५ महिनादेखि कोमामा रहेका 'बुढामगर' लाई आर्थिक सहयोग जुटाइने: मंचका ओली र एनआरएन टाक्सफोर्सका मियाँले गरे सहयोगको अपील

कोमामा रहेका ललित बुढामगर
मेमनेपाल,
बैशाख ११, कतार । कामको सिलसिलामा दुर्घटनामा परी कतारको रुमेला अस्पतालमा कोमामा रहेका ललित बुढामगरको सहयोगको लागि 'आर्थिक सहयोग संकलन अभियान' थालिने भएको छ
करीव ३० महिनादेखि कतारको एक प्रतिष्ठित आल्मुनियम कम्पनीमा कार्यरत रुकुमको चौखावाङ ९ गलम्पाटीका बुढामगर करीव ५ महिना पहिला काम गरिरहेको अवस्थामा दुर्घटनामा परी अस्पतालको शैयामा अचेत अवस्थामा उपचारार्थ रहेका छन्
दुर्घटनामा परी उपचार भई रहेको समाचार थाहा पाई गत हप्ता नेपाली जनप्रगतिशील मन्च कतारका अध्यक्ष शनीकुमार ओली, गैर आवासीय नेपाली संघ, वैदेसिक रोजगार तथा आप्रबासी कामदार कल्याण समिति (टाक्स फोर्स) का कतार प्रतिनिधी करीम बक्स मियाँ समेतको टोलीले अस्पताल भ्रमण गरी बुढा मगरको स्वास्थ्य स्थितिबारे बुझेको थियो
प्रारम्भिक अवस्था सुधारोन्मुख भएपनि उनको उपचार सुक्ष्म गतिमा बढेको तथा अप्रेशन लगायत उनको अवस्था सामान्य अवस्थामा फर्किन समय लाग्ने अस्पतालबाट जानकारी प्राप्त भएको थियो बुढामगरको टाउकोमा गम्भीर चोट लागेकाले उनी अचेत अवस्थामा रहेका छन्, भने शल्यक्रियाको लागि अस्पताल प्रशासन उपयुक्त तालीकाको पर्खाईमा रहेको छ
३ वर्षकी छोरी समेत एक श्रीमती तथा घरमा बुढा बाबुआमा रहेका बुढामगरको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको, कतार आउँदा लिएको ऋण चुक्ता गरि नसकेको अवस्थामा घरको एकमात्र कमाई पाल्ने सहाराको जटील दुर्घटनामा परी अचेत अवस्थामा शैयामा सुत्नु पर्दा घर गृहस्थी चलाउन नै अत्यन्त कठिन अवस्थामा रहेकोले मन्चका अध्यक्ष ओलीको संयोजकत्वमा, टाक्स फोर्सका प्रतिनिधि मियाँ तथा मेम नेपाल डटकमको संयुक्त प्रयाशमा आर्थिक सहयोग संकलन अभियान संचालन गरेको अभियानका संयोजक ओलीले जानकारी दिएका छन्
साथै कतारमा क्रियाशील संघ संस्था, ब्यापारी, बुद्दिजीवी, समाजसेवी तथा सम्पूर्ण हितैषीहरुमा सहयोगको लागि संयोजक ओलीले अपील समेत गरेका छन्

सहयोग गर्न चाहने महानुभावहरुमा सपर्कको लागि ओली सम्पर्क नम्बर ३०४०५७३७ तथा मियाँ सम्पर्क नम्बर ७७८७६०९९ मा वा मेमनेपाल डटकम को nepalmim@gmail.com मा इमेल मार्फत सम्पर्क गर्न समेत अनुरोध गरिएको छ

www.memnepal.com/2016/04/018.html

Comments