नेपाली जनप्रगतिशील मन्चको चौंथो अधिवेशन १५ अप्रिलमा: ' नेता श्रेष्ठले सम्वोधन गर्दै'
मेमनेपाल,
चैत १७, कतार । एमाओवादी नेता तथा पुर्ब उपप्रधानमन्त्री एवं परराष्ट मन्त्री नारायणकाजी श्रेष्ठ कतार आउने भएका छ्न् ।
यहि अप्रील १५ मा हुन गई रहेको नेपाली जनप्रगतिशिल मंच कतारको चौथो महाधिवेशनलाई सम्वोधन गर्न एमाओवादीका उपाध्यक्ष समेत रहेका नेता श्रेष्ठ प्रमुख अतिथिका रुपमा कतार आउन लागेका हुन् । उनको साथमा एमाओवादीका युबा नेता तथा बिदेश बिभाग सचीव तथा केन्द्रिय सदस्य युबराज चौलागाईं पनि आउने भयका हुन् ।
दोहा स्थित स्थित माज्जा रेस्टुरेन्टमा हुन लागेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी महाधिवेशन आयोजक समिती सदस्य शनि कुमार ओलीले जानकारी दिएका छ्न ।
मन्चको चौंथो महाधिवेशनलाई सम्बोधन गर्न आउन लागेका नेता श्रेष्ठको कतार बसाईमा यहाँका विभिन्न सरकारी निकायमा भेटघाट समेतको कार्यक्रम रहेको संयोजक ओलीले बताए ।
मन्चको अधिवेशनको पूर्व सन्ध्यामा संगठनात्मक प्रशिक्षण दिनको लागि नेता चौलागाईं १२ तारीख नै कतार आउदै छन भने नेता श्रेष्ठ भने १३ तारिखमा आउने छन ।
साथै महाधिवेशनलाई सुभकामना दिन खाडी मुलकमा रहेका जनप्रगतिशिल मंचहरुका प्रमुख तथा प्रतिनिधि समेत आउने भएका छन ।
स्थापना कालदेखि नै मजदुर एजेन्डा सस्क्त रुपमा उठाउदै आएको मंचको महाधिवेशनलाई सबै तिरबाट चाँसोको रुपमा हेरिएको छ ।
एमाओवादीभित्र सादा र मध्यमार्गी नेताका रुपमा परिचित नेता श्रेष्ठ एमाओवादीको बिदेश बिभाग प्रमुख समेत हुन ।



Comments
Post a Comment