जागरुक युवा समाज,कतारको शुभकामना तथा बनभोज कार्यक्रम

अप्रिल २६ दोहा  । नेपाल जागरुक युवा समाजले आयोजना गरेको नयाँ बर्ष २०७३ को शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
कतारको राजधानी दोहाबाट करिब ५० किलोमिटर टाढा रहेको अलसहानिया अल दुसारी जु गार्डेनमा कार्यक्रमा आयोजना गरिएको थियो । शुभकामना आदान प्रदान एवं बनभोज कार्यक्रमलाई भरपुर मनोरञ्जन र प्रभावकारी बनाउनको लागि छोटो औपचारीक कार्यक्रम गरी अधिकाशं समय मनोरञ्नात्मक कार्यक्रम गरी सम्पन्न गरिएको थियो ।
 
कार्यक्रमका विशेष अथिति रहनु भएका गैर आवशीय सस्था -कतारक सदस्य श्री माईला तामांगले छोटो समयमै जागरुक युवा समाजले धेरै सामाजिक कार्य गरेको र आगामी दिनमा पनि तेस्तै काम गर्नेमा आशा राखेको बताउनु भएको थियो। सस्थाका सल्लाकारद्वय श्री दिपक ढकालले जागरुक युवा समाज नेपाल बिशुद्ध अराजनैतिक सामाजिक सस्था रहेकोले नेपाल र नेपालीको हैतेसी भएर अगाडी बढ्ने बताउनु भयो। सल्लाकारद्वय श्री रबिन्द्र पोखरेलजीले सबैको साथ भए मात्र एकीकृत सामाजिक कार्य गर्न सक्ने बताउनु भएको थियो।
सस्थाका सचिब श्री बिनोद सुबेदीले सहभागिलाई स्वागत गर्दै संस्थाको उदेश्यबारे उपस्थित महानुभावहरुलाई सम्बोधन गर्नु भएको थियो । कार्यक्रम बोल्दै अध्यक्ष सन्जिब रंजितकारले जागरुक युवा समाज तपाईहरु सबैको साझा संस्था हो यसमा तपाईहरु सबैको सक्रिया सहभागिता जरुरी छ, यसमा सबै यहाँ सहभागि साथीहरु र कार्य व्यस्तताले यहाँ उस्थित हुन नसक्नु हुने साथीहरुलाई संस्थामा आवद्ध भई संस्थाको कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाई दिनु हुन आग्रह गर्नु भयो ।
सस्थाका संरक्षक तथा कार्यक्रमको मुख्य संयोजक श्री बिरेन्द्र प्रसाद पन्तले सबैलाई शुभ-कामना प्रदान गर्नु भएको थियो।कार्यक्रमको होस्टिंग श्री राज कुमार चुवानले गर्नु भएको थियो। जागरुक युवा समाजले २०१५ जनवरी १ तारिख स्थापना भै सथापना कालदेखि नै सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ।सस्थाको सक्रियतामा गत बैसाख १२ ,२०७२ गते नेपालमा गएको महाभुकम्प पिडितलाई राहत वितरण गरेको राहत वितरण गरेको थियो। साथै आर्थिक आभाब भएर कतार बाट नेपाल जान नपाएका नेपालीहरुलाई हवाई टिकेट काट्ने,स्वस्थ उपचारमा आर्थिक सहयोग गर्ने कार्य गर्दै आइरहेको छ।
त्यसैगरी कार्यक्रमा विभिन्न सांगितिक एवं चिट्टा खेलबाट सहभागि महानुभावहरुले भरपुर मनोरञ्जन लिएका थिए । चिट्टा खेल संस्थाका सल्लाकार श्री दिपक ढकालले अत्यान्तै मनोरञ्जतात्मक तरिकाले संचालन गर्नु भएको थियो। चिट्टाका विजेताहरुलाई संस्थाका द्धितीय उपादक्ष्य श्री राज कुमार चुवानले पुरस्कार वितरण गर्नु भएको थियो साथै कार्यक्रममा राजु घले ,रेशम गुरुङ , भगत राई, प्रविन नापित, दिनेश नहर्की र अशोक लगायतका कलाकारहरुको सांगितिक प्रस्तुतिले कार्यक्रमलाई रौनक बनाएको थियो ।
कतारको सरकारी विदा हुने दिन शुक्रबार आयोजना भएको कार्यक्रममा विभिन्न देशबाट कतारमा कार्यरत उत्त पार्कमा उपस्थित अन्य मानिहरुले पनि नेपाल जागरुक युवा समाजको कार्यक्रमबाट मनोरञ्जन लिएका थिए ।पिकनिक एवं शुभकामना कार्यक्रम भव्य, शव्य र व्यवस्थित रुपमा सम्पन्न भएको थियो । कार्यक्रमलाई सफल बनाउनको लागि विशेष सहयोग पुर्याउने पिकनिक आयोजकका संयोजक संस्थाका सबै पदिय व्यक्तित्वहरु रविन्द्र प्रसाद पोख्रेल, दिपक ढकाल, विरेन्द्र प्रसाद पन्त, संजिब कुमार रंजितकार, देव प्रकास श्रेष्ठ, राज कुमार चुवान, नविन बास्कोटा, भुपालमानसिंह राइ ,नबिन थापा मगर,तेज बहादुर कोइराला, विनोद सुवेदी, सगिन परियार, मनोज राई,कुल बहादुर मगर ,रुद्र गौतम ,भारत सापकोटा ,दिनेस नहर्की , सन्तोष परियार, लगायतलाई नेपाल जागरुक युवा समाजले विशेष धन्यवाद दिएको छ । कतार स्थित कतारएयरवेजमा कार्यरत भई २०१५ जानवरीमा स्थापना भईको यस संस्था जागरुक युवा समाज नेपालमा आवद्ध सयौं नेपाली युवाहरु कार्यक्रममा सहभागि भएको संस्थाका अधिकारीहरुले बताएका छन् । कार्यक्रम नेपालको राष्टिय धुन बजाएर संचालन गरियको थियो।
 


Comments