ्जियारले सबै समुदायका युवाहरुसँग छलफल गरी उक्त कार्यक्रममा हरेक समुदायका युवाको समानुपातिक समावेशी सहभागिता हुनुपर्ने माग गरेका छन् । मुलुकका अन्य समुदायलाई बेवास्ता गरी भ्रमणमा अन्य समुदायलाई बेवास्ता गरियो भने आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत डा. पञ्जियारले दिएका छन् ।
यसैगरी, सत्तारुढ दल मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का भ्रातृ संगठन मधेशी विद्यार्थी फोरम, नेपाल (लोकतान्त्रिक)ले पनि चीन भ्रमणमा मधेशी समुदायका युवाको पनि सहभागिता हुनुपर्नेमा जोड दिएका छन् । विद्यार्थी फोरम लोकतान्त्रिकका अध्यक्ष कपलेश्वर यादवले मधेशी युथ थिंक ट्यांकको यस कार्यमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् ।

Comments
Post a Comment