मुस्लिम समुदाय विच अन्तरक्रिया हुने:
मेमनेपाल,
०६अप्रिल,दोहा । नेपाली मुस्लिम समाज, कतारको आयोजना तथा एसोसिएसन अफ नोबेल फेमिली (एएनएफ)को समायोजनमा कतारमा कार्यरत मुस्लिम समुदायवीच भाई मिलन तथा बृहत अन्तरक्रियम कार्यक्रम हुने भएको छ।
वैदेसिक रोजगारमा आवद्द रहेर कतारमा कार्यरत नेपाली मुस्लिम समुदायमा विशेस गरी इस्लाम दर्शनलाई अनुशरण गरेका 'रिवर्टेड' मुस्लिमहरुलाई हौसला प्रदान गर्न यो कार्यक्रमको आयोजना गर्न लागिएको नेपाली मुस्लिम समाजका अध्यक्ष अब्दुल हफीजले बताए।

एएनएफका महासचिव अली पौडेलले दिएको जानकारी अनुसार आगामी अप्रिल ०८ तारीक सुक्रबारको दिन अबुहमुर स्थित अलमाना हलमा विविध आध्यात्मिक,दार्शनिक तथा वक्तृत्वकला, एवं नयाँ र पुराना मुस्लिमहरु विच आपसी अन्तरक्रिया साथै विभिन्न पुरस्कार सहित भव्यताका साथ कार्यक्रम गर्न लागिएको उनले बताए।
कार्यक्रम बारे नेपाली मुस्लिम समाजका अध्यक्ष अब्दुल हफिज मियाँ सम्पर्क-५५०७३३६२, ७७०११०४० तथा एएनएफ कतारका अध्यक्ष मह्मुद कार्की सम्पर्क ७७१२५५०५ मा सम्पर्क गरी जानकारी लिन सकिने पौडेलले बताए।

Comments
Post a Comment