अनेसास-नबोदित साहित्यिक बाचनलयको ५६औ डबली संगै "खोटांगका गजलहरु" प्रकासन
दिलिप पराजुली , दोहा । अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज कतार च्याप्टर र नबोदित साहित्यिक वाचनालयको संयुक्त आयोजनामा कतारमा साहित्यिक वाचन श्रृंखलाको ५६औं डबली सम्पन्न भएको छ । शुक्रबार दोहाको बि रिंग रोड स्थित भुइयाँन रेष्टुरेन्टमा सम्पन्न भएको छ | वाचन श्रृंखलाको ५६ औं डबलीमा विशिष्ट श्रोताको रुपमा बिनोद भट्टराई रहेका थिए । अन्य हप्ताको भन्दा केहि फरक देखिएको कार्यक्रममा खोटांगे सर्जकहरुको संयुत्त प्रस्तुतिमा निकालिएको गजल संग्रह "खोटांगका गजल" सार्बजनिक गरिएको थियो | अनेसास नवोदितको कार्यक्रममा यसरि कृति सार्बजानिक गरिएको यो तेस्रो पटक हो |
कतारमा हरेक महिनाको दोश्रो शुक्रबारका दिन वाचन श्रृंखलाको आयोजना गर्ने गरिन्छ । प्रवासमा रहेर नेपाली कला र साहित्यको प्रष्फुटन गर्ने राम्रो मौका आयोजकले मिलाएको छ । कार्यक्रममा श्रोताहरु कवि बिनोद खड्का , नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडे, गोर्खा सेवा समाज कतारका अध्यक्ष सुदर्शन भट्ट, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री धिरज चामलिंग राई, देबराज राई लगायत बिभिन्न साहित्य अनुरागी दर्शकहरुको बाक्लो उपस्तिथी रहेको थियो | कार्यक्रममा २८ जना भन्दा बढी साहित्यिक व्यक्तीहरुले आफ्नो सृजना वाचन गरेका थिए । कार्यक्रमलाई संयोजक लेख कार्कीले सन्चालन गरेका थिए । राष्ट्रिय गानसँगै उद्घाटन गरिएको कार्यक्रमा यादब रेग्मी, सन्तोष अधिकारी,अविनाश सापकोटा,राम सान्पंग राई, देबिन्द्र बुढाथोकी, मणि भिखारी,ईश्वर शाही, टिका खड्का, प्रेम भट्टराई, केशब खनाल, चक्र कार्की, बुध राज राई, बिनोद अधिकारीले गजल सुनाएका थिए भने दिलिप पराजुली, सिताराम थापा, तिर्थ संगम राई, रमेश सिपाली, बिनोद खड्का, अब्दुल रजक,ओम दाहाल,पोश कुमार राई, दिप मिलन, राजन राई, इनोसेन्ट राजन, निराजन लुइँटेल, रुप रसाइली,श्याम रानाभाट, मदन दोषीले गजल सुनाएका थिए भने बेचन महतोले गित गुनगुनाएका थिए |
कार्यक्रममा खोटांगका गजलहरु को बिमोचन गरिएको थियो | जसमा नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष गणेश प्रसाद बन्जाडे, अनेसास कतारका अध्यक्ष तिर्थ संगम राई, नबोदित साहित्यिक वाचनालय कतारका कार्य बाहेक अध्यक्ष सिताराम थापा, कबि बिनोद खडकाका हातबाट कृति बिमोचन गरियको थियो | प्रकाशक टोलि मध्य बाट गजलकार प्रेम प्रसाद भट्टराईले पुस्तकको बारेमा थप जानकारी दिएका थिए भने सम्पूर्ण साहित्य अनुरागीलाई खोटांगका गजलले गजलको विधामा अर्को नया आयाम थपेको बताए | त्यस्तै लेख कार्कीले यो पुस्तकमा यौटा जिल्ला भरिका साहित्य अनुरागी लाई समेट्ने कोषिस गरेको बताए | पुस्तक प्रकाशनका क्रममा जम्मा पचास भन्दा बडी रचना आएकोमा सम्पादन टोलीले छाट काट गरि गजल प्रकाशन गरेका थिए |
त्यस्तै पुस्तकको बारेमा बोल्दै गजलकार श्यामराज रानाभाटले खोटांगका गजलमा एकदम मिठा मिठा रचना रहेको बताए | यौटा जिल्ला बाट यतिका धेरै गजल निकाल्नु कुनै पनि चानचुन कुरा नभएको बताउदै उनले यसरि नि आगामी दिनमा नया रचना हरुको पनि प्रकाशित कृति पढ्न पाइओस् भन्दै शुभकामना दिए | गजल संग्रहका प्रकाशक टोलीमा लेख कार्की, प्रेम प्रसाद भट्टराई र मणि पौडल 'भिखारी' रहेका छन | यी तिनै गजलकार अहिले दोहाका जल्दा बल्दा रुपमा गजल लेखनमा भेटिन्छन ।
कार्यक्रमको अन्तिममा विशिष्ट स्रोता बिनोद भट्टराईले लामो समय देखि चलेको यो डबलीलाई निरन्तरता दिनुपर्ने बताए | २०१० को सेरो फेरोमा दोहाको साहित्य एकदम धमिलिएको थियो त्यो अवस्था बाट आएर दुइ वटा सस्था यौटै भई कार्यक्रम गरेको हेर्न पाउदा निकै खुशी लागेको बताए | आफु निकै साहित्य प्रेमी भएको बताउदै भट्टराईले समयको कारणले डबलीमा उपस्तिथी हुन् नसकेको बताए | भट्टराई दोहाका विभिन्न सामाजिक संघ सस्थामा सक्रिय व्यक्ति हुन् भने हाल गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्यव परिषद कतारका सदस्य समेत हुन् |
प्रवासमा रहेर पनी साहित्यको जमघट हुनुले नेपाली साहित्य र सृजनामा थप टेवा पुगेको बताए । उनले सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए ।

Comments
Post a Comment