मोना कतारको मनोरन्जनात्मक कार्यक्रम सम्पन्न: "वाइफाई फ्री जिल्ला" बनाउन सहयोग गरिने

जेष्ठ १७, कतार l म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति (मोना) -कतारले आयोजना गरेको बिबिध मनोरन्जनात्मक कार्यक्रम २०१६ भब्य तथा सभ्य रुपमा सम्पन्न भएको छ l 
म्याग्दी जिल्लाको बहुप्रतिष्ठित प्रोजेक्ट "वाइफाई फ्री जिल्ला" बनाउन सहयोग पुराउने उदेस्य सहित ‘ग्रामिण सञ्चार बिकासका लागि सहयोगार्थ’ शिर्षकमा कार्यक्रम आयोजना गरिएको थियो l 
 
आरम्भ मै मन्तब्य मार्फत आतिथिहरुलाई स्वागत गरिएको थियो, तत्पश्चात अतिथिहरुको आसन ग्रहण तथा कार्यक्रमको उद्घाटन गरिएको कार्यक्रममा स्थानीय र नेपालबाट आएका कलाकारहरुले आफनो आफनो प्रस्तुति दिएका थिए l 
निर्धारित समय भन्दा केहि ढिलो सुरु भएको उक्त कार्यक्रम शुरु मै कतारमा कार्यरत स्थानीय पप गायक दामोदर न्यौपानेले ThE Sidn Band को रगत पसिना र राष्टिय भाबले ओतप्रोत रातो र चन्द्र सुर्य जंगी निसान हाम्रो भन्ने गीतबाट समारोहलाई संगीतमय बनाएका थिए l 
 
'जे भने नी सहने बानी पर्या छ' भन्दै स्टेजमा उक्लेकी राष्ट्रीय लोकदोहोरी गायिका निशा केसीले आफनो सुमधुर स्वरले सबैको मन जितिन् l तन्नेरी दर्शकलाई उठेर नाच्न बाध्य बनाएकी उनले 'लोभै लाग्ने जिउ, भिरमा गाईको बाच्छी, सम्झानाले सार्है रोए र सहनाई रोलाकी' लगायतका आधा दर्जन भन्दा बढी गीत गाएकी थिइन् l आफनै कला र शैलीले भरिएको गीत उनको भाकामा र भावमा प्रस्ट देखिन्थ्यो l
कार्यक्रममा मोना कतारका कार्यसमिति सदस्य तथा नृत्यकार देबिन्द्र गर्बुजाको तिरिरी मुरली बज्यो बनैमा लौ माया नमारे बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेर सबैको मन जितेका थिए l त्यस्तै गायक रेशम परियार,बिष्णु परियार , संगम बिस्वकर्मा र नबिन सुब्बाले आफनो दमदार गायकी प्रस्तूत गरेका थिए l 
 
राष्ट्रिय स्तरमा ख्याती कमाएकी लोकदोहिरी गायिका देविका केसीले 'बाजी ठोकम आऊ' भन्दै सबैलाई नचाउन सफल भएकी थिइन्,  बसन्त फिल्म प्रालिका सचिब तथा लोक गाएक शरदपाण्डेले 'फुल फुलेर पहेलै भयो आधा जिबन नेपाललाइ भयो आधा जिबन कतारलाई भै गयो' भन्दै सबैलाई नाच्न बाध्य पारे l 'इन्डियाको भर नापरम चाइना तिर जाम' भन्दै स्टेज चढेका गायक युबराज छन्त्यालले दमदार प्रस्तुति दिए l कमेडी डान्सर नारयण बराइलीको कमेडी नृत्य प्रस्तूत गरेका थिए भने  टंक थापा अजय परियार र  लोकेश बिसी, नन्दा परियार र रिमा लामाले कलात्मक नृत्य प्रस्तूत गरेका थिए l 
प्रमुख अतिथि मोना अन्तर्राष्ट्रीय समितिका अध्यक्ष योगेन्द्र बहादुर क्षेत्रीले मोना कतारको एतिहासिक कदम कार्यक्रम र कार्य शैलीको खुलेर प्रशंसा गर्दै आफुलाई आमन्त्रण गरेकोमा आयोजकलाई धन्यबाद दिए l 
कार्यक्रमको मुख्य प्रायोजक समेत रहेका बसन्त फिल्म प्रालिका म्यानेजिंग डाइरेक्टर ईश्वर काफ्लेले कार्यक्रमको प्रसंसा गर्दै संस्थागत सहकार्यले आपसी मित्रता बलियो भएको जिकीर गर्दै मोना कतारलाइ धन्यबाद दिदै अभियानको सफलताको शुभकामना व्यक्त गरे l 

कार्यक्रममा ब्यबासायी तथा समाजसेबी आर.के शर्मा लगायतका वक्ताहरुले शुभकामना व्यक्त गरेका थिएl   
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई विशेस धन्यबाद दिंदै कार्यक्रमका सभापति गणेश श्रेष्ठले कार्यक्रमको समापन गरेका थिए l 
कार्यक्रमको संचालन महासचिब तिलु शर्माले गरेका थिए l
 

तस्वीरमा-



Comments