विचार: माओवादी एकता किन र के का लागि ?
| रोशन खरेल |
एकता गर्नै नचाहेको एमाओवादी हेटक्वाटर आज आफ्नो योजनामा सफल भएर फेरि बादल दाईलाई घर फर्काउदै छ । कारण माओवादी कमरेड डा भटराईको र कमरेड विप्लवको पार्टी भित्र बढ्दै गहिरहेको लोकप्रियताले नेतृत्व नै कब्जा हुन सक्ने डरले माओवादीमा नारायणकाजीलाई ल्याएर एमाओवादी बनाइयो । अनि वैध , विप्लव निकट र बाबुराम निकटलाई बिस्तारै बिस्तारै हिट गर्दै जाँदा पालुङटार बैठकले प्रचन्डको ढक्कन खुलाईदियो र एकाएक प्रचन्ड डा भटराईको बाटो समाती हिंडे र आफूमाथि आएको खतरा लाई टार्न थाले । त्यस पछि देव गुरुङलाई अर्थमन्त्रि हुन नदिने योजनामा हेटक्वाटर लाग्यो र त्यही काण्डबाट पार्टी विभाजनमा आयो । हेटक्वाटर आफ्नो अनकुल मात्र खोज्न थालेपछि पार्टीभन्दा ब्यक्ति प्रधान हुदै गयो र विप्लव, वैधलाई उचाल्न लगाई बादल प्रयोग गरी पार्टी फुटाईयो ।
यता ३० बर्षसम्म साथ दिएका भटराईलाई प्रचन्डले शंकाको नजरले हेर्न छाडेनन् र अन्तत: चलाख र बैमान प्रचन्ड नसुध्रने देखेपछी भटराईले २०१९ देखि कम्युनिस्टमा देखिएको बिचल्लनको गम्भीर समीक्षा गरी कम्युनिस्ट पार्टीको सदस्यता नै त्यागिदिए । अनि आफ्नो हिसाबले नयाँशक्तिको बहस २०७० देखि चलाउँदै आएका भटराई प्रचन्ड नसुध्रने देखेर बिराटनगर महाधिवेशनबाट पद त्यागी पार्टी भित्र बहस गर्दै आएका उनको उद्देश्य जसरीपनि संविधान घोषणा गर्नु पर्छ भन्ने रह्यो र त्यसैमा उनी लागे, तर प्रचण्डले पटक-पटक संवैधानिक समितिको सभापतिबाट राजिनामा दिन लगाउने सम्मको हर्कत गरेको देखेर भटराईले प्रचन्डको मनशाय बुझेर उनले २०७३/०६/०८मा एमाओवादी सहित कम्युनिस्ट त्यागिदिए ।
उता एमालेमासँग पार्टी एकता नहुने भए पछि मात्रिका , मणि थापा र आफ्नो योजनाको गोटी बादललाई फर्काउदै माओवादी एकता भन्दै छन । तर भटराई र विप्लवको डरले पार्टी विभाजन गराउने प्रचन्ड नै माओवादी एकता भन्नु पुर्व सहिदको घर परिवार , घाइतेहरूको पीडा , बेपत्ताहरुको छोराछोरी आमाबुबाको आँसुले सराप्ने छ भन्ने कुरा सबैले महसुस गर्नु जरुरी छ । भट्टराई र विप्लवलाई पार्टीबाट साइड लगाउने योजनामा इमान्दार क. किरणलाई गौ पिस्दा घुन पिसिए झै भए । कारण डा भटराई र अर्का युवा पुस्ताका नायक विप्लवको पार्टी भित्र बढ्दै गहिरहेको र बाहिर पनि बढ्दै गहिरहेको जनलहरको कारण प्रचन्ड पदबाट गुट बन्दीको सुरुवात भयो र हाल विप्लव जनयुद्दको दिर्घकालिन जनसत्ता सरकारको निमित्त भन्दै एक समूह सहित लागे भने डा भटराई जनयुद्द कै सम्व्रिद्दी र सम्पन्न मुलुक बनाउन भन्दै नयाँशक्तिमा लागे ।
प्रचन्डको आफ्नै व्यक्तिगत महत्वाकांक्षाको कारण किरण दाईलाई ज्यूँदो सहिद र उहाँको इमान्दारीताको धज्जि उडाए । त्यो पनि हिजो मातृका , मणि , रबिन्द्र , मुबाराम खनाल र बादल तिनैले प्रचन्ड फटाहा हुन, गद्दार हुन भारतिय 'रअ'को एजेन्ड हुन, क्रान्तिलाइ बिसर्जन पारे भन्नेहरु आज उनै प्रचन्ड लाई 'रास्ट्रवादी' भन्दै एकता गर्नुको पछाडि यिनलाई अब जनता , विदेशी र स्वदेशी व्यापारी, उधोगपति र कार्यकर्ता बिनाको नेता हुन पुगेका र आफ्नो अस्तित्व रक्षाको लागि मात्र एमाओवादीमा प्रबेश गर्नु बाहेक अरु केही नभएको होइन ।
हिजो मातृका र मणि थापासम्मलाई डा जेबि शाहले एकता गर्न आग्रह गर्दा यिनै हुन् प्रचन्डलाई गद्दार भन्ने, तर आज एकाएक प्रचण्डको अँगालोमा देख्दा अचम्म पर्दैछु ।
यो एकता हो कि आत्म रक्षा कमरेड ?
लेखक नयाँशक्ति नेपाल कतारका संयोजक हुन्.

Comments
Post a Comment