नयाँ वर्षको अवसरमा नयाँशक्तिले खेल खेलायो:

मेमनेपाल,
चैत २६, कतार । नयाँशक्ति कतारले नयाँ बर्ष २०७३ को अवसर पारेर भलिबल प्रतियोगीता सम्पन्न गरेको छ।
गत सुक्रबार कतारको अलखोर शहरमा विभिन्न कम्पनि र क्लब बाट गरि जम्मा १२ टिमको सहभागितामा भलिबल प्रतियोगीता सम्पन्न भएको हो।
अलखोर क्षेत्रका संयोजक तथा मध्यपुर्व सदस्य  बि पी पाठक (सागर) को सभापतित्व तथा नयाँशक्ति कतारका संयोजक बिबि.खरेल 'रोसन'को प्रमुख अातिथ्यतामा उपसंयोजक लाल भट्ट, प्रबक्ता ध्रुब क्षेत्री, दोहाका क्षेत्रीय संयोजक हिमाल बिशवकर्मा समेतको उपस्थितिमा उक्त प्रतियोगिता सञ्चालन भएको थियो।
चैत २५र २६ सम्म चलेको थियो' उक्त प्रतियोगिताको बिजेता टिमलाई  १ खसी, सम्मान पत्र र मेडल साथै उपविजेतालाई सम्मान पत्र, मेडल  र नगद पुरस्कार प्रदान गरिएको नयाँशक्ति कतारका प्रबक्ता ध्रुब क्षेत्रीले जानकारी दिए।

Comments